coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

स्वः विवेकले निर्णय गर्नसक्ने असल नागरिक बनाउने अभियानमा छौँ : डा. सुर्यराज आचार्य

काठमाडौँ – विवेकशील साझा पार्टीका प्रवक्ता डा. सुर्यराज आचार्यले आफ्नो पार्टी स्वः विवेकले निर्णय गर्नसक्ने असल नागरिक बनाउने अभियानमा रहेको बताएका छन्। 

काठमाडौं क्षेत्र नम्बर २ बाट आगामी मंसिर २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार रहेका आचार्यले विगत लामो समयदेखि परम्परागत राजनीतिक जड्ताले गाँजेको नेपाली समाजमा असल नागरिकको खाँचो रहेकोले आफ्नो अभियान त्यसतर्फ केन्द्रीत रहेको बताए। 

रेडियो नागरिकसँगको संवादमा डा. आचार्यले विगतमा व्यवस्था परिवर्तन र संविधान परिवर्तन गर्ने कामहरू भएको तर शैली र व्यवहार परिवर्तन नभएकोले विवेकशील साझा पार्टीले शैली र व्यवहार परिवर्तनकोे नेतृत्व गर्ने बताए । उनले भने, ‘ हामीले व्यवस्था परिवर्तन ग¥यौं, संविधान परिवर्तन भएपनि शैली परिवर्तन हुन सकेन । अब अहिले लोकतन्त्र स्थापना भइसेपछि तीनै ठूला पार्टीले भातृसंगठन स्थापना गरी कायकर्ता बनायौं तर असल नागरिक बनाउन सकेनौं । त्यसकारण हामी आफ्नो विवेक र ब्रह्मले निर्णय गर्न सक्न असल नागरिक बनाउने अभियानमा हामी छौं।’

हिजोको दिनमा ठूला भनिएका पार्टीहरूले अहिलेसम्म मुलुकमा राजनीतिक अस्थिरतालाई मलजल गरिरहेकोले आगामी चुनावमा जनताले मत हाल्दा विचार गर्नुपर्ने बताए । उनले हाम्रो शिक्षा, समाज तथा नागरिकको सचेतताको स्तर निकै कमजोर भएको उल्लेख गर्दै त्यसलाई परिवर्तन गर्न सकिने विश्वास व्यक्त गरे।

उनले भने, ‘हाम्रो राजनीतिक असन्तुष्टी र अव्यवस्थामा हिजो र आज आधारभूत प्रकृतिको फरक छ । हिजोका दिनमा पञ्चायती व्यवस्था थियो । त्यो समयमा नागरिकको एक सामान्य जीवन तथा मिहिनेतका साथ पढ्ने विद्यार्थीको जीवनमा प्रत्यक्ष प्रभाव पारेको थिएन । तर आज एक सामान्य नागरिकको जिवनलाई पनि अस्थिर राजनीतिले गाँजेको छ । जसको नकारात्मक असर हरेक व्यक्तिले भोगिरहेका छन् । हामी त्यो परिवर्तन गर्ने र मुलुकलाई राष्ट्रिय विखण्डबाट जोगाउने अभियानमा छौं।’

अहिले विद्यमान पार्टीहरूले बौद्धिकताको उचित सम्मान गर्न नसकेको बताउँदै उनले यि पार्टीहरूलाई धक्का दिने गरी वैकपल्पिक शक्ति स्थापना गरेको र यसलाई जनताले साथ दिइरहेको उल्लेख गरे । उनले भने, ‘हाम्रो साथमा जनता छ भन्ने कुरा केही महिना पहिले सम्पन्न भएको स्थानीय निर्वाचले नै देखाइसकेको छ । आगामी चुनावमा पनि जनताले मत दिएर जिताउनु हुनेछ भन्नेमा हाम्रो पार्टी विश्वस्त छ।’

आफ्नो पार्टीलाई दिने हरेक मतको सम्मान हुने बताउँदै आचार्यले भने, ‘अहिले मानिसहरू भन्छन्, भोट त म दिउँला तर तपाई हार्नुहुन्छ भोट खेर जान्छ  । म के भन्छु भने तपाईले भोट दिएको कुनै अन्य दल हार्‍यो भने त्यो भोट खेर जान्छ तर, हामी त हारे पनि चुनाव सकिएको भोलपल्टदेखि नै हामीले उठाएका हरेक मुद्दालाई सामाजिक अभियानका रुपमा अघि लगेर जान्छौं । त्यसकारण हामीले दिने हरेक मतको सम्मान हुन्छ ।’ 

डा. अाचार्यसँगकाे कुराकानी सुन्नुहाेस्

प्रकाशित: १४ कार्तिक २०७४ ०३:०५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App