८ वैशाख २०८१ शनिबार
राजनीति

मदन भण्डारीको जन्मथलोमा राष्ट्रपतिलाई अभिनन्दन

राष्ट्रपति भण्डारीलाई ताप्लेजुङमा स्वागत गर्दै जिल्ला स्थित अधिकारी। तस्बिर: नागरिक

ताप्लेजुङ- स्वर्गीय पति मदन भण्डारीको जन्मस्थल मैवा खोला ढुंगे साँघुमा राष्ट्रपति विद्या भण्डारीलाई नागरिक अभिनन्दन गरिएको छ। राष्ट्रपति भण्डारीलाई मैवा खोला गाउँपालिका र मैवा खोला सेवा समाजले नागरिक अभिनन्दन गरेको हो।  

राष्ट्रपति भण्डारी मैवा खोला पुग्ने क्रममा काठमाडौबाट पाथिभरा दर्शनको लागि जान खोजे पनि मौसमका कारण सम्भव भएन। पाथीभरा जाने कार्यक्रम रहेपनि मौसममा आएको परिवर्तनले राष्ट्रपति सवार हेलिकप्टर उपल्लो ताप्लेजुङको घुन्सा र गोला क्षेत्रको अवलोकनका लागि त्यसतर्फ गइ नेपाली सेनाको ब्यारेकमा अवतरण भएको थियो। मुख्य पर्यटकीय स्थल गोला र घुन्सा क्षेत्रको अवलोकन भने राष्ट्रपतिले हेलिकप्टरबाटै गरेको यहाँ स्थित नेपाली सेनाले जनाएको छ । काठमाडौबाट आएको हेलिकप्टर पाथीभरा मन्दिरमा अवतरण हुन नसकेपछि सुकेटार एअरपोर्टमा अवतरण गरी गोला घुन्सा तर्फ गएको थियो। ढुङ्गेसाँघुमा उनले स्वर्गीय पति मदनको जन्म घर अवलोकन गरेकी छन्।

 

 

प्रकाशित: १० कार्तिक २०७४ १०:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App