coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अन्य

छठमा ठेकुवा

उदाउँदो सूर्यलाई अघ्र्य दिई आज छठपूजा समापन गरिएको छ । छठीमाईलाई मनपर्ने परिकारको रूपमा अघ्र्यमा अनिवार्य समावेश गरिन्छ, ठेकुवा । ठेकुवा छठीमाईको प्रसादका रूपमा खाने र खुवाउने चलन छ । विशेषतः छठ पर्वमा खाइने भए पनि यसलाई जहिलेसुकै पनि बनाउन सकिन्छ । गहुँको पिठोबाट बन्ने यो क्रन्ची मिठाई खाजाका रूपमा खान सकिन्छ। 

चोखो गहुँको पिठो घिउमा मुछेर छठको दिन ठेकुवा बनाइन्छ । अर्घमा चढाइने प्रसाद भएकाले पूजाकोठामै पिठो मुछेर ठेकुवा बनाउने चलन छ । घिउमा पिठो मुछेर बनाइएको ठेकुवा घिउमै डिप फ्राई गरी कुरुमकुरुम बनाइन्छ । परम्परागत रुपमा  त्यसरी बनाइएको ठेकुवा षष्ठीको साँझ अस्ताउँदो सूर्यलाई दिइने अघ्र्यमा चढाइन्छ । भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिइसकेपछि व्रत समापन गर्ने बेला त्यसलाई खाइन्छ । 

कसरी बनाउने ?
चाहिने सामग्रीः 

– दुई सय ग्राम आँटा, 
– ए सय ५० ग्राम चिनी, 
– सय ग्राम घिउ, 
– इच्छाअनुसार नरिवल, किसमिस 
– आधा कप पानी वा दूध ।
बनाउने विधिः 
– मैदालाई एउटा भाँडामा हालेर २५ ग्रामजति घिउ राखी मोल्ने । त्यसपछि चिनी, किसमिस हालेर अलिअलि पानी वा दूध छर्कंदै मुछ्ने । 
– मुछेको पिठोलाई सानासाना डल्ला छुट्याएर धेरै पातलो नबनाई बेल्ने । 
– बेलिएको पिठो गिलासको घेराले काटेर सानो रोटीजस्तो आकारमा निकाल्ने । काठको साँचो प्रयोग गरी बुट्टा निकाली आकर्षक पनि बनाउन सकिन्छ । 
– एउटा प्यान वा कराईमा बाँकी रहेको घिउ तताएर अघि बनाएर राखेको ठेकुवा फ्राई गर्ने । 
– खैरो हुन्जेल फ्राई गरेपछि ठेकुवा पाक्छ । यसरी तयार भएको ठेकुवा तातै खाँदा निकै स्वादिलो हुन्छ । यसलाई एक हप्तासम्म राखेर पनि खान सकिन्छ। 

 

प्रकाशित: १० कार्तिक २०७४ ०६:३८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App