४ वैशाख २०८१ मंगलबार
समाज

रोकिएन गिट्टी र बालुवा चोरी निकासी

इटहरी- सरकारले असारदेखि तीन महिनासम्म मुलुकभरका नदीबाट ढुंगा, गिटी र बालुवा उत्खनन गर्न प्रतिबन्ध लगाएपनि सुनसरी–मोरङका कतिपय नदीबाट चोरी–निकासी निरन्तर भइरहेको छ।  दुवै जिल्लाका खोलाबाट ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी भइरहेको पाइएको हो।

बुढीखोला नदीमा आठ स्थानलाई संवेदनशील क्षेत्र घोषणा गरिएपनि जहाँबाट पायक पर्छ त्यही स्थानबाट चोरी–निकासी गर्ने  गरिएको छ। बुढीखोला नदीको संवेदनशील क्षेत्र घोषणा गरिएको कतिपय स्थानबाट समेत ढुंगा, गिटी र बालुवा निकाल्ने कार्य भइरहेको छ। सुनसरी–मोरङका खोलाबाट दैनिक २० भन्दा बढी ट्रक–ट्रयाक्टरले ढुंगा, गिटी र बालुवा चोरी–निकासी गर्ने गरेको प्रहरीले जानकारी दिइयो।

इटहरी प्रहरीले आइतबार राति र सोमबार बिहान मात्र छ वटा ट्रयाक्टर र ट्रक पक्राउ गरेको  छ। को २ त ४४३७, को २ त १२२७, को २  त ३८१३, को १ त ९७२६, को १ ख २०८ र को १ ख २६२९ नम्बरमा खोलाबाट बालुवा ल्याउँदै गर्दा पक्राउ गरेको हो । सुनसरी–मोरङको सेउती, बुढीखोला, गछीया खोला, केराबारीको खदमखोलालगायतका स्थानबाट पनि ढुंगा, गिट्टी र बालुवा चोरी निकासी हुने गरेको  छ।

 इलाका प्रहरी कार्यालय इटहरीका इनिस्पेक्टर रामचन्द्र तिवारीले हरेक दिन इटहरीमा मात्र कम्तीमा चारवटा ट्रयाक्टर र ट्रक पक्राउ गर्ने गरेको बताए । ‘चोरी–निकासी गर्नेले विशेषगरी रातिको समयमा गर्ने गर्छन, अनि पक्राउ गर्दा स्टक ल्याएका भन्छन् तर पानी चुहिदैं गरेको हुन्छ। प्रमाण पनि पुर्याउन सक्दैनन्,’ उनले भने।

असारदेखि भदौसम्म खोलाबाट ढुंगा, गिटी र बालुवा निकाल्नेलाई प्रहरीलाई कारबाही गर्न कडा निर्देशन दिएको सुनसरी र मोरङ जिल्ला प्रशासन कार्यालले जनाएको छ। अनुगमन प्रभावकारी नहुदाँ ढुंगा, गिटी र बालुवा निकालेर निकासी गर्ने कार्य जारी जानकारी दिइयो । जिल्लामा प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा अनुगमन समिति रहने गरेको छ ।

 मोरङका प्रमुख जिल्ला अधिकारी तोयम रायाले ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी गर्नेलाई कारबाही गर्न प्रहरीलाई कडा निर्देशन दिएर सर्कुलर गरिएको बताए । उनले भने, ‘पछिल्ला केही दिन बाढीले गर्दा सवैको ध्यान दैवी प्रकोपतिर गएको बेला मौका छोपेर चोरी–निकासी भएपनि पूर्ण रुपमा कडाई हुनेछ,’ उनले भने ।

सुनसरीमा सोमबार ढुंगा, गिट्टी र बालुवा चोरी–निकासी रोक्नुका साथैं अरु बेला पनि कुनै समस्या नहुने गरि निर्देशिका बनाउने बिषयमा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा बैठक समेत बस्यो। प्रजिअ मोहनबहादुर चापागाईले प्रहरीलाई समातेर कारबाही गर्न निर्देशन दिइएको र थप कडाई गर्न अब अनुगमन पनि गरिने बताए।

 

प्रकाशित: १७ श्रावण २०७३ १२:२६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App