coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

भारतीय सुरक्षाकर्मीद्वारा पत्रकार चन्द्रकिशोरमाथि दुर्व्यवहार

रौतहट— मधेसका पत्रकार चन्द्रकिशोरलाई नेपाल—भारत सीममा परिचालन भएको भारतीय सीमा सुरक्षा बल (एसएसबी) सुरक्षाकर्मीले दुव्र्यवहार गरेका छन्। छठ पर्व मानेर पुख्र्यौली गाउँ सर्लाहीको बलराबाट वीरगन्ज फर्किने क्रममा हतियारधारी भारतीय सुरक्षाकर्मीले उनीमाथि दुव्र्यवहार गरेका हुन्।

सर्लाहीको बलराबाट सीतामढी बसबिटा नाका हुँदै नेपाल आउने क्रममा बसबिटामा परिचालन भएका एसएसबी सुरक्षाकर्मीले दुव्र्यवहार गरेको उनले बताए। ‘सीमामा खटिएका अनिल कुमार नाम गरेका जवानले झोला खोलेरे हेरे। मैले छठको कोसेसी लगायतका सामान देखाएँ। अरूलाइ जाँच नगरी छाेडिरहेका उनले अपशब्द प्रयोग गर्दै आक्रोशित भएर ममाथि अपमानजनक व्यवहार गरे’, उनले भने।

नेपाल–भारत सम्बन्धका आयमबारे पत्रकार चन्द्रकिशोरले निरन्तर कलम चलाउँदै अाएका छन्। मधेसका मुद्दामा राम्रो दक्खल राख्ने थोरै पत्रकारमध्ये उनी पर्छन्।

 

प्रकाशित: १३ कार्तिक २०७४ १६:१२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App