नयाँ सरकारले पूरक बजेट ल्याउँदैनः महत

सोमबार, १७ साउन २०७३, १७ : ५३ नागरिक

काठमाडौं– पूर्व अर्थमन्त्री मशरण महतले अर्थमन्त्री विष्णु पौडेलले ल्याएकाे बजेटले नै निरन्तरता पाउने भन्दै नयाँ सरकारले पूरक बजेट नल्याउने बताएका छन्।

अर्थमन्त्री पौडेलले व्यवस्थापिका संसद्मा पेश गरेकाे बजेट पास नभइकन नयाँ सरकार परिवर्तन भएको सन्दर्भ र विनियोजन बजेट पास भइसकेको अवश्थामा पूरक बजेटको अवश्यकता नरहेकाे उनले बताए।

उनले केपी ओली सरकारले ल्याएका कार्यक्रमले निरन्तरता पाउने स्पष्ट पार्दै भने,  “कुनै अनावश्यक गल्ती भएपछि परिवर्तन गर्न सक्छ तर त्यो नयाँ सरकार गठन भएपछि अध्ययन गरेर अगाडि बढाउला। तर भएका कार्यक्रमले निरन्तरता पाउँछ।”

महतले राजनीतिक व्यवस्था जस्तो अर्थव्यवस्था द्रुत गतिमा परिवर्तन नहुने बताए। नौ/नौ महिनामा सरकार बदलिए पनि नौ/नौ महिनामा अर्थव्यवस्था नबदलिने उनले स्पष्ट पारे। हाम्रा समस्या तथा समस्यामा कुनै परिवर्तन नभएको महतको भनाइ छ।

पूर्व अर्थमन्त्री महतले भने– “हिजो हामीले सुरु गरेका कार्यक्रमलाई वर्तमान सरकारले महत्व दियो, यो सरकारले सुरु गरेका कार्यक्रमलाई पनि नयाँ सरकारले महत्व दिनुपर्छ। आर्थिक विकासका योजना निरन्तरका योजना हुन्। नयाँ सरकार आएपछि नयाँ योजना ल्याउलान् तर पनि तिनीहरुका अवधि हुन्छन्।”

प्रधानमन्त्री केपी शर्मा ओलीले पेस गरेका कार्यक्रम पनि विगतकै निरन्तरता भएको बताउँदै उनले भने,  “बाँडफाँड पनि विगतकै कार्यक्रम हुन्। नयाँ कार्यक्रम काल्पनिक मात्र छन्। त्यसलाई पूरा गर्न समय लाग्छ। कल्पना गरिएका योजनाहरुको कार्यान्वयनका लागि योजना बनाउनुपर्यो। तयारी गर्नुपर्यो, साधनस्रोत जुटाउनुपर्यो अनिमात्र लागू हुन्छन्, ती कार्यक्रम।”

विगत केही वर्षयता सुरु भएका योजनाहरु ‘फास्ट ट्र्याक’ का विषयमा उनले भने,  “नेपाली सेनाले ट्र्याक खोलेर सुरु भएको द्रुत मार्गलाई कसैले मेरो भन्दैमा मेरो हुँदैन। यो हामीले सुरु गरेको योजना हो। ”महतले मध्यपहाडी सडक योजना पनि आफूले बजेट विनियोजन गरेर ल्याएको कार्यक्रम भएको बताए। उनले भने, “विगतका राष्ट्रिय गौरवका योजनालाई तीव्र कार्यान्वयन नयाँ सरकारले गर्नुपर्छ, गर्नेछ।”

मधेसका मुद्दा नयाँ सरकारले सम्बोधन गर्छ

पूर्व अर्थमन्त्री महतले मधेसका मुद्दालाई प्राथमिकता नदिएकाले नयाँ सरकार गठन गर्नुपरेको उल्लेख गर्दै मधेसका मुद्दालाई नयाँ सरकारले प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउनुपर्ने बताए। उनले भने– “मधेसमा अहिले पनि आन्दोलन जारी छ, संविधानका असन्तुष्ट पक्ष छन्, त्यसकारण वर्तमान संविधानका केही बुँदालाई सुधार गरेर भए पनि मधेसका मुद्दालाई सुल्ट्याउनुपर्छ, यसलाई बाँकी राख्नु हुँदैन । अन्य गम्भीर मुद्दा होलान्जस्तो लाग्दैन।”

त्रिपक्षीय सम्झौता गरेर अगाडि बढे पनि संविधान संशोधनका विषयमा अन्य पार्टीलाई विश्वासमा लिएर अगाडि बढ्नुपर्ने महतको जोड थियो । नयाँ सरकारमा आफूले चाख नदिएको बताउँदै उनले भने– “मलाई मन्त्री बनिरहने कुनै शौख छैन।”

मुलुक राजनीतिक खिचातानी र सरकार बनाउने र बिगार्ने कुरामा हाम्रो सारा ध्यान गएको उल्लेख गर्दै उनले आर्थिक मुद्दालाई केन्द्रमा राखेर विकासका मुद्दामा अगाडि बढ्नुपर्छ। नयाँ सरकार पनि त्यही मुद्दामा अगाडि बढोस् भन्ने आफ्नो चाहना रहेको उल्लेख गर्दै पूर्व अर्थमन्त्री महतले भने, “निस्कँदै गरेको सरकारले कामभन्दा बढी कुरा गर्यो, हल्लाखल्ला गरेर मुलुक बन्दैन, त्यसका लागि कडा मेहनत र निर्णय लिन सक्नुपर्छ।”

अब राष्ट्रलाई विकासको मुद्दामा एकताबद्ध गराएर अगाडि बढ्न सक्नुपर्नेमा जोड दिँदै उनले त्यसतर्फ राजनीतिक शक्तिहरु जानुपर्ने जाउन्, राजनीतिक खेल अति भइसक्यो, अब राष्ट्र निर्माणको खेलमा लाग्नुपर्छ” भने। रासस

 








यसमा तपाईको मत

अन्य समाचार

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

कम्प्युटरको बिक्रिमा अनपेक्षित वृद्धि

लिनोभो, डेल र एचपीको बिक्रि बढ्ने क्रममा - एप्पलको बिक्रि तल खस्किदै ...

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

आइफोन ११ मा छ सजिलै स्क्रिन स्क्र्याच हुने समस्या

११०० भन्दा बढी प्रयोगकर्ताले आफ्नो नयाँ आइफोन ११को डिस्प्ले खरिदको एक दुई दिन मै स्क्र्याच हुन थालेको भन्दै गुनासो गरेका...

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

सुपथ मूल्य पसलमा प्रतिकिलो ५ देखि १०रुपैयाँ छूट (भिडियो)

खाद्य व्यवस्था तथा व्यापार कम्पनि लिमिटेडले उपत्यकाका राम शाहपथ, थापाथली, नख्खु, जावलाखेल, भक्तपुरलगायतका स्थानमा पाँच स्थानमा पसल सञ्चालन गरेको छ...

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

नेपाली उपभोक्तामा युरोपेली ब्रान्डको प्रभाव (अन्तर्वार्ता)

लामो समयदेखि कपडा व्यवसायमा संलग्न रुपेश पाण्डेले पछिल्लो समय ब्रान्डेड कपडा ल्याएर बिक्री गर्दै आएका छन् । ...

भन्सार छलीको चिनी नियन्त्रणमा

भन्सार छलीको चिनी नियन्त्रणमा

भारतबाट भन्सार छली चोरी पैठारी गरी नेपाल ल्याएको करिब डेढ लाखको चिनी प्रहरीले बरामद गरेको छ । ...

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

दुई नयाँ बिमालेख जारी गर्दै राष्ट्रिय बिमा कम्पनी

राष्ट्रिय बिमा कम्पनीले थप नयाँ दुई बिमालेख बजारमा ल्याउने भएको छ । ...

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकको १८ प्रतिशत लाभांश

महालक्ष्मी विकास बैंकले लगानीकर्तालाई १७.८९ प्रतिशत लाभांश वितरण गर्ने भएको छ । ...

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कामु सिइओमा खड्का

ललितपुर फाइनान्सको कायम मुकायम प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा चन्द्रशेखर खड्का नियुक्त भएका छन् । ...

Ncell Footer Ad