coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

दाहाल चितवन आउँदा स्वागतमा एमाले नेताको लर्को

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई स्वागत गर्न भरतपुर बिमान स्थलमा माओवादीका जिल्ला नेताहरुसँगै लामवद्ध एमाले चितवनका पुर्व अध्यक्ष जगन्नाथ थपलिया (सवैभन्दा दायाँ)।

चितवन- केन्द्रीय रुपमा नै एमालेसँग गठबन्धन गरेर चितवनबाट चुनावमा उठ्ने घोषणा गरेका माओवादी केन्द्रका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल सोमबार चितवन आउँदा भरतपुर विमान स्थलमा स्वागत गर्न लाम लाग्नेमा माओवादीका नेताहरु मात्रै थिएनन्। एमालेका नेताहरुको ठुलै लर्को पनि बिमान स्थलमा थियो । एमालेका जिल्ला नेतादेखि जनप्रतिनिधिहरु सम्मले दाहाललाई स्वागत गरे ।

एमालेका निवर्तमान जिल्ला अध्यक्ष जगन्नाथ थपलिया, पुर्व सचिव विजय सुवेदीदेखि भरतपुर महानगरपालिकामा एमालेबाट निर्वाचित वडा नं. २, ४, ७, ९, १०, ११ र १२ नम्बरका वडाध्यक्षहरु भरतपुर विमान स्थलमा पुगेका थिए । माओवादी केन्द्रका नेताहरुसँगै लामवद्ध भएर उनीहरुले माला र खादाले दाहललाई स्वागत गरे ।

भरतपुर विमान स्थलमा आयोजित पत्रकार सम्मेलन पनि एमालेको पत्रकारहरुको संस्था प्रेस चौतारी नेपाल र माओवादी केन्द्रका पत्रकारहरुको संस्था प्रेस सेन्टर नेपालले संयुक्त रुपमा गरेका थिए । दाहाल चितवनको क्षेत्र नं. ३ बाट प्रतिनिधि सभा सदस्य निर्वाचनमा उठ्ने छन् । तीनवटा निर्वाचन क्षेत्र रहेको चितवनमा एक नम्बर क्षेत्रमा एमालेका नेता सुरेन्द्र पाण्डे वामगठबन्धनबाट उठ्दै छन् ।

चितवन क्षेत्र नं. २ मा बामपन्थी गठबन्धनबाट को उठ्ने भन्ने बारेमा टुंगो लागेको छैन । एमालेका जिल्ला अध्यक्ष कृष्णभक्त पोखरेल वा माओवादी केन्द्रका वरिष्ठ नेता रामबहादुर थापा बादल दुवैजनाले सो क्षेत्रबाट उठ्ने रुची देखाएकाले निर्णय गर्न गाह्रो भइ हरेको छ । माओवादी केन्द्रका अध्यक्ष दाहालले यो विषयमा आजै नै टुंगो लगाउने जानकारी दिए ।

पत्रकार सम्मेलनमा नेता दाहालले एमालेसँग् पार्टी एकता नै गर्ने तयारी रहेका कारण चुनावपछि गठबन्धन भंग हुने अवस्था नरहेको बताए । उनले अहिलेको गठबन्धन सामान्य सहकार्य मात्रै नभएर वर्षौअघि देखि सवैले सोच्दै आएको एउटा बलियो कम्युनिष्ट पार्टी गठनका लागि भएको प्रष्ट पारे ।

 

प्रकाशित: १३ कार्तिक २०७४ ०९:११ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App