coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

फोरम उपमहासचिव शाह काँग्रेस प्रवेश

काठमाडौं—प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनकोे पूर्वसन्ध्यामा नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र संघीय समाजवादी फोरम नेपालका सयौँ नेता कार्यकर्ता आज नेपाली काँग्रेसमा प्रवेश गेका छन्।

फोरमका उपमहासचिव अभिषेकप्रताप शाह काँग्रेस प्रवेश गर्नुभएको काँग्रेसले जनाएको छ। उनलाई काँग्रेस सभापति शेरबहादुर देउवाले एक कार्यक्रमका बीच पार्टीमा स्वागत गरेका थिए। शाह निवर्तमान सांसद पनि हुन्।

आजै रामेछापका एमाले र माओवादी केन्द्रका दुई सय कार्यकर्ता पार्टी परित्याग गरी काँग्रेसमा प्रवेश गरेका छन्। उनीहरुलाई प्रधानमन्त्री एवं पार्टी सभापति देउवाले उहाँहरुलाई टीका लगाएर पार्टीमा स्वागत गर्नुभएको प्रधानमन्त्रीका सञ्चारविज्ञ गोविन्द परियारले जानकारी दिए।

यसैबीच आगामी निर्वाचनमा चुनावी तालमेलका लागि लोकतान्त्रिक गठबन्धनको कार्यदलले उम्मेदवार चयनका सम्बन्धमा छलफल गरेको छ। कार्यदलको आज बसेको बैठकले सहमतिमै उम्मेदवार टुंग्याउने सहमति भएको र शीघ्र उम्मेदवारको टुङ्गो लाग्ने बताइएको छ।

प्रकाशित: ९ कार्तिक २०७४ १४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App