पूर्वराष्ट्रपति बसेको घर खाली गराउन मुद्दा

सोमबार, ०६ असार २०७३, ०८ : २०

काठमाडौं- पूर्वराष्ट्रपति रामवरण यादव बस्दै आएको निवास यथासक्य चाडो खाली गराइदिन घरधनी रविभक्त बिष्टले सरकारविरुद्ध जिल्ला अदालत ललितपुरमा आइतबार मुद्दा दर्ता गरेका छन्। एमाले नेतृ विद्या भण्डारी राष्ट्रपतिमा निर्वाचित भएपछि कात्तिक १२ देखि राष्ट्रपति कार्यालयले सरकारी निवासका रुपमा ललितपुर, बागडोलमा रहेको बिष्टको घर पूर्वराष्ट्रपतिलाई सुरक्षा प्रवन्धसहित उपलब्ध गराएको थियो।

घरभाडाबापत मासिक १ लाख ३० हजार रुपैयाँ तिर्ने सहमति भए पनि हालसम्म रकम प्राप्त नभएको जनाउँदै बिष्टले पूर्वराष्ट्रपति यादव, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयलाई विपक्षी बनाई मुद्दा दर्ता गरेको अदालतका श्रेष्तेदार बाबुराम दाहालले जानकारी दिए।

'१५ दिनअघि नै फिराद परेको थियो तर नेपाल सरकार र घरबेटीबीच घरभाडा लिनेदिनेबारे आधार नभएपछि दर्ता भएको थिएन,' दाहालले भने, 'इजलासले दर्ता गर्ने आदेश दिएपछि सोमबार मुद्दा दर्ता भएको छ।' मुद्दामा सरकारबाट हालसम्मको घरबहाल, बत्ती, पानीलगायतको रकम भराई आफ्नो घर खाली गराइदिन माग गरिएको दाहालले जानकारी दिए।

पूर्वराष्ट्रपति यादव बस्दै आएको घरको भाडालगायत विद्युत र खानेपानी महसुलसमेेतको रकम राष्ट्रपति कार्यालयमार्फत भुक्तान हुनेगरी मन्त्रिपरिषदले चैत २६ मा निर्णय गरेको थियो। तर, राष्ट्रपति कार्यालयले घर भाडामा लिँदा गरेको सम्झौतापत्र नल्याएसम्म भुक्तानी नगर्ने जनाएको बिष्टले बताए। 





यसमा तपाईको मत

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad