coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

मिथिलाञ्चलमा ‘सामाचकेवा’ पर्वको रौनक शुरु

महोत्तरी- ‘धान, धान, धान छई भइया कोठी धान छैई , चुगला कोठी भूस्सा छई।

पान पान पान छई ,भइया मुख पान छई , चुगला मुख कोइला छई। 

चाउर– चाउर–चाउर छई , भैया कोठी चाउर छई । चुगला कोठी छाउर छई ।’

( अर्थात दाजुको भकारीमा धान छ भने चुगलाको भकारीमा भुस भरिएको छ । दाजुको मुखमा पान छ भने चुगलाको मुखमा कोइला छ , दाजुको कोठीमा चामल भरेको छ भने चुगलाको कोठीमा खरानी छ ।)

 भाइ बहिनीको अगाध प्रेमको प्रतिक पर्व मानिएको सामाचकेवा शुरु भएपछि अहिले सम्साझैं हुने वित्तिकै महोत्तरीको ग्रामीण क्षेत्रका घरघरबाट मैथिलि भाषाको यस्तो गीतको सुरिलो भाका सुनिन थालेका छन। सामा–चकेवा खेल्दा दाजुको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरु गाएर बहिनीहरु मनोरंजन गर्छन्।

यसरी गीतको माध्यमले दाजु भाइको प्रशंसा र चुगला भन्ने पात्रलाई गालि दिने गीतहरु मिथिलाञ्चलमा अत्यन्त लोकप्रिय छन्।

छठ पर्वको खरनादेखि कात्तिक पूर्णिमा सम्म मनाईने समाचकेवा पर्वमा गाईने यस्ता गीतले अहिले महोत्तरी लगायत मिथिलाञ्चलभरि नै एउटा अलग्गै उल्लास छाएको छ। कुनै कुनै ठाउँमा छठ समाप्त हुने पारवनको दिनबाट पनि सामा चकेवा शुरु हुने परम्परा रहेको छ। 

सामा चकेवा पर्वमा गाईने यी गीतले दाजु र भाइको प्रशंसा तथा चुगला भन्ने पात्रलाई गाली दिने खालका गीतहरु गाएर बहिनीहरु मनोरंजन समेत गर्दछन् र समाचकेवालाई फेरी पनि , अर्को वर्ष आउन गीतकै मार्फत निमन्त्रण पनि गर्छन।

सामचको, सामचको अविहहे, अविह हे ।

कुड खेतमे बैसिह हे बैसिह हे ।

कार्तिक पञ्चमीदेखि शुरु भएको सामाचकेवा पर्व पूर्णिमासम्म मनाइने गरिन्छ। मिथिलानी दिदी बहिनीहरु समूह बनाएर नजिकैको नदी तलाउबाट माटो खनेर ल्याउने गर्छन। ती माटोबाट कलात्मक मुर्तीहरु बनाई घाममा सुकाएर साँझदेखि दिदी बहिनी समूह बनाएर गाउँमा सामाका गीत गाउँदै डुल्दै सामाचकेवा खेलेर पर्वको शुरुवात गरेका हुन।  

दिनमा माटोबाट तयार पारिएका आकृतिहरु घाममा सुकाई राती रातो डाला(ढक्की)मा राखेर, दीप बालेर घरबाट बाहिर अन्य साथीहरुसंग मिलेर गीत गाउँदै सामा खेल्ने परम्परा रहेको छ।

परम्परागत विश्वासको आधारमा सामा चकेवालाई शीत र दुबो खुवाउने चलन रहेको छ । मिथलानी महिला तथा किशोरीहरु आ–आफ्नो डाला एक ठाउँमा राखी आफ्नो चारैतीर वृत्ताकारमा बस्दछन् र गीत गाउँदै डालालाई दाहिने हातले बढाउँदै बायां हातले आफुतिर तान्छन्। 

यो पर्वको वास्तविक नाम श्यामाचकेवा रहेपनि लोकभाषामा यसलाई सामाचकेवा भनिन्छ । सामा स्त्री पात्र र चकेवा पुरुष पात्र हुन् । दुईटैलाई चराको रुपमा माटोको आकृति बनाइएको हुन्छ। सामाचकेवा खेलमा श्रीमान श्रीमतीको बारेमा चुक्ली(झगडा) लगाउने छुल्याहा चुगला भन्ने पात्रको जुगांको प्रतिक सनलाई डढाउने काम हुन्छ । सबै बहिनी मिलेर आगो लगाई डढाउदै बडो घृणाले गीत गाउछन्।

पूर्णिमाका दिन बहिनीहरु आफ्ना भाइ वा दाईलाई निमन्त्रण गर्छिन। भाइले घुडामा राखरे सबै मर्तूी तोड छन् र ती मूर्तीहरुलाई जोतेको खेतमा बिसर्जन गरिन्छ। बहिनीद्धारा भाइलाई च्युरा, दही, मिष्ठान, सख्खरको भोजन गराउछन भने भाईहरुले यथासक्य दिदि बहिनीलाई दक्षिणा दिने प्रचलन रहेको छ। जसलाई स्थानीय भाषा ‘फाँरभरी’ पनि भन्ने गरिन्छ ।   

सामाचकेवाका मूर्ती माटोले बनाउने भएकोले यसलाई मैथिल महिलाको मूर्तिकला प्रतिको कौशल प्रदर्शन गर्ने माध्यम पनि भन्ने गरिन्छ । दशै तिहार र छठ पछि तराईमा यो अन्तिम पर्वका रुपमा सामा चकेवा पर्व मनाईन्छ र साझपँख सामाचकेवाका लागि महिलाले निकै उत्साहका साथ गीत गाउने गर्छन।

कार्तिक शुक्ल पूर्णिमाका दिन सामा पर्वको विधिवत समापन गरिन्छ । सुक्ष्म रुपले विचार गर्दा सामा खेल ग्रामिण महिलाहरुको अभिनय जस्तै लागे पनि यसको सम्बन्ध पुराणसँग भएकाले यसलाई धार्मिक पर्व पनि मान्न सकिन्छ।पद्मपुराणमा समान्य चर्चा र स्कन्धपुराणमा समाचकेवा बारेमा विस्तारमा उल्लेख रहेको छ।    

 

 

प्रकाशित: १० कार्तिक २०७४ ०९:११ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App