८ वैशाख २०८१ शनिबार
राजनीति

वाम गठबन्धनबाट कांग्रेसलाई  एकजुट हुन प्रेरणा : देउवा

फाइल फोटो

काठमाडौं – नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वाम गठबन्धन नेपाली कांग्रसका लागि चुनौती मात्र नभई अवसर पनि भएको बताएका छन्।

चुनाव प्रचारका लागि तरुण दलले बनाएको गीति एल्बम शुक्रबार विमोचन गर्दै देउवाले मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनमा कांग्रेस विजयी हुने दाबी गरे । उनले भने, ‘वाम गठबन्धनलाई हामीले चुनौतीका रूपमा मात्र नभई अवसरका रूपमा पनि लिनुपर्छ ।’ उनले वाम गठबन्धनको डटेर मुकाबिला गर्न कार्यकर्तालाई आग्रह गरे । वाम गठबन्धनले कांग्रेस नेताकार्यकर्तालाई एकजुट भएर निर्वाचनमा होमिन बाध्य पारेको छ।

कार्यक्रममा कांग्रेस नेता रामचन्द्र पौडेलले वाम गठबन्धनका कारण लोकतन्त्र खतरामा परेको बताए । वाम गठबन्धनबाट नेपाली जनता सचेत हुनुपर्ने उनको भनाइ थियो।

कांग्रेस महामन्त्री शशांक कोइरालाले चुनावमा कांग्रेसलाई जिताउन पार्टी कार्यकर्ता गाउँगाउँमा सक्रिय हुनुपर्ने बताए । 
तरुण दलका अध्यक्ष जितजंग बस्नेतले प्रत्येक बुथमा कम्तीमा ३५ जना तरुण कार्यकर्ता खटाइने बताए । कार्यक्रममा चुनाव प्रचारका लागि तरुण दलले तयार पारेको गीत सुनाइएको थियो।

प्रकाशित: ११ कार्तिक २०७४ ०१:५५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App