१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

धादिङ बस दुर्घटनामा मृतकको संख्या ३० पुग्यो (अपडेट)

धादिङ- त्रिशुली नदीमा भएको वस दुर्घटनामा मृत्यु हुनेको संख्या ३० पुगेको छ। मृतक मध्ये ९ जना महिला र ११ जना पुरुष ६ जना बालक र ३ जना बालिका रहेको धादिङ प्रहरी उपरीक्षक धुव्रराज राउतले जानकारी दिए। मृतक मध्ये १२ जनाको सनाखत भएको छ।

सप्तरीको राजविराजबाट काठमाडौं जाँदै गरेको ना ६ ख १४६७ नम्बरको बस शनिबार बिहान धादिङको गजुरी गाउँपालिका वडा नं ५ बांगेमोडस्थित त्रिशुली नदीमा खसेको थियो। 

दुर्घटनामा मृत्यु हुने मध्ये १२ जनाको सनाखत भएको छ। सनाखत हुनेहरुमा सप्तरी जिल्ला तिलाठी ३ निबासी ३५ वर्षिय सिमी कुमारी झा, सिराहा न.पा ८ गोलबजारका ५० वर्षिय रामकुमार यादव, सप्तरी जिल्ला देउरीमरुवा न.पा १५ का सहचालक १८ वर्षिय नरेश मुखिया, सप्तरी जिल्ला बोधेवरसाई न.पा ३ का १५ वर्षिय चन्दरेखा प्रमाणी, सप्तरी जिल्ला राजविराज न.पा. १६ का ७४ वर्षिय चन्द्रवती झा रहेका छन्। त्यस्तै सप्तरी जिल्ला तिलाठी गाउँपालिका १ का ३३ वर्षिय मन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका २५ वर्षिय पार्वती चौधरी, सप्तरी जिल्ला  बोधेवरसाई न.पा २ का ६ वर्षिय आदित्य यादव, सप्तरी जिल्ला तिलाठी ३ का ३८ वर्षिय सन्जित कुमार झा, सप्तरी जिल्ला नेरेयाका ३ बर्षिय सुशान चौधरी, सप्तरी जिल्ला नेरेया गाउँपालिका ३ का २४ वर्षिय रमानन्द यादव र भारतको मधुवनी जिल्ला विहार निवासी २९ वर्षिय ममतादेबी ठाकुर रहेको राउतले जानकारी दिए।

दुर्घटना स्थलबाट १६ जना घाइतेलाई उद्दार गरिएको छ। घाइतेहरु मध्ये २ जनालाई उपचारका लागि काठमाडौँ पठाइएको छ भने १४ जनाको गजुरी अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनास्थलमा उद्दार कार्य जारी छ।

 

प्रकाशित: ११ कार्तिक २०७४ १०:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App