जनसराेकार

क्यान्सरको नालीबेली

मङ्गलबार, १४ कार्तिक २०७४, १३ : ०४ डा. सुमनराज ताम्राकार

एक समय धनीमानीलार्इ लाग्ने राेग भनी कुख्याति कमाएकाे क्यान्सर राेग अहिले विपन्न बस्तीमा पनि अड्डा जमाउन थालेकाे छ । अाखिर क्यान्सर के हाे ? किन लाग्छ? सर्वसाधारणकाे घरपरिवारमा यसले कस्ताे असर पुर्याइरहेकाे छ ? यसलार्इ लाग्नुअघि नै गर्न सकिने निदान छन्? प्रविधिगत रूपमा नेपालमा क्यान्सर अस्पताल कति सुविधासम्पन्न छन् ?

क्यान्सर फोबिया
बहिरंग विभागमा बसी बिरामी जाँच्ने क्रममा पटक पटक जसो कतिपय अधवंैशे महिला तथा किशोरी स्तनमा गिर्खा आउनेबित्तिकै कतै क्यान्सर नै पो लाग्यो कि भनेर चिन्तित भएर आउँछन् । अलि समय दिएरै सम्झाई बुझाई गर्दा पनि तिनीहरुको अनुहारको चिन्ता हटाउन नसक्दा बाध्य भएर स्तनको क्यान्सर छ छैन थाहा पाउने विशेष एक्सरे (म्यामोग्राफी) वा स्तनको गिर्खाको एफएनएसी (डल्लोमा सियो छिराएर सियोमा अटेजत्तिको मासु निकालेर क्यान्सर छ छैन पत्ता लगाउने विधि) गराएर आउन सल्लाह दिनुपर्ने हुन्छ । आफ्नो साथीसङ्गी वा नजिकको नातेदार कसैलाई हालै क्यान्सर भएको छ भने यसरी क्यान्सर फोबिया (अनावश्यक एवं बेतुकको डर मान्ने अवस्था) बाट ग्रसित अस्पताल, क्लिनिक पटक पटक धाउँछन् । स्तनको बाह्य सतह सुन्तलाको बोक्रा जस्तै हुनु, स्तनबाट रगत मिश्रित दुध (श्राव) बग्नु तथा दुधको मुन्टा भित्रतिर धसिनु स्तन क्यान्सरका प्रारम्भिक लक्षण चिह्न भए पनि प्रायः कम खतराजन्य डल्लो (ट्युमर) आउनेबित्तिकै पनि जँचाउन आइहाल्ने महिलाहरुको संख्या पछिल्लो पटक निकै बढेको छ । क्यान्सर फोबिक महिलाहरु आखिर किन बढिरहेका छन् त ?   
धनी, गरिब, सेलेब्रिटी भन्दैन क्यान्सरले
केही वर्षअगाडि अभिनेत्री मनीषा कोइरालालाई अकस्मात् डिम्बाशयको क्यान्सर भएको निक्र्यौल भई अमेरिकामा उपचाररत् छँदा सहरी क्षेत्रका धेरै युवती निकै सतर्क हुन थाले । यस्तो घटना मनीषा कोइराला वा अन्य कसैका लागि पक्कै पनि त्यति सुखद्  होइन । त्यसैगरी स्तन क्यान्सरका लागि धेरै हदसम्म जिम्मेवार मानिने बीआरसीए १ जिन हलिउड अभिनेत्री एन्जेलिना जोलीमा फेला परेको कारण उनले दुवै स्तन फाल्न लगाएकी थिइन् । त्यसो त क्यान्सरकै कारण उनले आमालाई गुमाएकी थिइन् भने उनकी सानी आमा पनि स्तन क्यान्सरकै कारण निधन भएबाट यो अप्रिय निर्णय लिन बाध्य भएकी थिइन् । यसबाट के प्रमाणित भएको छ भने के धनी, के गरिब, के साधारण, के सेलेब्रेटी जो कोहीलाई पनि क्यान्सर अथवा असाध्य रोग चाहिँ लाग्न सक्ने रहेछ ।
के हो क्यान्सर ? किन हुन्छ ?
नसर्ने रोगहरुमध्ये क्यान्सर एउटा जटिल रोग हो । यसका साथै यो डरलाग्दो र महँगो रोग पनि हो । सामान्य अवस्थामा शरीरमा कोषहरु बन्ने र निश्चित समयपछि योजित तवरले नष्ट हुने प्रक्रिया जारी रहन्छ । यदि कुनै कारणले कोष विभाजनमा विचलन आएमा वा क्रमभङ्ग भएमा कोष तथा तन्तु बन्ने र नष्ट हुने प्रक्रियामा खलल पुगी कोष विभाजन प्रक्रिया अनियन्त्रित हुन जान्छ । जसलाई ट्युमर भनिन्छ । यसरी शरीरका अङ्ग विशेषका कोषहरु अनावश्यक र अनियन्त्रित रुपले वृद्धि भयो भने ट्युमर पलाउँछ । साधारण र खतरनाक (जटिल) खालको गरी ट्युमर दुई किसिमका हुन्छन् । खतरनाक ट्युमर अर्थात् क्यान्सरको समयमै उपचार गरिएन भने क्यान्सर लागेको अङ्गका नजिकका तन्तुहरुलाई पनि बिस्तारै असर गर्न थाल्छ । पछि रगत, लिम्फ आदि माध्यमबाट क्यान्सर शरीरको अन्य भागमा पनि पैmलिन गई बिरामीको मृत्यु पनि हुन्छ ।
क्यान्सर लागेको अवस्थामा अङ्ग विशेषले निश्चित आकार पनि ग्रहण गर्न सक्दैन । विशेषतः खतरनाक प्रकारको ट्युमर (क्यान्सर) मा रगतको बहाव नपुगी कुहिने, वरिपरिको भागमा पैmलिने, यसको बाह्य सतह छेडिने र कतिपय ट्युमरले अनावश्यक रुपमा रासायानिक पदार्थ उत्पादन गरी थप जटिलता निम्त्याउँछ ।
कोष विभाजन, यसको नष्ट र डिएनए निर्माणमा महत्वपूर्ण भूमिका निभाउने वंशाणु अंश (जिन) मा खलल पुग्यो भने कोष निर्माण प्रक्रिया अनियन्त्रित हुन्छ र क्यान्सर हुन्छ । यसरी सामान्य कोष क्यान्सर खालको कोषमा परिणत हुन वंशाणु (जिन) को थुप्रै ठाउँमा असर पुग्नु पर्दछ । क्यान्सर हुने गरी जिनमा असर पुर्याउने बाह्य तत्वलाई ‘अन्को जिन’ भनिन्छ । कतिपय रेट्रोभाइरसहरुमा यस्तै खाले अन्को जिन हुन्छ । सामान्यतः शरीरमा ट्युमर हुन नदिने जिनलाई यस्तै खाले बाह्य तŒवले विचलित पा¥यो भने पनि क्यान्सर निम्तन्छ ।
ठ्याक्कै क्यान्सर किन हुन्छ भन्न नसकिए पनि ९० प्रतिशत क्यान्सर अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रभावले हुने विश्वास गरिएको छ । करिब १० प्रतिशतमा उमेर, लिङ्ग, वंशाणुगत, जातिको भूमिका छ । बासी तथा ढुसी परेका खाना, धेरै पोलेको डढेको मासु, कीटनाशक एवं रासायानिक मल प्रयोग गरिएका खाद्यपदार्थको सेवन, सानै उमेरदेखि तथा अधिक धूम्रपान, मद्यपानको सेवनले पनि क्यान्सरमा बढोत्तरी भएको मान्न सकिन्छ । यसका अलावा हालैको दिनमा नेपालीहरुको औसत आयुमा बढोत्तरी तथा क्यान्सर निदान गर्न सक्ने क्षमतामा चिकित्सकीय सुधारका कारण क्यान्सरको रोगी संख्या देखावटी रुपमा बढेको हुन सक्छ ।
यसरी उमेर बढेसँगै क्यान्सरको जोखिम बढ्दै जानेमा कुनै शंका छैन तर कुनै पनि उमेर समूह सुरक्षित भने छैन । विश्व स्वास्थ्य संगठनका अनुसार बर्सेनि करिब १ करोड १० लाखभन्दा बढी मानिसहरु विभिन्न प्रकारका क्यान्सरबाट प्रताडित हुने गरेका छन् भने ७५ लाखभन्दा बढी मानिसको मृत्यु क्यान्सरबाट भइरहेको छ । वर्तमान अवस्थामा विश्वका कुल मृत्युको १३ प्रतिशत कारक तŒव क्यान्सर रोगको कारण देखिएको छ । विकसित देशहरुमा क्यान्सरका कारण मृत्यु हुनेको संख्या दोस्रो स्थानमा छ भने विकासशील देशहरुमा क्यान्सरबाट मृत्यु हुनेको संख्या तेस्रो स्थानमा आइरहेको छ ।
नेपालमा पनि क्यान्सर रोगीको संख्या निकै बढ्दै गइरहेको छ । हाल नेपालमा ५० हजारमा भन्दा बढी क्यान्सर रोगी रहेको अनुमान छ । विश्व स्वास्थ्य संगठनका अनुसार नेपालमा बर्सेनि ३० देखि ३५ हजार नयाँ क्यान्सर रोगी थपिने गरेका छन् । नेपालका क्यान्सर अस्पतालहरुको तथ्यांकअनुसार पुरुषमा मुुख्यतयाः फोक्सो, आमाशय, कलेजो, मुखको क्यान्सर बढ्ता देखिएको छ भने महिलामा पाठेघरको मुखको क्यान्सर, स्तन क्यान्सर, फोक्सोको क्यान्सर बढी हुने गरेको छ ।
क्यान्सरका शंकास्पद लक्षण चिह्न
जीर्ण खालको खोकी लागेमा (धुम्रपान गर्नेहरुमा), खकारमा रगत आएमा, बिना कारण वाकवाकी लाग्ने, रिंगटा लाग्ने भएमा, महिनावारी सुकीसकेकी महिलामा फेरि रगत देखापरेमा, योनिबाट रगत मिश्रित गन्हाउने योनिश्राव बगेमा, पिसाबमा रगत देखा परेमा, घाँटी वा काखीमा नदुख्ने खालको गिर्खा आएमा, स्तन वा शरीरको कुनै पनि भागमा नयाँ डल्लो (गिर्खा) देखापरेमा, नयाँ कोठी देखिएमा वा पुरानै कोठीको आकृतिमा परिवर्तन आएमा, पटक पटक कब्जियत वा झाडा लाग्नु, दिसामा रगत देखापरेमा, बिना कारण शारीरिक तौल घटेमा तथा रक्त अल्पता भएमा, मुखभित्र वा अन्यत्र कतै आएको अल्सर (घाउ) छिटो निको नभएमा क्यान्सर लागेको हुनसक्छ ।
सहरी तथा ग्रामीण क्षेत्र दुवै असुरक्षित
महिलामै पनि फोक्सोको क्यान्सर हुनुको कारण धुम्रपान वा घरभित्रको धुँवाबारे बढी चर्चा गरिराख्नु परोइन । तर एकातिर सहरी क्षेत्रमा ढिलो विवाह गरी ढिलो बच्चा जन्माउने, तुलनात्मक रुपमा कम उमेरमै महिनावारी सुरु हुने, ढिलो गरी मात्र महिनाबारी सुक्ने कारण शहरी महिलामा डिम्बाशयका क्यान्सरको जोखिम छ भने जङ्क तथा चिल्लो एवं बोसोयुक्त खाना खाने, शारीरिक व्यायाम नगर्ने कारण मोटोपना भएकी, अधिक वा लामो समयदेखि इस्ट्रोजेन सेवन गरेकी, अधिक धुम्रपान तथा मद्यपान गर्ने गरेकी शहरी महिलामा स्तन क्यान्सरको जोखिम बढी हुन्छ ।
अर्कोतिर ग्रामीण क्षेत्रमा कम उमेरमा विवाह हुनु, कम उमेरमै यौन सम्पर्क स्थापित हुनु, कम उमेरमा अनि धेरै बच्चा पाउनु, आफ्नो गोप्य अङ्गको उचित सरसफाई नगर्नु, चुरोट खैनी तथा सुर्तीजन्य पदार्थको सेवन गर्नु, यौनरोग एवं गुप्ताङ्ग सम्बन्धी दीर्घरोगी हुनु पाठेघरको मुखको क्यान्सर लाग्नाको प्रमुख कारणहरु हुन् । तर ह्युमेन पापिलोमा भाइरस (एचपीभी) लाई प्रमुख कारक तत्व मानिएको कारण एक भन्दा बढी जना सँग यौनसम्पर्क राख्नु पनि जोखिम नै हो । करिब ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर एचभीपीसँग सम्बन्धित रहेको पाइएको छ । यौनसम्पर्क मार्पmत् सर्ने एचपीभी भाइरस धेरै प्रकारको भएपनि एशियामा करिब ८३ प्रतिशत पाठेघरको मुखको क्यान्सर एचपीभी १६ तथा १८ को संक्रमणले भएको पाइएको छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध खोप
यौन सम्पर्कको क्रममा छालाबाट छालामा फैलिने ह्युमेन पापिलोमा भाइरस (एचपीभी) संक्रमण पछि पाठेघरको मुखको कोषिकाको प्रोटिनसँग एचभीपीको प्रोटिनको रासायानिक प्रतिक्रिया हुँदा ती सामान्य कोषिकामा परिवर्तन ल्याउँछ । जुन वर्षौंपछि क्यान्सरमा परिणत हुन्छ । पाठेघरको मुखको क्यान्सर गराउने एचपीभी संक्रमणको ठेट उपचार छैन । तर ह्युमेन पापिलोमा भाइरस विरुद्ध भ्याक्सिन लगाउन भने सकिन्छ । सन् २००६ देखि यो खोप विश्वका धेरै मुलुकमा प्रचलनमा ल्याएको छ । यसले एचपीभी ६, ११, १६ र १८ विरुद्ध लड्न सक्ने क्षमता दिन्छ । यो खोप साधारणतया ११ – १२ वर्षका किशोरीहरुलाई दिन सिफारिश गरिएको छ । यो खोप ६ महिनाभित्र तीन वटा खोप सुई मार्पmत् दिइन्छ । पहिलो खोपको २ महिनामा दोश्रो र ६ महिनामा तेश्रो खोप दिइन्छ । केही वर्ष अगाडि काभ्रेमै पनि एक गैरसरकारी संस्थाबाट स्कुले छात्राहरुलाई दिइएको थियो ।
क्यान्सर स्क्रिनिङ
त्यसो भए के क्यान्सरको स्क्रिनिङ अर्थात् क्यान्सर पूर्वको अवस्था समयमै थाहा पाउने कुनै उपाय छैन ? जसरी रोग लाग्दा वा संक्रमण हुँदा विभिन्न खाले परीक्षणबाट पत्ता लगाइन्छ, त्यसरी नै धेरैजसो क्यान्सर पनि पत्ता लगाउन सकिन्छ । माथी उल्लेखित शंकास्पद लक्षण चिन्ह देखा पर्ने बित्तिकै तथा महिला पुरुषको उमेर ३५ भन्दा माथिको भएपछि वर्सेनी होलबडी चेक अप गराउनु बुद्धिमानी हुन्छ ।  
रगतमा ट्युमर मार्करको जाँच गरी आन्द्रा, डिम्बाशय, प्रोस्टेट (पुरुष ग्रन्थि), कलेजोको क्यान्सरका आशंका गर्न सकिन्छ भने पिसाबको जाँचबाट मुत्र थैली, मिर्गौला एवं गर्भाशयको क्यान्सर पत्ता लगाउन सकिन्छ ।
साइटो ब्रुशले कोटरेर वा आयर स्पायचुला भनिने काठको चम्चाले पाठेघरको मुखको सतह कोटरेर त्यहाँ रहेको श्राव वा सतही कोष परीक्षण गरेको खण्डमा पाठेघरको मुखको क्यान्सरको पूर्व अवस्था थाहा पाउन सकिन्छ । त्यसैगरी जोखिममा रहेका महिलाको पाठेघरको मुख दूरबिन (कल्पोस्कोपी) बाट जाँचेको खण्डमा तथा एसिटिक एसिड वा ल्युगोल्स आयोडिनको प्रयोग गरी शंकास्पद क्षेत्र पत्ता लगाउन सकिन्छ । क्यान्सर नै पत्ता लगाउन चाहिँ त्यहाँबाट मासु निकाली (बायोप्सी) गर्नु पर्दछ । पाठेघरको भित्री तहको तन्तु निकाल्ने विधि (इन्डोमेट्रिअल स्याम्पलिङ वा बायोप्सी) गरेको खण्डमा  पाठेघरको क्यान्सर पत्ता लगाउन सकिन्छ । यसका लागि पाठेघर भित्र दूरबिन (हिस्टेरोस्कोपी) को मद्धतले राम्रो सँग जाँच गरिसकेपछि बायोप्सी लिनु थप वैैज्ञानिक हुन्छ ।
एक्सरे, अल्ट्रा साउण्ड, सीटी स्क्यान तथा एम आर आई लगायतका इमेजिङ्ग विधिहरुबाट क्यान्सरको शंकाको अलावा यसको फैलावट थाहा पाउन सकिन्छ । मासु जस्तो कमलो वा हड्डी जस्तो साह्रो अङ्ग अनुसार यी इमेजिङ्ग विधिको छनौट गरी क्यान्सरको हरेक पक्ष थाहा पाउन सकिन्छ । यी विधिको सहयोग लिई गिर्खा वा अङ्गबाट एफएनएसी गर्न वा पेट, फोक्सो लगायतका अङ्ग विशेषबाट पानी निकालेर क्यान्सरको निदान पनि गर्न सकिन्छ ।
ट्युमर मार्कर
विभिन्न खालका क्यान्सरले आफ्नै प्रकारको तत्व उत्पादन गर्दछ । जसलाई मेडिकल भाषामा ट्युमर मार्कर भनिन्छ । यी तत्वहरु रगतमा पुगी रगतसँगै शरीरभरि संचालन भइरहेको हुन्छ । स्त्री जननेन्द्रियमा लाग्ने विभिन्न खालको क्यान्सर मध्ये कतिपयले धेरै थरिका ट्युमर मार्कर उत्पादन गर्दछ भने धेरै थरिका ट्युमरले एकै प्रकारको ट्युमर मार्कर उत्पादन गर्दछ । ट्युमर मार्करले क्यान्सरको उपस्थिति तथा यसबाट प्रभावित अङ्गको ईंगित गर्न मद्धत मिल्छ ।
ह्युमेनकोरिओनिकगोनाडोट्रोफिन (एचसीजी), अल्फाफिटोप्रोटिन, सीए १२५, सीइए, एलडीएच, सीए १५–३, इस्ट्रोजेन, प्रोजेस्टेरोन, टेस्टोस्टेरोन यस्तै केही ट्युमर मार्करका उदाहरणहरु हुन् । राम्रो र भरपर्दाे ट्युमर मार्कर भन्नका लागि निश्चित क्यान्सर कोषले मात्र उत्पादन गर्ने, क्यान्सर विशेषको मात्रै पिसाबका रगतमा सहजै जाँच्न सकिने, क्यान्सर उपचार पछि सुधार भयो भएन फलो अपमा पनि प्रयोग गर्न सकिने, कम खर्चिलो, सबैलाई स्विकार्य हुनुका साथै ट्युमर मार्कर रोग निदान गर्न, स्क्रिनिङ गर्न तथा रोगको व्यवस्थापन एवं फलोअप गर्नका लागि पनि उपयुक्त हुन्छ । तथापी क्यान्सरको कोष वृद्धि १०१० नभएसम्म ट्युमर मार्कर उपलब्ध नहुनसक्छ ।
पेट स्क्यान
खासमा यसले रक्त प्रवाह, अक्सिजन खपत, त्यहाँको ग्लुकोज मेटाबोलिज्म (शरीरले कसरी ग्लुकोज खर्च गरिरहेको छ) देखाउँछ । क्यान्सरको लागि बढी जसो पेट स्क्यान प्रयोग गरिएपनि मुटुको समस्या तथा मस्तिष्क एवं स्नायु प्रणालीका समस्याहरुमा लागि पनि उपयुक्त छ । पेट स्क्यान गर्ने क्रममा नशाबाट रेडियोएक्टिभ तत्वयुक्त पदार्थ शरीरमा पठाएपछि कतिपय सक्रिय अङ्ग तथा कोषले त्यो सोसेर लिन्छ । पेट स्क्यानरबाट हेर्दा यस्तो भाग पृथक तवरले बढ्ता घनत्व भएको देखिन्छ । क्यान्सर भएको अङ्गमा कोष वृद्धिका क्रिया निको छिटै हुने हुनाले त्यहाँ अक्सिजनका साथै ग्लुकोजको खपत बढी हुन्छ । यसका लागि रगत प्रवाह पनि धेरै हुनुपर्दछ । त्यसैले क्यान्सर भएको अङ्ग वा कोषले पनि ती रेडियोएक्टिभयुक्त पदार्थ बढ्ता सोसेर लिने हुनाले पेट स्क्यानरबाट क्यान्सर भएको अङ्ग पहिचान गर्न सजिलो हुन्छ ।    
रेडियोथेरापी
यो विकिरणका माध्यमबाट जीवित तन्तुलाई असर पु¥याई रोगको उपचार गर्ने प्रविधि हो । यथेष्ट मात्रामा विकिरण दिएपछि कोष वृद्धि हुने क्षमता वा कोषलाई नै ध्वस्त पार्दछ । रेडियम, सेसियम, कोबाल्ट, इरिडियम, सुन, आयोडिन, फस्फोरस लगायतका रेडियो आइसोटोपहरु बढी जसो स्त्री जननेन्द्रिय क्यान्सरको उपचारमा प्रयोग गरिन्छ । विकिरणको श्रोत सम्बन्धित वा लक्षित अङ्ग जजिकै राखेर (ब्राकीथेरापी) वा विकिरण अर्थात् इलेक्ट्रोम्याग्नेटिक किरण अलि टाढा राखेर (टेलीथेरापी) दिइन्छ ।
क्यान्सरमा अनियन्त्रित तवरमा अनावश्यक कोष वृद्धि हुन्छ । रेडियोथेरापीबाट बढी जसो यसरी छिटो छिटो वृद्धि हुने खालको कोषलाई नष्ट गर्दछ । जसले गर्दा जटिलताका रुपमा शरीरमा नियमित रुपमा छिटो छिटो परिवर्तन हुनुपर्ने कोष तथा तन्तुलाई पनि नकारात्मक असर पुर्याउँछ । त्यसैले छाला, खाद्य नली, पाचन नली, मुत्र नलीको सतही कोष, रक्तकोषहरुमा असर पुगी रेडियोथेरापीको उपचारपछि वाकवाकी लाग्ने, खाना अरुची हुने, उल्टी आउने, पखाला लाग्ने, रक्तअल्पता हुने, रगतमा श्वेत रक्तकण तथा प्लेटलेट्सको संख्या घट्ने, सानो एवं ठूलो आन्द्राको सुजन हुने, पिसाब थैली सुन्निने, रगत जस्तो पिसाब हुने, छाला खुइलिन जस्ता जटिलता देखा पर्न सक्छ ।
रेडियोथेरापी दिएको लामोे समयपछि छाला तथा योनीद्वार साँगुरिने, फोक्सो, हड्डी त्यतिकै भाँचिने, आन्द्रा साँगुरिने, दिसामा रगत देखापर्ने, आन्द्रा प्वाल पर्ने, डिम्बाशयले फेल खाने, खाना नपच्ने जस्ता समस्या देखा पर्दछ । पाठेघरको मुखको क्यान्सर, डिम्बाशयको क्यान्सरमा अन्य स्त्री जननेन्द्रिय क्यान्सर अन्यत्र पैmलिँदा पनि बढी जसो रेडियोथेरापी नै दिइन्छ ।
केमोथेरापी
विशेषतः क्यान्सरमा प्रयोग गरिने औषधोपचारलाई केमोथेरापी भनिन्छ । क्यान्सर रोगलाई निको पार्न, दोहोरिने क्रिया रोक्न तथा असाध्य भैसकेपछि बिरामीका लक्षणचिन्ह सहज बनाउन केमोथेरापी प्रयोग गरिन्छ ।
अल्कालोईड, एन्टीमेटाबोलाइट, एन्टीबायोटिक, अल्कालेटिङ, हर्मोन तथा विविध गरी विभिन्न समूहका केमोथेरापीका औषधिहरुले कोष निर्माण अर्थात् कोष वृद्धि चक्रका विभिन्न चरणमा असर पु¥याइ क्यान्सर कोषलाई नष्ट गर्दछ ।
केमोथेरापीबाट हुने जटिलता रेडियोथेरापीको जस्तै हो । कतिपय केमो औषधिले रांैका जरा, मुटु, रक्तसंचार, कलेजो, फोक्सो, स्नायु प्रणाली, शरीरको प्रतिरक्षा प्रणाली तथा जननेन्द्रियलाई पनि नकारात्मक असर पुर्याउँछ ।
इम्युनोथेरापी
केमोथेरापीको परिस्कृत रुपमा हालै मात्र विश्व बजारमा इम्युनोथेरापी पनि प्रयोग गर्न थालेको छ । इम्युनोथेरापीले क्यान्सरसँग लड्नको लागि शरीरको प्राकृतिक प्रतिरोधात्मक क्षमतालाई बलियो बनाउँछ । यस थेरापीले क्यान्सर कोषमाथि जाइ लाग्न मद्धत गर्दछ । अहिलेको परिप्रेक्ष्यमा नेपालको लागि निकै महँगो यस थेरापीका थप फाईदाहरु विस्तृत रुपमा आउन बाँकी छ ।
लेजर थेरापी
लेजर एक प्रकारको विकिरण हो जुन यसको अंग्रेजी नामको छोटो रुप मात्र हो । लेजर विकिरणबाट सेकेर विभिन्न रोगको उपचार गर्न सकिन्छ । लेजर मेशिनभित्रको एम्प्लिच्युडमा ठक्कर खाएर उत्तेजित भई निस्केको किरणका छाल एकै दिशामा गई शरीरका भित्री कोशिकाहरुहरुमा पुगेर रक्तकोशिकाहरुलाई उत्तेजित र क्रियाशील गराउँछ । जसका कारण रक्तप्रवाह बढ्न गई रोगीका कोशिकाहरुलाई चहिने अक्सिजन तथा पोषण तत्वहरु पर्याप्त मात्रामा पुर्याउन मद्धत पुग्छ । यसको किरणले कोष निर्माण प्रक्रिया तीब्र बनाइदिने तथा रगत शुद्धिकरण पार्न मद्धत गर्दछ । यो उपचार विधिले जीर्ण खालका संक्रमण तथा लामो समयदेखिको दुखाईलाई कम गर्न मद्धत मिल्छ ।
लेजरका किरण शरीरको संक्रमित वा अशक्त अंगको बाह्य छालाबाट मांसपेशीको २ देखि ४ सेन्टिमिटरको गहिराईसम्म पुग्छ । स्त्री रोगमा पाठेघरको मुखको जीर्ण संक्रमण तथा लामो समयदेखि सेतो पानी बग्ने समस्या भएकी महिलामा तथा कतिपय क्यान्सरमा पनि लेजरथेरापी दिन सकिन्छ ।

क्यान्सरबाट बच्न व्यक्तिगत पहल
-पोषिलो खानेकुरा खाने
-सकभर तारेको भुटेको कम खाने
-नियमित व्यायाम गर्ने, शारीरिक उचाई अनुसार तौल नियन्त्रणमा राख्ने
-पर्याप्त आराम तथा सुत्ने,
-तनाव, चिन्ता कम गर्ने योग ध्यान रिल्याक्सेसन थेरापी गर्ने
-यौनाङ्ग एवं शारीरिक सरसफाईमा ध्यान दिने
-धुम्रपान एवं मद्यपान नगर्ने (क्यान्सरको दृष्टिले सुर्ती सेवन पान सुपारी त झनै हुँदैन ।
-ग्याजेटको उपयोग सकभर कम गर्ने
-एक्सरे लगायतका विकिरणबाट बच्ने
-चर्को घाम तथा परावैजनी किरणको सम्पर्कबाट छालालाई बचाउने
-रंगरोगन तथा यस्तै काममा सजगता अपनाउने
-वर्सेनी चिकित्सकको सल्लाह बमोजिम होल बडी चेकअपको क्रममा सम्भावित क्यान्सरका स्क्रिनिङ जाँचहरु पनि गराउने
राज्य तथा स्थानीय निकायको पहल
सम्बन्धित नगरपालिकाले पाँचखाल तथा धादिङ्ग जस्तो तरकारीको पकेट क्षेत्रको उत्पादन पूर्णतः विषादिरहित छ भन्ने आश्वस्तता दिलाउनु पर्यो । जनकपुर तथा तराईका मत्स्य उत्पादन तथा चितवनको पोल्ट्री प्रडक्ट स्वस्थ्य छन् भनेर विश्वसनियता दिनुपर्यो । मुस्ताङ्ग, हुम्ला, जुम्लाका स्याउ तथा सिन्धुलीका जुनार बाह्रैमास बजारमा उपलब्ध हुने व्यवस्था गर्नुपर्यो । उच्च हिमाली लेकका स्थानीय उत्पादन कोदो, फापर, उवा, सिमी, राज्माबाट बन्ने परिकारमा स्वास्थ्यका दृष्टिले विविधीकरण ल्याउनु पर्यो ।
प्रादेशिक तवरमा समग्रमा क्यान्सर सेवा पाइने संस्थाहरु खोलिनु पर्यो । यसका लागि आवश्यक पर्ने अन्कोसर्जन, अन्कोफिजिसियन, नर्सिङ्ग स्टाफको तालीममा राज्य वा प्रदेशले विशेष पहलकदमी गर्नुपर्यो । नीजि शैक्षिक संस्थाहरुसँग सहकार्य गरी मेडिकल ईक्विपमेन्ट, अन्को सम्बन्धी ज्ञान सीप भएका मध्यमस्तरका जनशक्ति उत्पादनमा पहल गर्नुपर्यो । राज्यबाट पेट स्क्यान, सीटी, एमआरआई, रेडियोथेरापीका ईक्विपमेन्टमा भन्सार सहुलियत दिनुपर्यो । ती सामानहरुमा सहुलियत पाएका स्वास्थ्यसंस्थाबाट उपलब्ध हुने सेवा शुल्कमा सेवाग्रहीलाई निश्चित प्रतिशत मिनाहा हुनुपर्यो । इम्युनोथेरापी, केमो तथा रेडियोथेरापीमा सरकारले आर्थिक सहुलियत दिनुपर्यो । क्यान्सरको जोखिममा रहेका तथा क्यान्सर गराउन सक्ने पेशामा लागेकाहरुलाई अनिवार्य नियमित स्वास्थ्य जाँचको व्यवस्था गर्नुपर्यो । जिन थेरापी एवं क्यान्सरका नयाँ अनुसन्धानहरु मात्र नभएर क्यान्सरका लागि निकै उपयोगी नेपालमा पाइने कतिपय जडिबुटीहरुको अध्ययन, अनुसन्धानका लागि प्रदेश स्तरमै, स्थानीय विशेषले रिसर्च ईन्स्टिच्यूट संचालनमा ल्याउन पहल गर्नुपर्यो । लुक्ला, मनास्लु, घान्द्रुक, रारा जस्तो रमणिय ठाउँमा हस्पिस सेवा, प्यालिएटिभ केयर सेवा प्रदान गर्ने संस्था संचालनमा ल्याई मेडिकल टुरिज्मको पहल थाल्नुपर्यो ।

(नागरिक परिवारबाट साभार)








यसमा तपाईको मत

अन्य समाचार

स्मार्टफोन VR को भविष्य अन्योलमा

स्मार्टफोन VR को भविष्य अन्योलमा

सामसंग GearVR र गुगल डेड्रिम जस्ता स्मार्टफोन VR को भविष्य अन्योलमा परेको छ ! ...

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

जगदम्बा मोटर्सको ‘टिभिएस सुपर एक्सचेन्ज फाइनान्स फेयर’

नेपालको लागि टिभिएस टू ह्विलर्सको एकमात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले ‘टिभिएस एक्सचेन्ज एन्ड फाइनान्स फेयर’को आयोजना गर्ने भएको छ ।

टेलिकमको अटम अफर सार्वजनिक

टेलिकमको अटम अफर सार्वजनिक

नेपाल टेलिकमले विभिन्न प्याकेजसहितको आकर्षक अटम अफर सार्वजनिक गरेको छ । ...

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यासबीच सहकार्य

कुमारी बैंक र नेपाल ग्यास इन्डस्ट्रिज प्रालिबीच आय संकलन सुविधासम्बन्धी एक सहकार्य भएको छ । ...

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

सानो गौचरनमा केटिएमले सर्भिस सेन्टर

नेपालका लागि केटिएमको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले राजधानीको सानो गौचरनमा सर्भिस सेन्टर सञ्चालनमा ल्याएको छ । ...

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफको सभा सम्पन्न

सिटिजन लाइफ इन्स्योरेन्सले दोस्रो वार्षिक साधारणसभा सम्पन्न गरेको छ । ...

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको सभा

बैंक अफ काठमाण्डूको २५औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोद्वारा नेपालमा रेनोटू एफ सार्वजनिक

ओपोले नेपालमा रेनो सिरिज अन्तर्गत आफ्नो नयाँ स्मार्टफोन रेनोटू एफ सार्वजनिक गरेको छ । ...

Ncell Footer Ad