coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

नयाँ शक्तिको प्रतिवद्धतापत्र सार्वजनिक, आर्थिक विकास र समृद्धि मुख्य नारा

काठमाडौं- नयाँ शक्ति पार्टी, नेपालले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको लागि  प्रतिवद्धताहरु सार्वजनिक गरेको छ। राजधानीमा एक पत्रकार सम्मेलन गर्दै पार्टीले अर्थिक विकास र समृद्धिको नारा सहितको प्रतिवद्धतापत्र सार्वजनिक गर्‍यो।

पार्टीले समृद्धिका लागि पाँच वर्षे लक्ष्य राखेको छ। उसले आगामी ५ वर्ष सम्ममा आम गरिवीको अन्त्य गर्दै मुलुकलाई विकासशील मुलुकमा स्तरोन्नती गर्ने, आगामी १५ वर्ष सम्ममा दीगो विकासका लक्ष्यहरु हासिल गर्दै नेपाली जनताको जीवनस्तरलाई विश्वका मध्यम आय भएको मुलुकको दर्जामा पुर्‍याउने र वेरोजगारीको अनत्य गर्ने, आगामी २५ सम्ममा मुलुकलाई विकासको उन्नत तथा उच्चस्तरमा पुर्‍याई विश्वका उच्च आय भएको अवस्थामा देशलाई पर्‍याउने लक्ष्य राखेको छ।

नयाँ शक्तिले संघीय स्तरबाट विकास गरिने रणनैतिक महत्वका योजनाहरु पनि सार्वजनिक गरेको छ। उर्जा, सडक, रेलमार्ग, हवाइ तथा जलमार्ग, केवलकार, हिमाली वृहद पदमार्ग, सिँचाइ, विशेष औद्योगिक क्षेत्र, खानी उद्योग, विज्ञान तथा अन्वेषण र मुलुकको सूचना सुरक्षा लागि एक भू-उपग्रह अन्तरिक्षमा सञ्चालन गर्ने सम्मका लक्ष्य राखेको छ।

उसले आफ्नो प्रतिवद्धतापत्रमा ७ प्रदेशका प्रमुख योजनाहरु पनि सार्वजनिक गरेको छ। आधुनिक कृषि प्रणालीको विकास, औद्योगिक विकास, स्वास्थ्य, शिक्षा लगायतका विषमा पनि योजना बनाएको छ। पार्टीको प्रतिवद्धतापत्रमा सहरी विकासदेखि शहीद परिवार, दलित, अल्पसंख्यक, शारीरिक अपाङगता भएका समुदाय सम्मका योजना छन्। भूकम्पपछिको पुननिर्माण र विपद् व्यवस्थापन सम्वन्धी विशेष योजना समेत पार्टीले बनाएको छ। पार्टीले चुनावी नारा समेत सार्वजनिक गरेको छ। 'सबैका लागि समृद्धि, सबैलाई सम्मान, राज्यसत्ताका सबै तहमा सबैको पहुँच समान' भन्ने चुनावी नारा समेत दिएको छ। नयाँ शक्तिक आँखा चुनाव चिन्ह लिँदै निर्वाचनमा सहभागि छ।

प्रकाशित: १० कार्तिक २०७४ ११:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App