coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

झापामा तनाब, प्रहरीले गोली चलाउँदा एकको मृत्यु

झापा-  झापाको बिर्तामोडमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएको छ। प्रहरीको गोली लगि अर्जुनधारा ११ का नवराज थापाको मृत्यु भएको हो। इलाका कार्यालय विर्तामोडमा तोडफोड गर्न थालेपछि प्रहरीले गोली चलाएको थियो। प्रहरीको गोली लागि १० जनाभन्दा बढी घाइते भएका छन् । झापामा दिउँसो १: ३० बजेदेखि अर्को आदेश जारी नभएसम्मका लागि कर्फ्यु आदेश जारी गरेको थियो।

अर्जुनधारा नगरपालिका– ११ का ११ वर्षीय लक्ष्मण सिवाकोटीको हत्यारालाई कानूनी कारवाहीको माग गर्दै विर्तामोडमा स्थानीयवासीले प्रदर्शन गरेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारि गरेको थियो।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा– ११ का शिवाकोटीको शव त्यसको भोलिपल्ट विर्तामोड– १ वैसावाडी स्थित झाडीमा फेला परेको थियो। विर्तामोड– ५ का सुरेश पोखरेललगायतले हत्या गरेको भन्दै मृतकका काका विष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए।
प्रहरीले आरोपितलाई कारबाहीको दायरामा नल्याएको भन्दै मृतक शिवाकोटीका आफन्त तथा स्थानीयवासीले आज विर्तामोड बन्द गरेका थिए।

प्रकाशित: १० कार्तिक २०७४ ११:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App