coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

अष्ट्रेलियन एजुकेशन सेमिनार हुने

काठमाडौं– अष्ट्रेलिया अध्ययन गर्न जान चाहने नेपाली विद्यार्थीहरुलाई शैक्षिक परामर्श तथा आवश्यक अन्य प्रक्रिया प्रदानगर्दै आइरहेको एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेजको आयोजनामा राजधानीमा अष्ट्रेलियन एजुकेशन सेमिनारको आयोजना हुने भएको छ। सेमिनार बुधबार हुने आयोजक संस्थाका प्रबन्ध निर्देशक खेम संग्राैलाले बताए।

सेमिनारमा अष्ट्रेलियामा अध्ययनका लागि आवश्यक सम्पूर्ण सुचना तथा जानकारी प्रत्यक्षरुपमै लिन सकिने उनले बताए। मुख्यत आगामी फेब्रुअरी वा जुलाई इन्टेकका लागि अष्ट्रेलिया पढन जानचाहने विद्यार्थीहरुले सेमिनारमार्फत आफू पढनचाहेको विषय र सो सम्बन्धिअन्य सम्पूर्ण जानकारी स्थलगतरुपमा लिन सक्नेछन्।

'विद्यार्थीले आफ्नो शैक्षिक तथा आर्थिक हैसियतअनुसार लक्षित कोर्स पढनका लागि लिनुपर्ने सम्पूर्ण जानकारी दिने उद्देश्यले सेमिनार अायोजना गर्न लागिएको हो', प्रबन्ध निर्देशक संग्राैलाले भने। एक्सपर्ट एजुकेशन विगत डेढ दशकभन्दा लामो समयदेखि अष्ट्रेलिया केन्द्रित गरेर सेवा प्रदान अाइरहेको छ।

प्रकाशित: १३ कार्तिक २०७४ १२:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App