७ वैशाख २०८१ शुक्रबार
समाज

कार्यकारी अधिकृतसँग क्रुद्ध गाउँपालिका प्रमुखले जब स्थानीयलाई नेमप्लेटले प्रहार गर्न खोजे...

सल्लेरी (सोलुखुम्बु)—सोलुदूधकुण्ड नगरपालिका सोलुखुम्बुका कार्यकारी अधिकृत एकैदिन चार दिनको हाजिर गरेर पुनः मन्त्रालय फर्किएका छन्। स्थानीय विकास मन्त्रालयको गत असोज ६ गते सचिवस्तरको बैठकले उपसचिव राजेश गिरीलाई सोलुदूधकुण्ड नगरपालिकाको कार्यकारी अधिकृतमा काज सरुवा गर्ने निर्णय गरेको थियो।

सोही निर्णयअनुसार मन्त्रालयको असोज ८ गतेको पत्रका आधारमा गिरी यही कात्तिक ८ गते कार्यालयमा हाजिर हुन आए पनि नगरपालिकाका प्रमुख नाम्गेलजाङ्बु शेर्पाले हाजिर हुन दिएका थिएनन्।

कार्यालयमा केही युवासमेत परिचालन गरी आफूलाई धम्कीपूर्ण भाषामा कार्यालयमा हाजिर नभई फर्कन प्रमुख शेर्पाले दबाब दिएको अधिकृत गिरीको भनाइ छ।

प्रमुख शेर्पाले आफू अनुकूलको कार्यकारी अधिकृत नभएको भन्दै हाजिर गर्न नदिएको कार्यकारी अधिकृत गिरीले बताए। कार्यकारी अधिकृत आफ्नो कार्यालयमा हाजिर हुन आए पनि कार्यालयमा समेत प्रवेश गर्न दिइएको थिएन।

कार्यालयमा केही युवासमेत परिचालन गरी आफूलाई धम्कीपूर्ण भाषामा कार्यालयमा हाजिर नभई फर्कन प्रमुख शेर्पाले दबाब दिएको अधिकृत गिरीको भनाइ छ।

स्थानीय विकास मन्त्रालयका सचिव, मन्त्रीसहितको टेलिफोन वार्तापश्चात् नगरपालिकाका अधिकृत गिरीलाई पुनः मन्त्रालय काज बोलाउने टुंगो भएपछि हाजिर गर्न दिइएको छ। प्रमुखको कार्यकक्षमा बसेर कार्यकारी अधिकृतले चार दिनको हाजिर एकैदिन गरेर नगरपालिकाको पत्र बुझ्दै मन्त्रालय फर्कन बाध्य बनाइएको हो।

नगरपालिकामा भेला भएका विभिन्न राजनीतिक दलका व्यक्ति, जनप्रतिनिधिसमेतको उपस्थितिमा सोमबार उहालाई हाजिर गराइएको हो। नगरपालिकामा जारी विवादका विषयमा बुझ्न सोमबार नगरपालिकाको कार्यालय पुगेका स्थानीयवासीलाई प्रमुख शेर्पाले गाली गर्न खोजेपछि तनाब उत्पन्न भएको थियो।

प्रमुखको प्रस्तुतिलाई आपत्ति जनाउने स्थानीयवासीलाई प्रमुख शेर्पाले नेमप्लेट उचालेर हान्न खोजेपछि कार्यालयमा झनै तनाब बढेको थियो। उत्पन्न तनावलाई प्रहरीले नियन्त्रणमा लिन सफल भएको छ। कार्यालयमा उपस्थित जनताले प्रमुखको कार्यशैलीप्रति आपत्तिसमेत जनाएका छन्।

निमित्त कार्यकारी कुर्सीमा
यता, स्थानीय विकास मन्त्रालयबाट काज सरुवाको पत्र आएपनि सोलुदूधकुण्ड नगरपालिकाकी निमित्त कार्यकारी अधिकृत इन्दिरा थापाले कार्यालय छाडेका छैनन्। अधिकृत थापालाई असोज १ गते नै सरुवा गर्ने निर्णय भएपनि आजसम्म उनलाई भने रमाना दिइएको छैन।

 

प्रकाशित: १४ कार्तिक २०७४ ०५:३७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App