७ वैशाख २०८१ शुक्रबार
अर्थ

आधुनिक अलैची भट्टी नहुँदा किसानलाई सास्ती

तेह्रथुम- जिल्लाको लालीगुराँस नगरपालिका ९ बस्ने अलैची कृषक मोहन तेयुङ अलैची टिप्नु भन्दा अलैची सुकाउनु झण्जटीलो हुने बताउछन्। उनले अलैची टिप्नु सहज भए पनि अलैची सुकाउनु गाह्रो हुने अनुभब सुनाए । बिगत लामो समय देखि अलैची परम्परागत रुपमा सुकाउदै आएका यहाँका किसानहरुको आधुकनिक भट्टीमा पहुँच पुग्न नसक्दा बषौ देखि घाटा समेत बेहोर्दै आएका छन्।

जिल्लामा उत्पादन हुने अधिकांस अलैची परम्परागत भट्टीमा सुकाएर बजार पुर्‍याउन यहाँका किसानहरुको बाध्यता नै भएको छ । काचो दौरा,आफैले बनाएको चुलोमा अलैची सुकाउनु पर्दा यस बर्ष सोल्मा ५ बस्ने अलैची कृषक चन्द्र लिम्बुको अलैची आगोमा जलेर नस्ट भएको छ । आगोको झिल्का परे जल्ने अलैची सुकीसके पछि भट्टीबाट निकाल्नै लाग्दा आगो लागेर यस बर्ष उनले अलैचीबाट कुनै आम्दानी लिन नसकेको गुनासो गरेका छन्।

अलैची बगानबाट टिपेको अलैची सुकाएर बजार सम्म लैजानु भन्दा अघि आगोबाट बचाउनु कृषकहरुका लागि ठुलो चनौती रहेको अलैची कृषकहरुले बताएका छन्। आधुनिक भट्टीमा सुकाएको अलैची ब्यापरीले समेत राम्रो मूल्य लाउने थाहा हुँदा हुँदै परम्परागत भट्टीमा अलैची सुकाएर बेच्दा मूल्य समेत नआउने ब्यापारीहरुले बताएका छन् । बिगत २० बर्ष देखि अलैची खेती गर्दै आएका जिल्लाका कृषकहरुले आफुहरु बिभिन्न क्षेत्रबाट ठगिएको बताएका छन् । अलैची सुकाउने आधुनिक प्रबिधीको भट्टी नहुँदा स्वास्थ्यनै जोखिममा राखेर पुरानो परम्परागत रुपमा आगोको धुवा लगाएर किसानले सुकाएको अलैची चाडै बिग्रने समस्या रहेको अलैची किसान तथा ब्यापारी राधा तिम्सीनाले बताए । उनका अनुसार अलैची किसानलाई  अलैची सुकाउन भट्टीको समस्या भए जस्तै ब्यापारीहरुलाई भण्डारण स्थल नहुँदा घाटा हुने गरेको छ।

जिल्लाका अधिकाम्स ब्यापारीहरुसंग किसानले मूल्य पर्खीने सर्तमा अलैची पुर्याइ दिने गरे पनि आधुनिक भण्डारण स्थल नहुदा किसानको अलैची केहि समयमै बिग्रने र ढुसी पर्ने समस्याले लाखौ घाटा हुने गरेको अलैची ब्याबसायी संघ तेह्रथुमका अध्यक्ष अमृत सुबेदीले बताएका छन् । उनका अनुसार यस अघि उद्योग बाणिज्य संघ तेह्रथुमको ब्याबस्थापनमा केहि किसानलाई आधुनिक भट्टी प्रदान गरिए पनि प्रभाबकारी हुन नसक्दा प्रयोगमा नआउनु अलैची किसानहरुका लागि समस्या भएको हो ।

सिजनमा टिपिएको अलैची किसानले भट्टीमा सुकाएर १० केजी तयार गर्न करिब १७ घण्टा लाग्ने गर्दछ । काचो दौरा लगाएर अलैची सुकाउदा निस्कने धुवाले आँखा सम्बन्धी रोग समेत लाग्ने किसानहरुले बताएका छन्। परम्परागत भट्टीमा सुकाएको अलैची बिग्रीने त्राले किसानले सस्तो मूल्यमा बेच्ने गरेका छन् । यस अघिका बर्षहरुमा अलैची बेचेर जग्गा समेत किन्ने गरेका किसानहरुले यस बर्ष अलैची बेचेर दशै तिहार मात्र मनाएका छन् । यस अघि घरमै आएर ब्यापारीहरुले अलैची किन्ने गरे पनि अहिले किसाननै ब्यापारीको घरमा गएर अलैची किनी दिन अनुरोध समेत गर्नु परेको छ ।बजार अहिले अलैची ४० केजीको २५/३० हजारमा कारोबार भैरहेको छ ।

जिल्ला कृषिकार्यालयका अनुसार गत बर्ष तेह्रथुममा २ सय २० मेट्रिक टन अर्थात ४६ करोड २० लाख रुपैयाँ बढीको अलैंची उत्पादन भएको थियो। यस बर्ष मौषम अनुकुल रहेकोले अलैची बढ्ने जिल्ला कृषि बिकास कार्यालयले अनुमान गरेको छ। अलैची भदौ पहिलो हप्ता देखि कार्तिक अन्तीम सम्म अलैची टिप्ने र सुकाउने सिजन भएको जानकारहरुले बताएका छन् । जिल्लामा २ नगरपालिका र ४ गाउपालिकाका बिभिन्न वडाहरुमा अलैची खेति हुने गरेको छ। तेह्रथुम सहित पूर्वी नेपालमा उत्पादित अलैंची भारत हुदै श्रीलंका, बंगलादेश र खाडी मुलुकसम्म पुग्ने गरेको अलैंची ब्यवसायीहरुले बताएका छन् । विशेषगरी मसला, औषधी र सेन्ट निर्माणका लागि अलैंची अन्तराष्ट्रिय बजारसम्म पुग्ने गरेको छ।

प्रकाशित: १४ कार्तिक २०७४ ११:५८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App