coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

नेपाललाई एडभेन्चर स्पोर्टस डिस्टिनेसन अवार्ड

माल्दिभ्सको अडु सिटीमा भएको साउथ एसिया ट्राभल्स अवार्ड विजेतापछि सामूहिक तस्बिर लिँदै नेपाली टोली।  तस्बिरः अर्जुन

माल्दिभ्स – साउथ एसिया ट्राभल्स अवार्ड (साटा) मा नेपालले ‘एडभेन्चर्स स्पोर्टस डिस्टिनेसन अवार्ड १०२७’ पाएको छ। माल्दिभ्सको ज्ञान आइल्यान्डको अडु सिटीमा शनिबार राति भएको कार्यक्रममा नेपालले सो अवार्ड पाएको हो। 

समुद्र किनारामा रहेको उक्त सिटीमा दक्षिण यसियाको विभिन्न पर्यटकीय क्षेत्रको विषयमा प्रस्तुतीकरण गरिएको थियो । साउथ एसियन अवार्डका लागि  नेपालको तर्फबाट रजत सरावगीले प्रिजेन्टेसन गरेका थिए । ‘श्रीलंका र माल्दिभ्सका पर्यटन व्यवसायीले समुद्र र टापु मात्रै देखेका छन् । नेपालको हिमाल, पहाड, तराई र सांस्कृतिक विविधता देखेका छैनन्,’ उनले अवार्ड पाएपछि भने, ‘हामीसँग साहसिक खेल, प्याराग्लाइडिङ, पर्वतारोहण, म्याराथन, धार्मिक विविधतासँगै सांस्कृतिक विविधता छ । पर्यटकीय जगल र गन्तव्य धेरै छन् । यस हिसाबले श्रीलंका र माल्दिभ्सको पर्यटक नेपाल भित्रिने छन्।’

अडु सिटीको इक्वेडेरियल भिलेज रिसोर्टमा शुक्रबारदेखि भएको कार्यक्रममा नेपालका पाँचवटा होटलले विभिन्न विद्यामा १४ वटा अवार्ड पाएका छन् । दक्षिण एसियाका पर्यटकीय होटललाई व्यवस्थित र पर्यटनका लागि अझ सशक्त बनाउने उद्देश्यका साथ आयोजना गरिएको साटा अवार्ड पाउनेमा पाँचतारे सांग्रिला भिलेज पोखराले ‘डिलक्स रिसोर्ट÷स्पा अवार्ड २०१७ पाएको छ । साथै होटल सांग्रिला काठमाडौंले मिटिङ र कन्फरेन्स हलमा साउथ एसियाकै उत्कृष्ट गोल्ड अवार्ड पाएका छन्।

सांग्रिला होटलका एक्जेक्युटिभ डाइरेक्टर तथा पाटाको अन्तर्राष्ट्रिय बोर्ड सदस्य प्रविनबहादुर पाडेले अडु सिटीमा भएको कार्यक्रमले नेपालको पर्यटन प्रवद्र्धनमा उत्साह थपेको बताए। 

‘ज्ञान आइल्यान्ड माल्दिभसको २२ सय टापुमध्ये एउटा हो । यहाँ २० हजार जनसंख्या छ । तर, पर्यटकीय हिसाबले अन्तर्राष्ट्रिय गुणस्तर पाइन्छ । यहाँ समुद्र र टापु मात्रै हो । हरेक खाद्य पदार्थ र आवश्यक स्रोत साधन बाहिरबाट आयातित गरिन्छ,’ उनले भने, ‘हामीले सिक्नुपर्छ । यस कार्यक्रमले नेपालको होटल र पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धन गरिएको छ । अन्तर्राष्ट्रिय कार्यक्रमले माल्दिभ्समा नेपाललाई थप चिनाएको छ।’ 

होटल अन्नपूर्णका असिस्टेन्ट मार्केटिङ म्यानेजर सुअर्पणा शाहीले माल्दिभ्समा भएको साउथ एसियन अवार्डले नेपालको पर्यटन प्रवद्र्धनमा नयाँ आयाम थपिएको बताइन् । ‘नेपालको होटल व्यवसायीलाई माल्दिभ्स पुग्न समस्या छ । सरकारले नेपालको हवाई उडान श्रीलंकासम्म जोड्ने हो भने मालेको पर्यटक नेपाल आउन कठिन छैन,’ ‘उनले भनिन्, ‘हवाई सुविधा नभएकै कारण दुवैमा पुगेर श्रीलंका हुँदै माल्दिभ्सको ज्ञान अन्तर्राष्ट्रिय विमानस्थल पुगे।’

उनका अनुसार माल्दिभ्समा भएको कार्यक्रमले नेपालको पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा ठोस कार्य भएको छ । तर, सरकारले हवाई कनेक्सनमा जोड दिनुपर्छ।

हिमालय एयरलायन्सकी उज्ज्वला दलीले नेपालको पर्यटन प्रवद्र्धनमा श्रीलंका र माल्दिभ्सको हवाई सेवा जोडिनुपर्ने बताइन् । ‘निजी क्षेत्रले भन्दा राज्यले यस क्षेत्रमा ध्यान दिने हो भने सम्भव छ । समुद्रमा रमाउने पर्यटक हिमाल देख्न चाहान्छ,’ उनले भनिन्, ‘अहिलेको हवाई सेवामा रहेका कमी कमजोरी सुधार्दै ‘ओटिपी’ को अवधारणा अनुसार काम गरियो भने सहजै हवाई ट्राफिक जाम कम हुन्छ । साथै आन्तरिक तथा अन्तर्राष्ट्रिय पर्यटकले दुःख पाउँदैन।’

होटल अन्नपूर्णले साउथ एसिया लिडिङ बिजनेस अवार्ड पाएको छ । अन्नपूर्णले लिडिङ एडभेन्चर होटल रिसोर्टमा नेपाल र साउथ यसियाकै प्रथम गोल्ड अवार्ड पाएको छ । अन्नपूर्णले लिडिङ हेरिटेज होटल÷प्यालेस अवार्डको साथै जगतपुर लज बाई अन्नपूर्णले पाएको छ।

होटल मलबेरीले न्यू होटल एन्ड बिजनेस अवार्डको साथै लक्जरी होटलको अवार्ड पाएको छ । यस्तै, होटल जंगल बाराहीले इको साउथ एसियन अवार्ड पाएको छ । यसले विभिन्न विधामा चारवटा अवार्ड पाएको हो। 

हिमालय एयरलायन्सलाई गोल्ड अवार्ड 
अवार्ड वितरण कार्यक्रममा साउथ एसियाको निजी क्षेत्रको एयरलायन्समा नेपालको हिमालय एयरलायन्सले गोल्ड अवार्ड पाएको छ । हिमालयले साउथ एसियन लिडिङ न्यू इन्टरनेसनल गोल्ड अवार्ड पाएको हो। 

नेपालबाट साउथ एसियन ट्राभल अवार्डमा २० वटा होटल मनोनयनमा परेका छन् । साना–ठूला गरेर पर्यटन उद्योगमा सेवा प्रदान गरिरहेका होटलहरु मनोनयनमा परेका थिए । प्रतिस्पर्धामा श्रीलंका, माल्दिभ्स, भारत, नेपाल र भुटानका पाँच सय होटलबीच प्रतिस्पर्धा भएको थियो। 

साउथ एसिया ट्राभल्स अवार्डका संयोजक स्माइल हमितले होटल व्यवसायीको अकुपेन्सी, प्रोपर्टी, सुविधाको आधारमा उक्त अवार्ड वितरण गरिएको बताए । उनका अनुसार विशेष गरी बुटिक होटल, सिटी होटल, बिजनेस होटल, लक्जरी होटल, होटल एन्ड स्पा लगायत २९ वटा विद्यामा मनोनयन भएको थियो। 

प्रकाशित: १३ कार्तिक २०७४ ०७:३८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App