सिड्नी– वेस्ट इन्डिजका ब्याट्सम्यान क्रिस गेलले सोमबार अस्ट्रेलियाका संचार समूहले हालेको मानहानीको मुद्दा जितेका छन् ।
संचार माध्यमले गेलमाथि एक मसाज थेरापिस्टलाई गोप्य अंग देखाएको आरोप लागाएको थियो ।
गत वर्ष जनवरीमा अस्ट्रेलियाका फियरफ्याक्स संचार समुहका दी सिड्नी हेराल्ड, दी ऐज र दी क्यारेबियन टाइम्स लगायत दैनिक पत्रिकाले गेलविरुद्ध शृंखलावद्ध रुपमा समाचार प्रकाशित गरेका थिए ।
उनीहरुले सन् २०१५ को सिड्नी विश्वकप दौरान गेलमाथि लियानी रसेललाई ड्रेसिङ रुममा नियतवश गोप्य अंग देखाएको आरोप लागेको थियो।
गेलले आफूमाथि लागेको आरोप तथ्यहिन भएको बताउँदै आएका छन् । उनले अस्ट्रेलियाली संचारकर्मी आफूलाई बदनाम गराउन लागि परेको बतएका थिए।
उक्त घटनाको समयमा गेलसँगै ड्रेसिङ रुपमा भएका ड्वायन स्मिथले पनि यो अरोपको खण्डन गर्दै अएका छन् ।
सोमबार न्यु साउथ वेल्सको सर्वोच्च अदालतका न्यायधिशले संचार समुहको आरोपमा कुनै सत्यता नभएको र एक खेलाडीलाई नियतवश बदनाम गराउन खोजिएको भन्दै गेलको पक्षमा फौसला सुनाएका थिए।
प्रकाशित: १४ कार्तिक २०७४ ०४:३८ मंगलबार