६ वैशाख २०८१ बिहीबार
राजनीति

पूर्व सभासद् लिम्बूको निधनप्रति संसदमा शोकप्रस्ताव पारित

काठमाडौं–  व्यवस्थापिका–संसद्को आजको बैठकले पूर्व सभासद् एवम् पूर्व अर्थराज्यमन्त्री हरिराज लिम्बूको निधनमा शोक प्रस्ताव पारित गरेको छ। सभामुख ओनसरी घर्तीले पढेर सुनाउनु भएको पूर्व सभासद् लिम्बूको निधनप्रतिको शोकप्रस्ताव बैठकले सर्वसम्मतिले पारित गरेको हो।

तत्कालीन नेकपा (माओवादी)को तर्फबाट २०६४ सालको संविधानसभा निर्वाचनमा धनकुटा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका लिम्बूको असमायिक निधन भएकामा बैठकले गहिरो शोक प्रकट गर्दै दिवङ्गत आत्माको चिरशान्तिको कामना गरेको छ।

अठ्चालीस वर्षीय पूर्व सभासद् लिम्बूको यही साउन १३ गते धनकुटाको सिदुवाबजारमा बस दुर्घनामा परी निधन भएको थियो। लिम्बू हाल नेकपा (माओवादी केन्द्र) का राष्ट्रिय महाधिवेशन आयोजक समिति सदस्य थिए। रासस

 

प्रकाशित: १७ श्रावण २०७३ ११:४९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App