७ वैशाख २०८१ शुक्रबार
राजनीति

राजनीतिक परिवर्तन हासिल भयो, अब समृद्धिमा लागौंः बाबुराम

दाङ-नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले मुलुकले राजनीतिक उपलब्धि हासिल गरिसकेकाले अब आर्थिक समृद्धिको लक्ष्य हासिल गर्नेतर्फ लाग्नुपर्ने बताएका छन् ।

तुलसीपुर उद्योग वाणिज्य सङ्घले सोमबार आयोजना गरेको कार्यक्रममा बोल्दै नेता भट्टराईले निर्माणमुखी राजनीति र समृद्ध नेपाल निर्माणको लक्ष्य लिएर नयाँ शक्ति उदाएको उनले बताए ।

“निजी क्षेत्रको सहकार्यमा देशलाई समृद्धितर्फ लैजानुपर्छ, सरकारले पनि निजी क्षेत्र अनुकूल लगानीको वातावरण सिर्जना गर्न सक्नुपर्छ” – उनले भने । उनले उद्योगी व्यवसायीसँगको सहकार्यबाट मात्र आर्थिक समृद्धि हुने भन्दै त्यसमा आफनो शक्तिको सहयोग रहने विश्वास व्यक्त गरे ।

नेता भट्टराईले युवालाई विदेश जानबाट रोक्न युवा स्वरोजगार नीति आफ्नो प्रधानमन्त्रित्व कालमा ल्याइएको र त्यसलाई निरन्तरता दिइनुपर्ने बताए ।

सो अवसरमा तुलसीपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष विमल रिजालले यस क्षेत्रको विकास निर्माण तथा दाङलाई प्रादेशिक राजधानी बनाउन पहलकदमी लिन नेता भट्टराईसँग आग्रह गरे । रासस

 

प्रकाशित: १७ श्रावण २०७३ ०८:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App