८ वैशाख २०८१ शनिबार
समाज

गुल्मीमा माइक्रो बस दुर्घटना हुँदा सातको मृत्यु [अपडेट]

गुल्मी- बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास आउँदै गरेको माइक्रो बस गुल्मीको वीरवासमा दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ । आज बिहान तम्घासका लागि छुटेको बा४ख ५५०१ नंको माइक्रो गुल्मी दरबार गाउँपालिका वडा नं ४ मा दुर्घटना भएको हो । 

दुर्घटनामा सातजनाको मृत्यु भएको र छजना घाइते भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक अनुरागकुमार द्विवेदीले जानकारी दिए। बुटवलबाट १३ जना यात्रु लिएर उक्त माइक्रोबस तम्घास आएको थियो । 

दुर्घटनमा मृत्यु हुनेहको सनाखत हुन नसकेको र प्रहरी र स्थानीयवासी उद्धार कार्यमा जुटिरहेको प्रमुख जिल्ला अधिकारी गोपाल आर्यालले जानकारी दिए। 

घाइतेको अवस्था हेरेर प्रहरीलाई पाल्पा पठाउन भनिएको उनले बताए। दुर्घटनाको कारण खुल्न सकेको छैन । गाडीमा चालकसहित १५ जना रएकामा अन्य दुईजनाको खोजी भइरहेको प्रहरीले जनाएको छ । 

(राससको सहयोगमा)

प्रकाशित: १३ कार्तिक २०७४ ०८:२३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App