coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
खेल

स्प्रिङडेल अन्तिम आठमा

काठमाडौं– स्प्रिङडेल इङलिस स्कुलको महिला टोली प्रथम प्याब्सन यु–१८ राष्ट्रिय महिला तथा पुरुष भलिबलको क्वार्टरफाइनलमा प्रवेश गरेको छ ।
स्प्रिङडेलले महोत्तरीको भानुभक्त मेमोरियल स्कुललाई २५–१७, २७–२५ ले हरायो । मंगलबार नयाँ बसपार्क स्थित ढोरपाटन स्पोर्टस टेनिङ सेन्टरको कोर्टमा रुपन्देहीको एभरेष्ट बोडिङ स्कुल र दाङको श्रीगाँउ खेलकुद विकास समिति आ–आफ्नो खेल जित्दै अन्तिम १६ मा पुगेका छन । एभरेष्टले काठमाडौंको बिन्ध्याबासीनी एकेडेमीलाई २५–७, २५–८ ले हरायो ।
श्रीगाँउले बानेश्वरको माफलाई २५–७, २५–५ ले सहजै हरायो । मंगलबार पराजित भए पनि बिन्ध्याबासीनी र माफ समुह उपजिेताको रुपमा अन्तिम १६ पुगेका छन ।
यसैगरी पुरुष तर्फको खेलमा स्प्रिङडेलले काठमान्डौंको एन्जल्स हार्टलाई २५–१९, २५–२३ ले पराजित गर्दैं अन्तिम १६मा स्थान बनाएको छ ।
दुवै खेलमा पराजित भएर  प्रतियोगिताबाट बाहिरिएको एन्जल्स हार्ट लिगको अन्तिम खेलमा स्प्रिङडेलसँग २५–१९, २५–२३ ले पराजित भयो ।
प्रतियोगितामा पुरुषतर्फको अन्य खेलमा कञ्चनपुरको लिटल बुद्ध, काठमाण्डौंको ढोरपाटन स्पोर्टस् क्लब र ग्लेसियर कलेज, एड्भान्स एकेडेमी र थ्री स्टारले जित हात पारेका छन ।

प्रकाशित: १५ कार्तिक २०७४ ०४:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App