८ वैशाख २०८१ शनिबार
राजनीति

तानाशाही लाद्‍न वाम गठबन्धन: प्रधानमन्त्री

पोखरामा शनिबार आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवा। तस्बिरः उमेश पुन

पोखरा-कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम दलहरुले गरेको गठबन्धन राष्ट्रका विरुद्ध रहेको आरोप लगाएका छन्। राष्ट्रियता कमजोर पार्ने षडयन्त्र सहित बाम गठबन्धन भएको उनले बताए।

पोखरामा शनिबार विभिन्न दलका नेता तथा कार्यकर्ता कांग्रेसमा प्रवेश गराउन आयोजित कार्यक्रममा देउवाले राष्ट्रियता कमजोर पार्ने प्रयास बाम दलहरुले गरिरहेको बताए ।

‘डर, त्रास र एकदलीय तानाशाही शासन लाद्नका लागि गठबन्धन भएको हो,’ देउवाले भने, ‘निरंकुश शासन लाद्ने प्रयास भईरहेको छ। गठबन्धन राष्ट्रका विरुद्ध हो ।’ बाम दलहरुको गठबन्धनले मुलुकमा डर, त्रास निम्त्याउन थालेको उनले बताए । गठबन्धन  कांग्रेस विरुद्ध रहेको पनि उनले बताए । ‘गठबन्धनले देशमा डर, त्रासको शासन गराउँदैछ,’ उनले भने, ‘त्यो डरत्रास बाट मुलुकलाई मुक्त बनाउन कांग्रेसले आगामि निर्वाचनमा जित्नैपर्छ ।’

कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले बाम दलहरुले गठबन्धन गरेर लोकतन्त्रको घोडा चढ्न खोजेको आरोप लगाए । उनले अहिलेको लडाई लोकतन्त्र र साम्यबादीबीचको रहेको बताए । ‘अब हुने निर्वाचन प्रजातन्त्र र साम्यवादीबीचको हो, स्वतन्त्रता र अधिनायकबीचको लडाई हो,’ पौडेलले भने, ‘अहिलेको चुनाप पार्टीबीचको भन्दा पनि सिद्धान्तबीचको हो ।’

अखण्ड नेपाल पार्टी कांग्रेसमा

निर्वाचनको तिथि नजिकिँदै गएपछि अखण्ड नेपाल पार्टी कांग्रेसमा मिसिएको छ । केन्द्रीय अध्यक्ष कुमार खड्का सहितका पदाधिकारीलाई शनिबार कांग्रेस सभापति देउवाले सदस्यता दिलाए । अखण्डका ५७ जिल्ला कार्यसमिति सहित सबै नेता कार्यकर्ता अब कांग्रेसमा मिसिएको अध्यक्ष खड्काले बताए ।

राप्रपा नेता केसी कांग्रेसमा

राप्रपाका नेता तथा यहाँका उद्यमी र समाजसेवी समेत रहेका सुर्यबहादुर केसी पनि शनिबार कांग्रेस प्रवेश गरेका छन् । उनले केही दिन अघि नै पोखरामा पत्रकार सम्मेलन गर्दै प्रजातान्त्रिक गठबन्धनलाई सघाउने घोषणा गरेका थिए । शनिबार कांग्रेस प्रवेश गरेपछि केसीले कुन कित्तामा जाने भनेर अनिर्णयको बन्दी भएर ब्बस्न नसकेपछि कित्ता क्लियर गरेको बताए।

 

प्रकाशित: ११ कार्तिक २०७४ १०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App