८ वैशाख २०८१ शनिबार
अन्य

हजुरबाको पूजाथान

हजुरबाको छुट्टै पूजाथान थियो, अत्यन्त व्यवस्थित । त्यहाँ ओरिजिनल एउटा शंख थियो । घन्टा थियो । डमरु थियो । र, कालाकाला शालिग्राम थिए । बिहान सधैँ शालिग्राम र अन्य स–साना मूर्तिलाई तामाको थालीमा राखेर ‘हरहर गंगे’ भन्दै नुहाइदिनुहुन्थ्यो । कसैका शिल्पी हातले बुनेको मकैको खोस्टाको चोखो चकटी थियो । चकटी अन्यत्र कतै प्रयोग गर्न सख्त मनाही थियो । पूजाथानमा प्रवेशाज्ञा कसैलाई थिएन । हजुरबाको स्पष्ट नीति र नियम थियो । पूजाथानको सार्वभौमसत्ता हजुरबामा निहित थियो।

घर बनाउँदै राखिएका पूजाका सामान झुन्ड्याउने काठका गर्भे ‘ह्यांगर’ थिए । ह्यांगरमा रङरङका झोलीतुम्बा झुन्ड्याइएका थिए । तिनमा अनेक खजाना थिए, भगवानका लागि । प्रसाद भनौँ वा नैवेद्य । हजुरबाको पूजाथान सधैँ सफा हुन्थ्यो । बिहान सानो झ्यालबाट थोरैथोरै सूर्यरश्मि भित्र छिथ्र्यो । त्यसले पूजाथानलाई प्रकाशित पार्न सक्दैनथ्यो। बेलुका झम्के साँझमा हजुरबा पूजा थानमा बस्नुहुन्थ्यो । पूजा थानछेउको अग्लो आँटीमा दियालो बल्थ्यो । त्यसैको दीपमा हजुरबाको पूजाथान प्रदीप्त बन्थ्यो । अँध्यारो कुनाको पूजाथानको रौनक बिहानभन्दा बेलुका सुन्दर देखिन्थ्यो। 

प्रशन्न मुद्रामा रुद्राक्षको मालाका गेडा गन्दै आधा घन्टा चुपचाप बस्नुहुन्थ्यो । अर्को १५ मिनेट सेता आँखा पल्टाएर ध्यान गर्नुहुन्थ्यो । त्यसपछि डमरु–घन्टा बजाएर ईश्वरभक्तिका अनेक गाथाको संगीतमय वाचन गर्नुहुन्थ्यो । गाला फुलाएर शंख फुक्नुहुन्थ्यो । लाग्थ्यो, त्यो शंखनादले घरका सारा अनिष्ट दूर हुन्थे । बिहान ७ बजे पूजाथान पसेको मान्छे, भात सेलाएर हिउँ बन्दा पनि हजुरबाको ‘भगवतभक्ति’ सकिँदैनथ्यो ।

अनेक थरीका पूmलले हजुरबाको पूजाथान सजिएको हुन्थ्यो । गाउँमै तयार पारिएको माटोको धुपौरो थियो । धुपौरो समात्ने ‘गर्भे ह्यान्डिल’ थियो । हजुरबा हजुरआमालाई धुपौरामा अगेनुबाट कोइला हाल्न आदेश दिनुहुन्थ्यो । धुपौराको भर्भराउँदो कोइलामा घिउको धूप हालेपछि पूजाथान धुवाँमय मात्र हुँदैनथ्यो, बास्नाले मगमगाउँथ्यो पनि । म त्यो बास्ना हातले आपूmतिर सोहोर्न खोज्थेँ । र, मेरो घ्राण क्षमताले भ्याएसम्म सुँघ्थेँ । मलाई घिउको धूपको बास्ना अत्यन्त मनपथ्र्यो । हजुरआमाले खरानीमा मोल्दै कातेका कपासका बत्तीलाई हजुरबा घिउमा डुबाउनुहुन्थ्यो । दियालोमै सल्काएर ती बत्ती धुपौरोमा राख्नुहुन्थ्यो । र, पूजाथान घुमाएर आरती गर्नुहुन्थ्यो । गाउँमा कपास नपाउँदा सिरुको बत्तीले पनि काम चल्थ्यो।

हजुरबा पूजाका लागि दुई घन्टाजति खर्चनुहुन्थ्यो । मृगचर्ममा पलेँटी कसेर बसेपछि सायद उहाँको चेतन मन यो पृथ्वीलोकमा कतै बस्दैनथ्यो । प्रशन्न मुद्रामा रुद्राक्षको मालाका गेडा गन्दै आधा घन्टा चुपचाप बस्नुहुन्थ्यो । अर्को १५ मिनेट सेता आँखा पल्टाएर ध्यान गर्नुहुन्थ्यो । त्यसपछि डमरु–घन्टा बजाएर ईश्वरभक्तिका अनेक गाथाको संगीतमय वाचन गर्नुहुन्थ्यो । गाला फुलाएर शंख फुक्नुहुन्थ्यो । लाग्थ्यो, त्यो शंखनादले घरका सारा अनिष्ट दूर हुन्थे । बिहान ७ बजे पूजाथान पसेको मान्छे, भात सेलाएर हिउँ बन्दा पनि हजुरबाको ‘भगवतभक्ति’ सकिँदैनथ्यो । पूजा थानको ध्यान सकेर हजुरबा आँगनमा जानुहुन्थ्यो । पूर्वदिशातिर फर्केर हातका औँलाका अनेकअनेक आकारका प्वाँल बनाएर तिनै प्वाँलबाट घाम हेर्नुहुन्थ्यो । ‘हजुरबाले हातका अनेक मुद्रा बनाएर घामलाई किन हेरेको होला ? सोभैm हेरे पनि हुने नि !’ म सोच्थेँ । 
हजुरबाले पूजा सक्नुहोला र मलाई नैवेद्य दिनुहोला भनेर म मुख मिठ्याई बसेको हुन्थेँ । पूजामा लीन भएका बेला हजुरबा कोहीसँग बोल्नुहुन्नथ्यो, घरमा जोसुकै आओस्, जाओस् । हजुरबाको पूजा कहिल्यै भंग हुँदैनथ्यो । दुइटा ह्यांगरमाथि एउटा फलेक अड्याइएको थियो । फलेकमाथि स–साना टिनका बट्टामा खै केके जिनिस थिए, ती जिनिस मैले हेर्न पाइनँ। 
हजुरबाको सुत्ने कोठा एकदमै सफा थियो । साँगुरो भए पनि अत्यन्त व्यवस्थित । डसना, सिरक र तकियाकामा कतै सानो दाग पनि देखिँदैनथ्यो । बिरलै मानिसलाई हजुरबाको कोठामा पस्ने र खाटमा बस्ने इजाजत थियो । त्यस्तो इजाजत पाउने बिरलैभित्र म पर्थें । हजुरबाका लगाउने लुगा टिलिक्क टल्किने हुन्थे । अरूका हजुरबाले कुन जातको लुगा लगाएका थिए, लुगाको जातै छुट्टयाउन गाह्रो पथ्र्यो । नुवाउनु, धुवाउनु त परै जाओस् । परैबाट ठसठस्ती गनाउथे, अरूहरूका हजुरबाहरू । मेरा र अरूका हजुरबाको तुलना गर्थें म । आफ्नो हजुरबा सफा भएकामा मख्ख पनि पर्थें । 

सुत्ने कोठामा पनि पूजाथानको जस्तै एउटा मात्रै फलेकको ¥याक थियो । त्यो र्‍याकमा टन्नै किताब थिए । महाभारत, रामायण, देवीभागवत, रुद्री, चण्डी, स्वस्थानी कथा, निर्णय सिन्धु, कृष्ण चरित्रलगायत अरू कति कति ! कर्मकाण्डका अरू किताब पुरेतका घरमा हुने नै भए ।  
मावलमा ठूलो वर्णमालाको थोत्रो एउटा पुस्तक थियो । ‘क’ कछुवा, ‘ख’ खरायोका पाना उडिसकेका थिए । कतिवटा मामाले पढिभ्याएका होलान् त्यो वर्णमाला ! मात्रा लागेका सबै अक्षर पढ्न र लेख्न जान्ने भइसकेको थिएँ । हजुरबा मलाई ‘नाति, यति पढेर सक है !’ भनेर पूजातिर लाग्नुहुन्थ्यो। 

हजुरबा ईश्वर भक्तिमा लीन भएका बखत म त्यही पुस्तक पढिरहेको हुन्थेँ । एकदिन भेटियो, ‘मुसाको ब्वारी बिरालो ।’ म मच्चिइमच्चिई ‘मुसाको ब्वारी बिरालो’ पढ्दै थिएँ । सोच्थेँ, ‘हैन, कसरी बिरालो मुसाको बुहारी हुन सक्छ ? के भनेको होला यो ! म बौलाएँ कि किताब बौलायो ?’ 

मैले पढेको हजुरबाले सुन्नुभएको रहेछ । न्यासध्यान सकेपछि हजुरबाले मलाई पुनः ‘मुसाको ब्वारी बिरालो’ पढ् भन्नुभयो । पढेँ, ‘मुसाको ब्वारी बिरालो ।’ हजुरबाले भन्नुभयो, ‘नाति, रामरी हेरेर पढ न ।’ हेर्न त हेरेँ नि ! तर, ‘मुसाको ब्वारी बिरालो’ नै देखेँ । हजुरबाले हाँस्दै भन्नुभयो, ‘बाबु मुसाको ब्वारी बिरालो हैन क्या ! मुसाको वैरी बिरालो ।’ अलमल्ल परेँ । ‘खुबै चिनिछस् तैँले अक्षर !’ मैले आफैँलाई लोप्पा ख्वाएँ । हजुरबालाई सुनाउन पढेको, अक्षरै राम्ररी खुट्टयाउन सकेको रहेनछु । लाज लाग्यो । लाजले मेरा गाला ताता भए। 

अर्को दिन त्यही पुस्तकमा अंक चिनाउने पाना पल्टाएँ । ‘दुईदेखि १० सम्मको पहाड’ पढ्न लागेँ । ‘अंकको पनि पहाड हुन्छ ?’ त्यसले मेरो कलिलो मगज मजाले रिँगायो । म अचम्ममा परेँ । ध्यान सकिएपछि हजुरबाले भन्नुभयो, ‘तिमीले ‘पहाडा’ लाई ‘पहाड’ भनेर पढेका छौ । पहाडा भनेको दुनोट हो नाति ! अक्षर राम्ररी चिनेर पढ्नुपर्छ है !’ पहाडालाई पहाड पढेर म हजुरबाको अगाडि अर्कोपटक फेल भइसकेँछु । हजुरबा मेरा अक्षरगुरु बन्नुभयो । 

लगातार १४ महिना थलिएर मावली हजुरबा जिन्दगीको अन्तिम–अन्तिम पल गन्दै हुनुहुन्थ्यो । उहाँको अन्त्यदान हुँदै थियो । टुलुटुलु एकोहोरो आँखा दलिनतिर सोझिएका थिए । हात माथि उठ्न छाडेका थिए । गलित गलित र थकित थकित उहाँ जीवनको बहीखाता आफ्नै प्यारो ईश्वरको इजलासमा बुझाउँदै हुनुहुन्थ्यो । हजुरबा अत्यन्तै ईश्वरप्रेमी हुनुहुन्थ्यो । जीवनभर ईश्वर निष्ठामा वफादार मेरा हजुरबालाई खै, त्यही ईश्वरले कता डोर्‍याउँदै थियो ! एक प्रकारले लासै भइसकेको हजुरबाको अनुहारमा परैबाट हेरेँ । मुस्किलले सास तानिरहनुभएको थियो। 

सानामा मलाई देख्नेबित्तिकै ‘नाति, आयौ ? आऊ यता बस ।’ भन्दै ज्वारीकोटको गोजीबाट मिठाई झिकेर दिनुहुन्थ्यो हजुरबा । टाढा कतै हजुरबालाई देखेँ भने मेरो जिब्रो रसाइहाल्थ्यो । मलाई जति माया अरू नातिनातिनालाई गर्नुहुन्नथ्यो जस्तो लाग्थ्यो । थला पर्नु अघिसम्म हजुरबा पुरानो ट्यांकाबाट नरिवल र मिस्री झिक्नुहुन्थ्यो । र, प्रेमसाथ मलाई दिनुहुन्थ्यो । बूढा हजुरबालाई भेट्न जाँदा मैले कोसेली लिएर जानुपर्ने हो नि ! तर उहाँ नै मलाई ‘सानु नाति’ सम्झेर ‘मिठाई’ दिनुहुन्थ्यो।

हजुरबा लामो थकाइ मेट्दै हुनुहुन्थ्यो । जिन्दगीभरको थकाइ । सांसारिक खेलबाट निवृत्त हुने उपक्रममा हुनुहुन्थ्यो उहाँ । छिनमा छोटोछोटो र छिनमै अनियन्त्रित सास फेराइले उहाँले अब यो संसार छिटै छाड्दै हुनुहुन्छ भन्ने अनुमान लगाउन गाह्रो थिएन । मलाई देख्नेबित्तिकै उत्सुक भएर नयाँनयाँ कुरा सोध्ने हजुरबा भयानक मौनतामा हुनुहुन्थ्यो । 
छेउमा हजुरआमा अँध्यारिएर बस्नुभएको थियो । हजुरबाका निस्तेज आँखा कहिले हजुरआमातिर सोझिन्थे, कहिले अरूतिर । के भन्न खोज्नुभएको हो, अन्दाज लगाउन सकिने थिएन । कोही भन्थे, ‘पानी मागेको हो कि ? चम्चाले चुहाइदिनु त ।’ हजुरआमा चम्चाले थोरै पानी ओठमा राखिदिनुहुन्थ्यो । प्रतिक्रियाविहीन हजुरबाको ओठबाट पानी चिउँडो हुँदै घाँटीतिर झथ्र्यो । हजुरबाले चेतनजगत् शनैःशनैः छाड्दै हुनुहुन्थ्यो । तैपनि उहाँको अनुहारले केही मागिरहेझैँ लाग्थ्यो।  

हजुरबाको अन्त्यदान क्रिया सकियो । नुनदेखि सुनसम्मका दान थापेर बाहुनहरू बाटो लागे । छेउमा गएर हजुरबालाई हेरेँ । अँ हँ, चिन्नुभएन । उहाँ आकाशमार्ग हुँदै उपल्लो थानमा जानका लागि यो मत्र्यलोक छाड्दै हुनुहुन्थ्यो । उहाँलाई अब पृथ्वीलोकका उबडखाबड र उकालोओरालो बाटो हिँड्नु थिएन । कसैको मायामा कसैलाई पर्खनु पनि थिएन । उहाँलाई जानु थियो, ‘उसपार’ । अड्किएको कफले घाँटीमा एकतमासको ख्यारख्यार थियो । त्यो पनि अत्यन्त कमजोर र झिनो बन्दै गएको थियो । हजुरबालाई सुताइएको सीधामाथि उहाँको पुरानो ज्वारीकोट झुन्डिएको थियो । पुरानो भए पनि त्यो अत्यन्तै सफा थियो । त्यसैमा हरबखत हजुरबा मिठाई राख्नुहुन्थ्यो । मलाई दिइहाल्नुहुन्थ्यो । सायद त्यो ज्वारीकोट मभन्दा निकै जेठो थियो । हजुरबाले टेक्ने लौरो ठीकमाथि दलिनमा सिउरिएको थियो । ‘अब तिम्रो मेरो सम्बन्ध टुट्न लाग्यो । जाऊ, तिमी जाऊ । मैले तिमीलाई कहीँकतै धोखा पनि दिएको हुँला । मप्रति कुनै गुनासो छ भने पनि सबै बिर्सेर जाऊ ।’ त्यो लौरो पनि सोच्दै थियो कि ! 

हजुरबाको नाम पुण्यप्रसाद, थर पौडेल । हजुरबाका दुवै गोडा पोलियोले केटाकेटीमै कुँज्याएको रहेछ । उहाँको अनुपस्थितिमा कोहीकोहीले नाम नभनेर ‘खोल्टे बाहुन’ भनिदिन्थे । मलाई एक्लै चिनाउनुपर्दा ‘खोल्टे बाहुनकी माइली छोरीको छोरो क्या !’ भनेर परिचय गराउँथे । सुन्दा मेरो रिसको पारो निकै माथि उक्लन्थ्यो । रिस उठेर के गर्नुथ्यो र म फुच्चेले ! 

विनालौरो एक पाइला पनि सार्न सक्नुहुन्नथ्यो हजुरबा । नजिकैको सामान समात्नुपर्दा भित्तो समातेर एक–दुई पाइला सार्नुहुन्थ्यो, बहुतै कष्टले । जता जाँदा पनि हजुरबासँग एउटा लौरो हुन्थ्यो । लौरो निकै मोटो थियो । भुइँतिर टेक्ने टुप्पामा फलामको काँजो राखिएको थियो । त्यसले लौरो फुट्न वा घोटिन पाउँदैनथ्यो । वर्षौंसम्म हजुरबाको उही लौरो थियो। लौरोको सहारा पाएपछि हजुरबालाई सामान्य हिँडाइले भेट्न सकिँदैनथ्यो । डेढ कोश टाढाबाट जजमानी गरी बेलुका पोको च्यापेर घरै आइपुग्नुहुन्थ्यो।

घाँस काट्न, भारी बोक्न र खेतीकिसानीको काम गर्न हजुरबाको शरीरले नदिए पनि दाउरा भने मजाले चिर्नुहुन्थ्यो । गोडा परपर राखेर मुढामा दम पर्ने गरी हान्नुहुन्थ्यो । एकदिन बिहान हजुरबा दाउरा चिर्दै हुनुहुन्थ्यो । हजुरबाले मुढा फर्लकफर्लक पारेको देख्दा मलाई पनि दाउरा चिर्न रहर लाग्यो । बन्चरो छाडेर हजुरबाभित्र पसेका बेला पारी म दाउरा चिर्न लागेँ । जति बल लगाए पनि दाउराको आँख्लो चिर्न सकिनँ । बाहिर निस्केर हजुरबाले भन्नुभयो, ‘नाति, दाउराको आँख्लो चिर्न आँख्लैमा हान्नुपर्छ, नत्र चिरिँदैन ।’ हजुरबाले मेरो हातबाट बन्चरो लिनुभयो र दाउराको आँख्लोमा हान्न लाग्नुभयो । हजुरबाले तीन–चारचोटि बन्चरोले बजाएपछि आँख्लो चिरियो । थाह पाएँ, दाउराको आँखा छुट्ट्याउन बन्चराले आँखैमा हान्नुपर्छ।  

अन्त्य दानको भोलिपल्टै ०६७ माघ ३ गते हजुरबा बित्नुभो । हजुरबाको ७९ वर्षे लामो जीवनयात्रा सकियो । तामाकोसीमा हजुरबाको दाह संस्कार सकेपछि सोभैm मावल गएँ । मावली मावलीजस्तो थिएन, फुंग उडेको थियो । हजुरबाको पूजाथान भएको ठाउँमा गएँ । त्यो ठाउँसित मेरो अत्यन्त निकटको सम्बन्ध थियो । अहिले त्यहाँ पूजाचौका थिएन। डमरु, घन्ट, चकटी, मृगचर्म केही थिएन । मैले ‘मुसाको ब्वारी बिरालो’ भनेर पटकपटक पढेको मूल ओछ्यानको नामोनिसान थिएन । ‘पहाडा’ लाई ‘पहाड’ देखेको आँटीरूपी पहाड पनि ढलेको थियो । खनेर सबैसम्मै बनाइसकेछन् । त्यही ठाउँमा मामा कोरा बस्नका लागि पराल हालिसकेछन् । वरिपरि भाटाको बार हालिसकेछन् । मन एकतमासको भयो।

भक्कानिएर आयो । आँखा चिम्लिएँ । मेरो चेतन मन एकछिनका लागि मबाट अलग्गियो । अवचेतनमा देखेँ– हजुरबा त्यही ठाउँमा ध्यानस्थ हुनुहुन्थ्यो । रुद्राक्षमालाको गेडा गनिरहनुभएको थियो । म ‘मुसाको ब्वारी बिरालो’ भनेर पुरानो वर्णमालाको जीर्ण पुस्तक पढिरहेको थिएँ । ध्यानमुद्राबाट सामान्य मुद्रामा प्रकट भएर हजुरबाले भन्नुभयो, ‘मुसाको ब्वारी बिरालो हैन नाति । मुसाको वैरी बिरालो हो ।’ मैले हजुरबाले भनेझैँ सच्याएर पढेँ ।

प्रकाशित: ११ कार्तिक २०७४ ०५:४६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App