coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

शल्यक्रिया गर्दागर्दै सुत्केरीको ज्यान गयो

पवित्रकुमार शाही

कालिकोट– जिल्ला अस्पताल कालिकोटमा शल्यक्रिया गरेर बच्चा निकाल्न खोज्दा दाहाँ गाविसकी पूर्णकला चौलागाईंको ज्यान गएको छ। शल्यक्रियापछि अत्यधिक रगत बगेर शरीरमा रगतको अभाव हुदाँ चौलागाईंको ज्यान गएको अस्पतालले जनाएको छ।

सुत्केरी व्यथाले च्यापेपछि चौलागाईंलाई शनिबार बेलुका अस्पतालमा ल्याइएको थियो। अस्पतालमा ल्याइएकी चौलागाईंको आईतबार ११ बजे शल्यक्रिया भएको थियो। शल्यक्रियापछि अत्यधिक रक्तश्रावका कारण चौलागाईंको निधन भएको जिल्ला अस्पताल कालिकोटका प्रमुख डा. कौशल अलीले बताए। ‘शल्यक्रियाका क्रममा निकै रक्तश्राव भयो, १५ प्वाइन्ट रगत चढाए पनि रक्तश्राव नरोकिँदा मृत्यु भएको हो’ उनले भने।

शिशु भने स्वस्थ रहेको जिल्ला अस्पताल कालिकोटले जनाएको छ। अत्याधिक रक्तश्राव हुदाँ नेपाली सेना र नेपाल प्रहरीले रगतको व्यवस्था गरेको, रक्तश्राव नरोकिदाँ हेलिकप्टर मगाएर थप उपचारका लागि अन्यत्र लैजान खोज्दा हेलिकप्टर पनि नपाएको जिल्ला अस्पताल कालिकोटले जनाएको छ।

जिल्ला अस्पताल कालिकोटले आर्थिक वर्ष २०७२ र ०७३ मा ४८ महिलाको सफल शल्यक्रिया गरेर शिशुलाई निकालेको थियो। जिल्ला अस्पतालमा गरिएका सुत्केरी शल्यक्रिया मध्ये यो नै पहिलो दुःखद् घटना भएको डा. कौशल अलीले बताए।

 

प्रकाशित: १७ श्रावण २०७३ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App