५ वैशाख २०८१ बुधबार
राजनीति

पूर्व सांसदका विकास योजना रद्द गर्न आयोगको निर्देशन

काठमाडौं-  निर्वाचन आयोगले निवर्तमान सांसदहरुलाई निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यान्वयन गर्ने, नयाँ कार्यक्रम छनौट गर्ने, रकम निकासा गर्ने लगायतका काम नगर्न भनेको छ।

निर्वाचन आयोगको आइतबार बसेको बैठकले निर्वाचन आचारसंहिता विपरीत हुने गरी यस्ता काम नगर्न निर्देशन दिएको हो। आयोगले ति कार्यक्रमको अनुगमन गरी सोमबार भित्र प्रतिवेदन पठाउन समेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

व्यवस्थापिका संसदको कार्यकाल सकिएपछि तत्कालिन सांसदहरुको सिफारिस बमोजिम सञ्चालन हुने पूर्वाधार क्षेत्र विकास कार्यक्रम र निर्वाचन क्षेत्र विकास कार्यक्रम स्वत प्रभावित हुने आयोगले जनाएको छ।

सांसदहरुको पदावधि नरहेको अवस्थामा पूर्व सांसदहरुको नामबाट रकम खर्च गर्न नमिल्ने हुँदा सो कार्यक्रम अनुसारको रकम खर्च नगरी रोक्का राख्ने व्यवस्था मिलाउन स्थानीय विकासमन्त्रालय, ७७ जिल्लाका कोष तथा लेखा नियन्त्रक कार्यालय र जिल्ला समन्वय समितिलाई निर्देशन दिएको छ।

आयोगले पूर्व सांसदले सिफारिससाथ छनौट गरेका त्यस किसमिका योजना कार्यान्वयन नगर्न र छनौट भएका योजना रद्द गर्न भनेको छ। उक्त कार्यको अनुगमन गरी योजना रद्द भएको र कोलेनिकाबाट रकम रोक्का भएको सुनिश्चितता गरी सोमबार प्रतिवेदन पठाउन आयोगले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएको छ।

प्रकाशित: १२ कार्तिक २०७४ १४:१७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App