coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक, साउन १९ गते निर्वाचन हुने

काठमाडौं- प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक भएको छ। कार्यतालिका अनुसार वुधबार साउन १९ गते प्रधानमन्त्रीको लागि व्यवस्थापिका संसदमा निर्वाचन हुनेछ।

मंगलबार बिहान ११ बजे देखि अपरान्ह ४ बजे सम्म उम्मेदवारी दर्ता गर्ने समय दिइएको छ। व्यवस्थापिका- संसदको कुनै सदस्यले आफुलाई नेपालको संविधानको धारा २९८ को उपधारा (३) बमोजिम प्रधानमन्त्रीमा निर्वाचित गरियोस् भनी उम्मेदवारी दर्ता गर्न सक्नेछन्।

कार्यतालिका अनुसार निर्धारित समय भित्र दर्ता भएका उम्मेदवारीको सूचनाको दर्ता क्रम अनुसार संसद सचिवालयले ४:३० मा सूची प्रकाशन गर्नेछ।

व्यवस्थापिका-संसदको बैठकमा सबै उम्मेदवारले सूचना प्रस्तुत गरेपछि प्रस्तावक र समर्थकले समर्थन गर्ने, सबै उम्मेदवारीको सूचनामाथि सामूहिक रुपमा छलफल हुने र सबै उम्मेदवारीलाई एकैसाथ निर्णयार्थ प्रस्तुत गरिने कार्यतालिका रहेको छ।

नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर नेपाली कांग्रेससँगको सहकार्यमा अविश्वासको प्रस्ताव प्रस्तुत गरेपछि प्रधानमन्त्री ओलीले राजनीनामा दिएका थिए।

यस्तो छ निर्वाचन कार्यतालिका:

प्रकाशित: १७ श्रावण २०७३ १०:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App