७ वैशाख २०८१ शुक्रबार
खेल

शीर्ष स्थानमा नेपोलीको पुनरागमन

इटालियन सिरी ए अन्तर्गत अाइतबार सासाैलाेविरूद्ध गाेल गरेपिछ नेपाेलीका खेलाडीहरू । तस्बिर: एजेन्सी

मिलान – सासौलोमाथि ३–१ को  विजय हासिल गर्दै नेपोली आइतबार इटालियन सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको छ। 
जितपछि नेपोलीले जारी सिजनमा अपराजित यात्रालाई ११औं खेल सम्म निरन्तरता दिएको छ । २२औं मिनेटमा एलानले गोल गर्दै नेपोलीलाई अग्रता दिलाएका थिए । सासौलोका स्टेफानो सेन्सीले रक्षापंक्तिमा गरेको गल्तीको फाइदा उठाउँदै एलानले बललाई पोस्टको दिशा दिएका थिए।

४१औं मिनेटमा माटियो पोलिटानोको पासमा डिएगो फाल्सेल्नीले गोल गर्दै सासौलोलाई खेलमा फर्काउने प्रयास गरेका थिए । तर उनको गोलमा सासौलोले धेरै बेर खुसी मनाउन पाएन । त्यसको तीन मिनेटपछि जोसे मारिया कालेजोनको गोलमा नेपोलीले दोस्रो पटक अग्रता लिएको थियो । ५४औं मिनेटमा दि«इस मार्टिन्सले गोल गर्दै नेपोलीको जित पक्का गरेका थिए ।
यस जितपछि ११ खेलको समाप्तीमा ३१ अंक जोड्दै नेपोली सिरी ‘ए’ को शीर्ष स्थानमा फर्किएको हो । समान खेलमा २८ अंक जोडेका युभेन्ट्स र लाजियो क्रमशः दोस्रो तथा तेस्रो स्थानमा छन् । ८ अंकमा सिमित सासौलो १७औं स्थानमा छ ।
यस जितबाट नेपोलीले बुधबार च्याम्पियन्स लिग भिडन्तमा इङलिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीसँगको खेलका लागि मनोबल बटुलेको छ।

आइतबारै यसअघि सम्पन्न खेलमा क्रोटोनेले फियोरेन्टिनालाई २–१ को नतिजामा स्तब्ध पारेको छ । १७अाैँ मिनेटमा एन्टे बुड्मिरको गोलमा क्रोटोनेले लिएको अग्रता लगत्तै एक मिनेटपछि मार्सेलो ट्रोटाले दोब्बर पारेका थिए। 

मध्यान्तर हुन एक मिनेट बाँकी रहँदा मार्को बेनासीले गोल गर्दै फियोरेन्टिनालाई खेलमा फर्काउने प्रयास गरे पनि त्यो सफल भएन।

यस जितपछि ११ खेलको समाप्तीमा ९ अंक जोडेको क्रोटोने १५औं तथा १६ अंक जोडेको फियोरेन्टिना सातौं स्थानमा यथावत छन्। 

यता साम्पडोरियाले किइभो भेरोनालाई ४–१ ले पराजित ग¥यो । साम्पडोरियाको जितमा लुकास टोरियाले दुई तथा कार्लो लिनेटी र डुवान जापाटाले समान एक–एक गोल गरेका थिए । भेरोनाका फाब्रिजियो कासियाटोेरेले सान्त्वना स्वरुप एक गोल फर्काए। 

जितपछि १० खेलमा २० अंक जोडेको साम्पडोरिया छैटौं स्थानमा छ । समान खेलमा १५ अंक जोडेको भेरोना ११औं स्थानमा छ।

आइतबार सम्पन्न अन्य खेलमा एसपिएल–२०१३ ले जिनुवालाई १–०, युडिनेसीले एट्लान्टालाई २–१ तथा टोरिनोले काग्लियारीलाई २–१ को नतिजामा पराजित गरेका छन्।

 

प्रकाशित: १४ कार्तिक २०७४ ०४:४२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App