८ वैशाख २०८१ शनिबार
राजनीति

काठमाडौं-९ मा विवकेशील साझाको चुनाबी अभियान सुरु

विवेकशील साझा पार्टी काठमाडौं क्षेत्र नं.९ को चुनाबी अभियानका सहभागी।

काठमाडौं— 'अबको आशा, विवेकशील साझा' नाराको साथमा राष्ट्रिय पार्टी बन्ने लक्ष्यसहित निर्वाचनमा होमिएको विवेकशील साझा पार्टीले काठमाडौँको क्षेत्र नं ९ को चुनावी अभियान शुक्रबारदेखि सुरु गरेको छ। उक्त क्षेत्रबाट विवेकशील साझा पार्टीले मिलन पाण्डेलाई प्रतिनिधि सभाको प्रत्यक्ष तर्फको उम्मेदवार घोषणा गरेको थियो।

काठमाडौं-९ का उम्मेदवार मिलन पाण्डेले आफ्नो उम्मेद्वारी अहिलेको पुस्ताको प्रतिनिधित्व रहेको र आम नागरिकको साथ पाउनेमा आफु विश्वस्त रहेको बताए। उनले यो निर्वाचनको उम्मेदवार आफू एक्लै नभएर काठमाडौँ क्षेत्र न ९ का परिवर्तन चाहने सबैजना रहेको दाबी गरेका थिए।

आज काठमाडौँको २१ वडाको ज्याबहालमा आयोजित भेटघाट तथा छलफल कार्यक्रममा उक्त टोलका टोलवासीहरु, विवेकशील साझा पार्टीका अन्य क्षेत्रका उम्मेदवार अनि केन्द्रीय नेताहरु रन्जु दर्शना, गोविन्द नारायण लगायतको उपस्थिति थियो।

कार्यक्रममा मिलन पाण्डेका आमा बुवाले काठमाडौँ क्षेत्र न ९ का उम्मेदवार मिलन पाण्डे, काठमाडौँ क्षेत्र न ८ का उम्मेदवार पुकार बम, काठमाडौँ क्षेत्र न ७ की उम्मेदवार अनुपा श्रेष्ठलाई टिका अनि माला लगाइदिएर देश बनाउने आशिर्वाद दिएका थिए।

विवेकशील साझा पार्टीकी केन्द्रिय सदस्य रन्जु दर्शनालाई तपाइँ यस पटक किन उम्मेदवार नभएको भन्ने जिज्ञासा राखेका थिए। 'यो पटक म उठेको छैन। हामी उठेका छौं', उनले जवाफ दिएकी थिइन्।

कार्यक्रममा धन्यबाद ज्ञापन गर्दै क्षेत्र न ९ का उम्मेदवार मिलन पाण्डेले आफ्नो उम्मेद्वारी अहिलेको पुस्ताको प्रतिनिधित्व रहेको र आम नागरिकको साथ पाउनेमा आफु विश्वस्त रहेको बताए। उनले यो निर्वाचनको उम्मेदवार आफू एक्लै नभएर काठमाडौँ क्षेत्र न ९ का परिवर्तन चाहने सबैजना रहेको दाबी गरेका थिए।

'काठमाडौं ९ का नागरिकले परिवर्तन चाहेका छन्। उनीहरुको त्यो भावनाको प्रतिनिधित्व गर्न मेरो उम्मेदवारी हो', पाण्डेले भनेका थिए।

प्रकाशित: १० कार्तिक २०७४ ०९:०७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App