८ वैशाख २०८१ शनिबार
राजनीति

फोरम र राजपाबीच सिट बाँडफाँट

काठमाडाैँ – संघीय फोरम र राजपाले दुई नम्बर प्रदेशका ३२ क्षेत्रमा सिट बाँडफाँटको टुंगो लगाएका छन् । दुई दलका नेताहरूको शुक्रबार राति बसेको बैठकले प्रदेश २ मा संघीय फोरमलाई १७ र राजपालाई १५ सिट बाँडफाँट गरेको हो । राजपाका सहमहामन्त्री डा. सुरेन्द्र झाले फोरमले १७ र राजपाले १५ सिट बाँडफाँट गर्ने सहमति भएको बताए । उनका अनुसार प्रदेशसभामा भने राजपाले ३३ र फोरमले ३१ सिट पाउने सहमति भएको छ।

कांग्रेससँगको छलफलपछि दुवै पार्टीले आआफ्नो भागमा परेको सिट कांग्रेसलाई  छाड्ने सहमति पनि फोरम—राजपाका नेताहरूबीच भएको छ । कांग्रेसले भने फोरम—राजपाले मागेजस्तो ३२ सिटमा २४ सिट दिन नसकिने जनाएको छ। कांग्रेससँग  छलफल गरेपछि प्रत्यक्षतर्फ चुनाव लड्ने नेताहरूको नाम टुंगो लगाइने राजपाका वरिष्ठ उपाध्यक्ष वृषेशचन्द्र लालले बताए । उनले भने, ‘हामीबीच करिबकरिब सहमति भइसकेको छ । कांग्रेससँगको छलफलपछि अन्तिम टुंगो लाग्छ।’ 

फोरम र राजपा दुवै पक्षका नेताहरूले सप्तरी २ र महोत्तरी ३ मा दाबी गरेका छन् । बैठकमा फोरमका अध्यक्ष उपेन्द्र यादवले सप्तरी २ बाट आफंै चुनाव लड्ने भन्दै त्यो क्षेत्र फोरमले पाउनुपर्ने माग राखेका थिए ।   राजपाका नेताहरूले भने स्थानीय चुनावमा  सप्तरी २ मा राजपा विजयी भएको भन्दै सप्तरी २ छाड्न नसकिने अडान राखेका छन् । यसैगरी महोत्तरी ३ बाट राजपाबाट वृर्षेशचन्द्र लालले दाबी गरेका छन् । राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुर महोत्तरी ३ बाट चुनाव लड्ने सम्भावना रहेको राजपाका नेताहरूले बताएका छन् । राजपाले प्रत्यक्षतर्फ चुनाव लड्ने नेताहरूको प्रारम्भिक सूची यसअघि नै तयार गरिसकेको छ । सूचीमा अध्यक्षमण्डलका पाँच सदस्यसहित जितेन्द्र सोनाल, सरोज यादव, लक्ष्मणलाल कर्ण, राजकुमार लेखी, वृषेशचन्द्र लाललगायतका नेताहरूको नाम रहेको छ । फोरम नेपालले भने समानुपातिकको अन्तिम सूची टुंगो लागेपछि मात्र प्रत्यक्ष चुनाव लड्ने नेताहरूको नाम टुंगो लगाउने जनाएको छ।  

फोरमका महासचिव रामसाह यादवले समानुपातिमा कसकसलाई पठाउने भनी अन्तिम टुंगो लागिसकेपछि मात्र प्रत्यक्षमा चुनाव लड्ने नेताहरूको नाम टुंगो लाग्ने बताए ।  संघीय फोरममा समानुपातिकतर्फ प्रारम्भिक सूचीमा नाम सिफारिस गरिएका पार्टीका पदाधिकारीमाथि प्रत्यक्ष चुनाव लड्न दबाब बढेको छ । फोरमले समानुपातिकको अन्तिम सूची आइतबार निर्वाचन आयोगमा पठाउँदैछ । समानुपातिकको अन्तिम सूची टुंगो लगाउन शनिबार दिनभर फोरम र राजपाका दुवै नेताहरू छुट्टाछुट्टै  व्यस्त रहे।

यसैबीच कांग्रेसका नेताहरूले फोरम र राजपाले माग गरेजस्तो दुइ नम्बर प्रदेशमा २२ सिट दिन नसकिने बताएका छन् । फोरम र राजपाका नेताहरूले यसअघि दुई नम्बर प्रदेशमा दुई सिट माग गरेका थिए।  

कांग्रेसका नेता रमेश रिजालले फोरम र राजपालाई उनीहरूले माग गरेजस्तो २२ सिट दिन नसकिने प्रस्ट पारे । उनले भने, ‘फोरम र राजपाका नेताहरूले माग गरेजस्तो २४ सिट या २२ सिट दिन सक्दैनौं। 

 

प्रकाशित: १२ कार्तिक २०७४ ०२:४७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App