८ वैशाख २०८१ शनिबार
राजनीति

'प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भइसक्यो'

काठमाडौं– प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले  प्रतिनिधिसभा र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र छपाइ सुरु भएको बताएका छन्। 

उनले समानुपातिको मतपत्र छापिइसकेको र प्रत्यक्षतर्फको मतपत्र छाप्न शुक्रबार सुरु भएको जानकारी दिए । चुनाव निर्धारित मितिमा हुनेमा आशंका नगर्न पनि उनले आग्रह गरे। 

उनले प्रतिनिधिसभा र प्रदेशसभाका लागि दुईवटा मतपत्र हुने बताए । रिपोर्टर्स क्लबले शुक्रबार आयोजना गरेको कार्यक्रममा उनले भने, ‘प्रत्यक्षमा पहिलो ‘क’ खण्डमा प्रदेशसभा र ‘ख’ खण्डमा प्रतिनिधिसभाको मतपत्र हुन्छ, त्यसैले यसलाई दुईवटै मतपत्रका रुपमा लिन सकिन्छ।’ 

मतपत्रका बारेमा सर्वोच्च अदालतले गरेको फैसलालाई आयोगले सम्मान गर्ने भन्दै उनले अदालतको आदेश आयोगले औपचारिक रूपमा  नपाएको स्पष्ट पारे ।  उनले भने, ‘मतपत्रको बारेमा सर्वाेच्च अदालतबाट भएको आदेशलाई सम्मान गर्दै आयोग पूर्वनिर्धारित कार्यक्रमअनुसार  अघि बढ्छ । चुनाव कसैले रोक्न सक्दैन, निर्वाचन आयोग चुनाव गराएरै छोड्छ ।’ मंसिर १० र २१ गते हुने निर्वाचनका लागि उच्च स्तरको सुरक्षा प्रबन्ध भएको समेत उनले बताए।

 

प्रकाशित: ११ कार्तिक २०७४ ०२:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App