५ वैशाख २०८१ बुधबार
समाज

माइक्रो दुर्घटनामा १४ घाइते

इलाम- मेची राजमार्गस्थित इलाम नगरपालिकाको गोदकमा गएराति भएको हायस माइक्रो दुर्घटनामा १४ जना घाइते भएका छन् । घाइतेमध्ये ७ जना गम्भीर रहेकामा उपचारपछि उनीहरू सामान्य बन्दै गएको प्रहरीले जनाएको छ ।
    काठमाडौंबाट इलामका लागि आइरहेको बा.४ख  ६३५७ नम्बरको हायस माइक्रो इलाम नगरपालिका–१०, गोदकको धजेडाँडामा सडकबाट करिब ५० मिटर झरेको थियो । पशुपतिनगरस्थित इलाका प्रहरी कार्यालयका इन्स्पेक्टर शिवबहादुर बुढाथोकीका अनुसार दुर्घटना हुँदा घाइते भएका ११ जनाको झापा बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । बाँकी २ जना सामान्य छन् । चालक इलाम नगरपालिका–८ का जितबहादुर राईसमेत घाइते भइ स्थानीय मेडिकलमा उपचाररत रहेको प्रहरीले जनाएको छ ।
    दुर्घटनामा भएको माइक्रोमा काठमाडौंबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारी भ्रमणका लागि इलाम आउँदै थिए ।  
 

प्रकाशित: १५ कार्तिक २०७४ ०५:०६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App