६ वैशाख २०८१ बिहीबार
अर्थ

भारतको मीरगञ्ज पुलमा फेरि अबरोध : रि–रूटले मालवाहकको चाप

विराटनगर— सीमावर्ती जोगवनीस्थित भासिएको मीरगञ्ज पुलबाट आयात–निर्यात फेरि रोकिएपछि रि–रूट गरिएको मालवाहक गाडीको चाप बढेको छ। तिहारको बिदापछि रि–रूटमा एकैपटक धेरै गाडि भित्रिँदा विराटनगरको साल्ट ट्रेडिङदेखि भन्सार यार्डसम्म गाडिमो ताँती लागेको छ। 

२० टन भन्दा माथिको गाडी आवातजावतमा ‘निषेध’ गरेपछि सीमावर्ती जोगवनीस्थित मीरगञ्ज पुलबाट आयात–निर्यात फेरि ठप्प भएको छ। साउनको अन्तिम साता आएको बाढीले मीरगञ्ज पुल भासिएपछि पूर्वी नाका विराटनगरबाट आयात–निर्यात प्रभावित भएको थियो। 

तीन दिनको तिहारको बिदापछि रि–रूट गरिएको मालवाहक गाडी एकैपटक आउँदा चाप बढेको हो। विराटनगर भन्सार कार्यालयको यार्डमा एकैपटक दुईसय भन्दा बढी गाडी नअटाउने भएपछि सडकसम्म लाम लागेको भन्सारका अधिकारीहरुले बताएको छ। 

पाली आयात–निर्यातकर्ताहरुको आग्रह र सक्रियतामा दुई महिनापछि त्यो पुलको मर्मतसम्भार गरिएर सञ्चालनमा ल्याइएको थियो। तर दसैँलगत्तै पुल फेरि आयात–निर्यातका लागि बन्द गरिएको छ। विराटनगर भन्सार कार्यालयका प्रमुख मिमान्श अधिकारीले मीरगञ्ज पुलका कारण जोगवनी नाकाबाट आयात–निर्यात फेरि ठप्प भएको बताए।

उनले मीरगञ्ज पुल पुनः सञ्चालनमा ल्याउनका लागि भन्सार विभाग, अर्थ मन्त्रालय र नेपालस्थित भारतीय दुतावासलाई पत्राचार गरिएको बताए। रि–रूट गरिएको मालवाहक गाडीको चाप बढेकाले सडकमा समेत ताँती लागेको उनले बताए । 

तीन दिनको तिहारको बिदापछि रि–रूट गरिएको मालवाहक गाडी एकैपटक आउँदा चाप बढेको हो। विराटनगर भन्सार कार्यालयको यार्डमा एकैपटक दुईसय भन्दा बढी गाडी नअटाउने भएपछि सडकसम्म लाम लागेको भन्सारका अधिकारीहरुले बताएको छ। 

विराटनगरका उद्योगपति अभिनाश बोहराका अनुसार मीरगञ्ज पुललाई पुनः सञ्चालनमा ल्याउन प्रयास भइरहेको छ। उनले मीरगञ्ज पुलमा खासै समस्या नरहेपनि कन्ट्रयाक्टरको ‘गलत’ रिर्पोटका अनुसार फेरि अबरुद्ध भएको बताए। ‘मीरगञ्ज पुलको पुनः मर्मतसम्भार गरिएपछि ८० टन भन्दा बढी भारवाहनका गाडी आयात भएकै हो,’ उद्योगपति बोहराले भने, ‘तर कन्ट्रयाक्टरले पुलको भारवाहन क्षमता २० टनको मात्रै रहेको रिर्पोट दिएपछि समस्या आएको हो।’ 

बाढीले भासिएको सो पुल मर्मत गरेको भारतीय कन्ट्रयाक्टरले त्यहाँको सरकारलाई बुझाएको रिर्पोटमा पुलको क्षमता २० टनको मात्र रहेको उल्लेख गरेका छन्। बोहराका अनुसार त्यही रिर्पोटको आधारमा भारत सरकारले मीरगञ्ज पुलबाट २० टन माथिको गाडि ओहरदोहरमा रोक लगाएको हो। मीरगञ्जको फलामे सिस्टमको उक्त पुल ६० वर्ष पुरानो हो। 

विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष विजेन्द्र परासरले मीरगञ्ज पुलका कारण आयात–निर्यात ठप्प हुँदा फेरि दुःख पाइरहेको बताए । ‘निकै समस्या थपिएको छ,’ उनले भने, ‘दैनिक भीमनगर पुग्नुपर्छ। एउटा गाडीमा ५० हजार रुपैयाँ बढी खर्च भइरहेको छ। स्कर्टिङमा समान ल्याउनुपर्छ ।’

प्रकाशित: ९ कार्तिक २०७४ ०८:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App