८ वैशाख २०८१ शनिबार
राजनीति

झापा ३ मा सिटौलाविरुद्ध राप्रपाका लिङ्गदेनको उम्मेदवारी

राप्रपा महामन्त्री राजेन्द्र लिङ्गदेन

काठमाडौं— कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टीले झापा ३ मा महामन्त्री राजेन्द्र लिङ्गदेनलाई उम्मेदवार बनाउने निर्णय गरेको छ। काँग्रेस–राप्रपाबीच चुनाबी तालमेल गर्ने निर्णय भएको थियो। तर काँग्रेसले अाइतबार झापा ३ मा कृष्ण सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। काँग्रसले निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपाले आफ्नो उम्मेदवार चयन गरेको हो।

काँग्रेसले अाइतबार झापा ३ मा कृष्ण सिटौलालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो। काँग्रसले निर्णय गरेको भोलिपल्ट सोमबार राप्रपाले आफ्नो उम्मेदवार चयन गरेको हो।

यसैगरी राप्रपाले मकवानपुर १ मा कमल थापा, काठमाडौं ७ मा विक्रमबहादुर थापा, बाँके २ मा ओमप्रकाश आजाद, दैलेख १ मा दीपककुमार शाहीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

पार्टी प्रवक्ता सुशीलकुमार श्रेष्ठका अनुसार राप्रपा केन्द्रीय कार्य सम्पादन समितिको बैठकले २० कार्तिकमा घोषणापत्र सार्वजनिक गर्ने निर्णय पनि गरेको छ। बैठकमा निर्वाचन प्रयोजनका लागि गठित समितिहरुका प्रतिवेदनमाथि छलफल र समीक्षा भएको थियो।

प्रकाशित: १३ कार्तिक २०७४ १२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App