coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

जीप दुर्घटना हुँदा चारको मृत्यु, ६ जना घाइते

उदयपुर– जीप दुर्घटनामा ४ जना यात्रुको निधन भएको छ भने कम्तीमा ६ जना घाइ्ते भएका छन् । जिल्लाको पश्चिम कटारी बजारदेखि जयरामघाटतर्फ जाँदै गरेको ना१ज ३४०४ नम्बरको सुमो जीप सिद्धिचरण लोकमार्गको ठाँटी भन्ज्याङमा दुर्घटना हुँदा चर जना यात्रुको निधन भएको कटारीका यातायात व्यवसायी शत्रुघन कार्कीले बताए । 

कटारी नगरपालिका ११ साविक मयंखुमा पर्ने ठाँटीस्थित साँघुरो सडकबाट अनियन्त्रित भई साढे १ बजे पल्टेर दुर्घटनामा परेको जीप ५ सय मिटरभन्दा तल खसेको प्रत्यक्षदर्शीलाई उद्धृत गर्दै कार्कीले बताए । 
मृत्यु हुनेहरुको अहिलेसम्म सनाखत हुन सकेको छैन । स्थानीय र प्रहरीको टोलीले एक महिला, एक बालक र चालक हरि कार्कीको उद्धार गरी उपचारार्थ कटारी अस्पताल ल्याइएको छ । 

२८ वर्षीय कार्की र महिला बालक दुवैको अवस्था गम्भीर रहेको हिमाली यातायात व्यवसायी संघ कटारीका प्रमुखसमेत रहेका कार्कीले बताए । उनका अनुसार मृतकको संख्या बढ्नसक्ने अनुमान गरिएको छ । 

इलाका प्रहरी कार्यालय कटारीका प्रमुख डिएसपी महेन्द्र श्रेष्ठको कमाण्डमा प्रहरी टोली घट्नास्थल पुगेर स्थानीयको सहयोगमा उद्धार गरिरहेको कार्कीले बताएका छन् । 
 

प्रकाशित: १३ कार्तिक २०७४ ०९:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App