देशको समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनु परेको हो : अर्थ राज्यमन्त्री

बिहिबार, ०९ कार्तिक २०७४, १९ : १६ नागरिक

काठमाडौं—अर्थ राज्यमन्त्री उदय शम्शेर राणाले देशको आर्थिक समृद्धिका लागि लोकतान्त्रिक गठबन्धन बनाउनुपरेको बताएका छन्। ललितपुरको गोदावरीमा नेपाली काँग्रेसले आयोजना गरेको पार्टीका क्रियाशील सदस्यहरुको भेलामा उनले कम्यूनिष्ट अधिनायकबादबाट देशलार्इ बचाउन लोकतान्त्रिक शक्तिहरु एक ठाउँमा उभिनुपरेको उल्लेख गरे।

ललितपुर क्षेत्र नं १ बाट निर्वाचित कांग्रेस नेता राणाले आसन्न प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा लोकतान्त्रिक शक्तिहरुलार्इ मतदान गर्न आग्रह गरे। 'बाम एकताका नाममा देशलार्इ अधिनायकवादतर्फ लैजाने दुष्प्रयास भइरहेको छ, यसले लगानीकर्तालार्इ हतोत्साही बनाउनुका साथै देशलार्इ अधोगतितर्फ लैजाने निश्चित छ', उनले भने।

अर्थराज्यमन्त्री राणाले संविधान निर्माण गर्ने एजेण्डासहित मतदाताले संविधान सभा निर्वाचनमा विजयी गराएको उल्लेख गर्दै आफूले उक्त जनादेश पूरा गरेको बताए। उनले भने, 'संविधान निर्माणका लागि मलार्इ मतदाताले पठाएका थिए, मैले त्यो जिम्मेवारी पूरा गरे। अब यो क्षेत्रको विकासका लागि म सक्रिय भएर लाग्नेछु।'

आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि व्यक्तिगतरुपमा समेत आफूले सदैव पहल गरेको उनले बताए। कांग्रेस नेताहरुले २०७० सालको निर्वाचनमा राणा निर्वाचित भएपछि ललितपुरको क्षेत्रमा विकासले फड्को मारेको बताएका थिए।








यसमा तपाईको मत

अन्य समाचार

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकले बनाउँदै छ स्मार्टफोनलाई प्रतिस्थापन गर्ने चस्मा !!!

फेसबुकको प्रविधि र रे-ब्यान चस्मा निर्माण गर्ने कम्पनी लक्सोटिक्काको डिजाइनबाट स्मार्टफोनलाई नै प्रतिस्थापन गर्ने स्मार्ट अग्मेन्टेड रियालिटी चस्मा निर्माण गर्ने...

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

२४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप ?

एचपीले २४ घण्टा ब्याट्री लाइफ भएको ल्यापटप निर्माण गरेको दाबी गरेको छ ! ...

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

निगमको जहाजमा जेष्ठ नागरिकलाई ५०% छुट

जेष्ठ नागरिकको सम्मानस्वरुप नेपाल वायुसेवा निगमले ७० वर्ष नाघेका जेष्ठ नेपाली नागरिकका लागि आन्तरिक उडानको भाडामा ५० प्रतिशत छुट दिने...

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसमा टेलिकमको छुट

संविधान दिवसका अवसरमा नेपाल टेलिकमले ग्राहकलाई सय रुपैयाँमा तीन जिबी डाटा प्याक योजना सार्वजनिक गरेको छ । ...

बागलुङ मालपोतमा प्रभुको काउन्टर

बागलुङ मालपोतमा प्रभुको काउन्टर

प्रभु बैंकले बागलुङ नगरपालिकास्थित मालपोत कार्यालयमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ । ...

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

स्काइवर्थको ‘ग्रान्ड छुट उत्सव’

केएल दुगड ग्रुपअन्तर्गतको स्मार्ट अप्लायन्सेसले दसैं–तिहारको अवसरमा स्काइवर्थ होम अप्लायन्सेसमा ‘स्काइवर्थ ग्रान्ड छुट उत्सव’ सार्वजनिक गरेको छ । ...

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार बजारमा

त्रिवेणी गु्रपको कर्पोरेट छायाँअन्तर्गत रहेको सगरमाथा प्रिकास्ट सोलुसन्सको ड्राइमिक्स मोटार प्रोडक्ट बजारमा ल्याएको छ । ...

एनआइबिएल–रेडक्रस सहमति

एनआइबिएल–रेडक्रस सहमति

नेपाल इन्भेस्टमेन्ट बैंक लिमिटेड (एनआइबिएल) र नेपाल रेडक्रस सोसाइटीबीच बैंकको सामाजिक उत्तरदायित्वअन्तर्गत स्वास्थ्य हेरचाह र साक्षरता प्रवद्र्धनका लागि सहमतिपत्रमा हस्ताक्षर...

Ncell Footer Ad