प्रदेश नं. १ मा वाम गठबन्धन अगाडि

शुक्रबार, १० कार्तिक २०७४, ०८ : ५२ नागरिक

सुरेन्द्र पौडेल/भाषा शर्मा
काठमाडौं – मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो चरण निर्वाचनमा प्रदेश नं. १ का सात जिल्लामा वाम गठबन्धन बलियो देखिएको छ । यसै वर्ष सम्पन्न स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा प्रदेश नं. १ का सात जिल्लाको सम्पूर्ण स्थानमा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन बलियो देखिएको हो। 

वाम गठबन्धनमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा, परिवार दल, चुरे भावर, जनजागरण पार्टी नेपाल र समाजवादी जनता पार्टी रहेका छन् । नेपाली कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनमा राष्ट्रिय प्रजातन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी  प्रजातान्त्रिक, नयाँ शक्ति, राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरम नेपाल छन्। 

स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरपालिका प्रमुखले प्राप्त गरेको मतलाई आधार मानेर हेर्दा प्रदेश नं. १ का सात जिल्लाको सम्पूर्ण स्थानमा लोकतान्त्रिक गठबन्धनको तुलनामा वाम गठबन्धन बलियो देखिएको छ।

मंसिर १० गते प्रदेश नं. १ का ताप्लेजुङ, पाँचथर, संखुवासभा, सोलुखुम्बु, खोटाङ, ओखलढुंगा र भोजपुरमा प्रतिनिधिसभा र प्रदेशसभाका लागि निर्वाचन हुँदैछ । सात जिल्लाबाट ७ जना प्रतिनिधिसभा र १४ जना प्रदेशसभाका लागि निर्वाचित हुनेछन् । यी जिल्ला प्रत्येकबाट एकजना प्रतिनिधिसभा र दुई जना प्रदेशसभाका लागि निर्वाचित हुनेछन्। 

ताप्लेजुङमा ८ गाउँपालिका र एउटा नगरपालिका छन् । यसै वर्ष सम्पन्न स्थानीय निर्वाचनमा ताप्लेजुङका सबै गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखका लागि कुल ५३ हजार ५ सय ९२ भोट खसेको थियो । यसमध्ये वाम गठबन्धनले २८ हजार ९ सय ९७ मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले २३ हजार ३ सय ८८ मत । वाम र लोकतान्त्रिक गठबन्धनमा नरहेका अन्य दलले एक हजार २ सय ७ मत प्राप्त गरेका थिए । ताप्लेजुङका ८ गाउँपालिकामध्ये एमालेले चार र कांग्रेसले चारवटामा जितेका थिए । एकमात्र नगरपालिकाको प्रमुख एमालेले जितेको थियो। 

ताप्लेजुङबाट प्रदेशसभाका लागि दुई जना निर्वाचिन हुनेछन् । प्रदेशसभा (क) मा एउटा नगरपालिका र तीनवटा गाउँपालिका छन् । स्थानीय निर्वाचनमा यीमध्ये दई गाउँपालिकामा कांग्रेस, एक गाउँपालिका र एक नगरपालिकामा एमाले उम्मेदवार विजयी भएका थिए । ताप्लेजुङ प्रदेशसभा (क) मा पर्ने स्थानीय तहमा वाम गठबन्धनले कुल १६ हजार ८ सय १० मत प्राप्त गरेको थियो भने लोकतान्त्रिक गठबन्धनले १४ हजार ३ सय ९३ मत पाएको थियो। 

ताप्लेजुङ प्रदेशसभा (ख) मा पाँच गाउँपालिका छन् । स्थानीय निर्वाचनमा यीमध्ये तीन गाउँपालिकामा एमाले र दुई गाउँपालिकामा कांग्रेसका अध्यक्ष उम्मेदवार विजयी भएका थिए । स्थानिय निर्वाचनमा ताप्लेजुङ प्रदेशसभा ‘ख’ मा खसेको मतमध्ये वाम गठबन्धनले १२ हजार १ सय ८७ र लोकतान्त्रिक गठबन्धनले ८ हजार ९ सय ९५ मत प्राप्त गरेका थिए।

सात गाउँपालिका र एक नगरपालिका रहेको पाँचथरमा स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष र नगरपालिका प्रमुखलाई गरी कुल ७२ हजार १ सय ६६ मत खसेको थियो । प्रतिनिधिसभाका लागि एकमात्र सिट रहेको पाँचथरमा गत स्थानीय निर्वाचनमा वाम गठबन्धनले ४० हजार ४ सय १८ मत र लोकतान्त्रिक गठबन्धनले ३० हजार ४ सय ८३ मत प्राप्त गरेका थिए । अन्य दलले एक हजार २ सय ६५ मत प्राप्त गरेका थिए।

पाँचथरमा रहेका ७ गाउँपालिकामध्ये स्थानीय निर्वाचनमा तीनवटामा कांग्रेस, तीनवटामा एमाले र एउटामा माओवादीले जितेका थिए । एकमात्र नगरपालिका कांग्रेसले जितेको थियो । पाँचथर प्रदेशसभा (क) मा एक नगरपालिका र तीन गाउँपालिका छन्, जसमध्ये दुई गाउँपालिकामा एमाले र एक नगरपालिकामा कांग्रेस उम्मेदवार विजयी भएका थिए । प्रदेशसभा (क) मा रहेको एकमात्र नगरपालिकामा कांग्रेस विजयी बनेको थियो । प्रदेशसभा (क) मा स्थानीय निर्वाचनमा झरेको कुल मतमध्ये २३ हजार ६ सय २० वाम गठबन्धन र १८ हजार ५ सय ८६ मत लोकतान्त्रिक गठबन्धनले प्राप्त गरेका थिए। 

पाँचथर प्रदेशसभा (ख) चार गाउँपालिका छन् । यीमध्ये स्थानीय निर्वाचनमा दुईवटामा कांग्रेस, एकएक वटामा एमाले र माओवादीका उम्मेदवार विजयी भएका थिए । स्थानीय निर्वाचनमा पाँचथर प्रदेशसभा (ख) मा वाम गठबन्धनले १६ हजार ७ सय ९८ र लोकतान्त्रिक गठबन्धनले ११ हजार ८ सय ९७ मत प्राप्त गरेका थिए।  

त्यस्तै संखुवासभामा पाँच नगरपालिका र पाँच गाउँपालिका छन् । त्यहाँ स्थानिय निर्वाचनमा नगरप्रमुख र गाउँपालिका अध्यक्षका लागि ६४ हजार २ सय ४९ मत खसेको थियो । त्यसमध्ये वाम गठबन्धनले ३३ हजार ७ सय १६ र लोकतान्त्रिक गठबन्धनले २९ हजार १ सय १ मत प्राप्त गरेका थिए । अन्य दलले१  हजार ४ सय ३२ मत प्राप्त गरेका थिए।

तिनिधिसभाको एकमात्र सिट रहेको संखुवासभामा रहेका पाँच नगरपालिकामध्ये स्थानिय निर्वाचनमा एमालेले ३ वटा र कांग्रेसले २ वटामा जितेका थिए । यस्तै, पाँच गाउँपालिकामा एमालेले दुई र कांग्रेसले तीनवटामा जितेका थिए। 

संखुवासभा प्रदेशसभा ‘क’ मा एक नगरपालिका र पाँच गाउँपालिका छन् । स्थानीय निर्वाचनमा एक नगरपालिका र दुई गाउँपालिकामा एमाले, तीन गाउँपालिकामा कांग्रेस उम्मेदवार विजयी बनेका थिए । ताप्लेजुङ प्रदेशसभा (क) मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले १६ हजार ४ सय २ र लोकतान्त्रिक गठबन्धनले १३ हजार ५ सय ५३ मत प्राप्त गरेको देखिन्छ । संखुवासभा प्रदेशसभा (ख) मा चार नगरपालिका छन् । स्थानीय निर्वाचनमा एमाले र कांग्रेसले दुईदुई नगरपालिकामा जित हात पारेका थिए । संखुवासभा (ख) मा स्थानीय निर्वाचनमा वाम गठबन्धनले १७ हजार ३ सय १४ र लोकतान्त्रिक गठबन्धनले १५ हजार ५ सय ४८ मत प्राप्त गरेका थिए। 

एक नगरपालिका र ७ गाउँपालिका रहेको सोलुखुम्बुमा पनि वाम गठबन्धन मजबुत देखिन्छ । प्रतिनिधिसभामा एकमात्र सिट रहेको सोलुखुम्बुमा स्थानिय निर्वाचनमा नगरप्रमुख तथा गाउँपालिका अध्यक्षका लागि ३७ हजार २ सय ५३ मत खसेको थियो । योमध्ये वाम गठबन्धनले २१ हजार ६ सय ९९ र लोकतान्त्रिक गठबन्धनले १३ हजार १ सय ५६ मत प्राप्त गरेका थिए । अन्य दलले २ हजार ३ सय ९८ मत प्राप्त गरेका थिए । सोलुखुम्बुमा रहेका ७ गाउँपालिका मध्ये चारमा एमाले र तीनमा माओवादीका उम्मेदवार विजयी बनेका थिए । एक नगरपालिकामा कांग्रेस विजयी भएको थियो । 
सोलुखुम्बु प्रदेशसभा (क) मा चार गाउँपालिका छन्, यीमध्ये एमाले र माओवादीले स्थानीय निर्वाचनमा दुईदुई वटामा जितेका थिए । सोलुखुम्बु प्रदेशसभा (क) मा वाम गठबन्धनले ११ हजार ३३ मत र लोकतान्त्रिक गठबन्धनले ६ हजार ४ सय २३ मत प्राप्त गरेका थिए । यस्तै सोलुखुम्बु प्रदेशसभा (ख) मा रहेका तीन गाउँपालिका र एक नगरपालिकामा गएको स्थानीय निर्वाचनमा एमालेले दुई गाउँपालिका, माओवादीले एक गाउँपालिका र कांग्रेसले एक नगरपालिकामा जित हात पारेका थिए । प्रदेशसभा (ख) मा वाम गठबन्धनले १० हजार ६ सय ६६ र लोकतान्त्रिक गठबन्धनले ६ हजार ७ सय ३३ मत प्राप्त गरेका थिए। 

अर्को जिल्ला खोटाङमा दुई नगरपालिका र ८ गाउँपालिका छन् । गएको स्थानीय निर्वाचनमा खोटाङमा नगरप्रमुख तथा गाउँपालिका अध्यक्षका लागि ६८ हजार ४ सय ३७ मत खसेको थियो । प्रतिनिधिसभामा एक मात्र सिट रहेको खोटाङमा खसेको मतमध्ये वाम गठबन्धनले ४१ हजार ३ सय ४८ मत र लोकतान्त्रिक गठबन्धनले २६ हजार १ सय ९२ मत पाएका थिए । अन्य दलले ८ सय ९७ मत प्राप्त गरेका थिए। 

खोटाङमा रहेका दुई नगरपालिकामध्ये एमाले र कांग्रेसले एकएकमा जित हात पारेका थिए । यस्तै ८ गाउँपालिकामा एमालेले चार, कांग्रेसले तीन र माओवादीले एकमा जितेका थिए। 

खोटाङ प्रदेशसभा (क) मा दुई नगरपालिका र तीन गाउँपालिका छन् । दुई नगरपालिकामा एमाले र कांग्रेसले एकएकमा जित हात पारेका थिए । तीन गाउँपालिकामध्ये एमालेले दुई र कांग्रेसले एकमा जितेका थिए । स्थानीय निर्वाचनमा प्रदेशसभा (क) वाम गठबन्धनले २० हजार ५ सय र लोकतान्त्रिक गठबन्धनले १४ हजार ७ सय २५ मत पाएका थिए । खोटाङ प्रदेशसभा (ख) मा पाँचवटा गाउँपालिका छन्, जसमध्ये स्थानीय निर्वाचनमा एमाले र कांग्रेसले दुईदुई र माओवादीले एकमा जितेका थिए । यो प्रदेशसभामा वाम गठबन्धनले २० हजार ८ सय ४८ र लोकतान्त्रिक गठबन्धनले ११ हजार ४ सय ३१ मत प्राप्त गरेका थिए। 

ओखलढुंगा जिल्लामा पनि वाम गठबन्धन नै बलियो देखिएको छ । एक नगरपालिका र ७ गाउँपालिका रहेको ओखलढुंगामा गएको स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्ष तथा नगरप्रमुखका लागि ६० हजार ८ सय ४ मत खसेको थियो । यसमध्ये वाम गठबन्धनले ३३ हजार ५ सय ३२ र लोकतान्त्रिक गठबन्धनले २६ हजार ८ सय १७ मत प्राप्त गरेका थिए । गठबन्धनबाहिर रहेका अन्य दलले ४ सय ५५ मत प्राप्त गरेका थिए। 

ओखलढुंगामा रहेको एक मात्र नगरपालिकामा स्थानीय निर्वाचनमा एमालेका उम्मेदवार विजयी भएका थिए भने बाँकी ७ गाउँपालिकामध्ये दुईमा एमाले, चारमा कांग्रेस र एकमा माओवादीले विजय प्राप्त गरेका थिए । ओखलढुंगा प्रदेशसभा (क) मा एक नगरपालिका र तीन गाउँपालिका छन् । यी मध्येएक नगरपालिका र एक गाउँपालिकामा एमाले, एकएक गाउँपालिकामा कांग्रेस र माओवादीका उम्मेदवार विजयी बनेका थिए । प्रदेशसभा ‘क’ मा गएको स्थानीय निर्वाचनमा वाम गठबन्धनले १६ हजार ४ सय ९९ र लोकतान्त्रिक गठबन्धनले १२ हजार ७ सय ८७ मत प्राप्त गरेका थिए । 
ओखलढुंगा प्रदेशसभा (ख) मा रहेका चार गाउँपालिकामा गएको स्थानीय निर्वाचनमा तीनवटामा कांग्रेस र एउटामा एमालेले जित निकालेका थिए । यो प्रदेशसभामा स्थानीय निर्वाचनमा वाम गठबन्धनले १७ हजार ३२ र लोकतान्त्रिक गठबन्धनले १४ हजार ९९ मत प्राप्त गरेका थिए। 

यस्तै गएको स्थानीय निर्वाचनको तथ्यांकलाई हेर्दा भोजपुरमा पनि वाम गठबन्धन नै बलियो देखिएको छ । दुई नगरपालिका र सात गाउँपालिका रहेको भोजपुरमा स्थानीय निर्वाचनमा नगरप्रमुख तथा गाउँपालिका अध्यक्षका लागि ६२ हजार ५ सय २६ मत खसेको थियो । योमध्ये वाम गठबन्धनले ३८ हजार ४ सय ५४, लोकतान्त्रिक गठबन्धनले २३ हजार ९ सय ३८ र अन्य दलले १ सय ३४ मत प्राप्त गरेका थिए । प्रतिनिधिसभाका लागि एकमात्र सिट रहेको भोजपुरका दुवै नगरपालिकामा कांग्रेसले जितेको थियो भने सात गाउँपालिकामध्ये चारमा एमाले, दुईमा कांग्रेस र एकमा माओवादीले जित हात पारेका थिए। 

भोजपुर प्रदेशसभा (क) मा तीनवटा गाउँपालिका पूरै र अन्य तीन गाउँपालिका तथा नगरपालिकाका केही वडा समावेश गरिएको छ । यस्तै भोजपुर प्रदेशसभा (ख) मा पनि तीनवटा गाउँपालिका पूरै र अन्य तीनवटा गाउँपालिका तथा नगरपालिकाका केही वडा समावेश गरिएका छन् । गएको स्थानीय निर्वाचनमा भोजपुर प्रदेशसभा (क) मा वाम गठबन्धनले १८ हजार ६ सय २५ र लोकतान्त्रिक गठबन्धनले १४ हजार १ सय ५ मत प्राप्त गरेका थिए । यस्तै भोजपुर प्रदेशसभा (ख) मा वाम गठबन्धनले २० हजार ७ सय ३१ र लोकतान्त्रिक गठबन्धनले ९ हजार ४ सय ८१ मत प्राप्त गरेका थिए ।

जिल्ला वाम गठबन्धन लोकतान्त्रिक गठबन्धन
ताप्लेजुङ २८ हजार ९ सय ९७          २३ हजार ३ सय ८८

पाँचथर ४० हजार ४ सय १८ मत         ३० हजार ४ सय ८३

संखुवासभा ३३ हजार ७ सय १६       २९ हजार १ सय १
सोलुखुम्बु   २१ हजार ६ सय ९९        १३ हजार १ सय ५६

खोटाङ ४१ हजार ३ सय ४८            २६ हजार १ सय ९२
ओखलढुंगा ३३ हजार ५ सय ३२       २६ हजार ८ सय १७
भोजपुर ३८ हजार ४ सय ५४           २३ हजार ९ सय ३८





यसमा तपाईको मत

अन्य समाचार

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिकको एम्बुलेन्स र मेडिकल उपकरण सहयोग

चेक रिपब्लिक डेभलपमेन्ट कोअपरेसनले नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा मालबाहक गाडी सहयोग गरेको...

Ncell Footer Ad