coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्तर्राष्ट्रिय

आइन्स्टाइनको खुशीपूर्ण नोट १६ लाख डलरमा बिक्री

लिलाममार्फत् बिक्री भएका विश्व प्रख्यात वैज्ञानिक आइन्स्टाइनले लेखेका टिपोट । तस्बिर : बिबिसी

लन्डन– विश्व प्रख्यात वैज्ञानिक अल्बर्ट आइन्स्टाइनले खुशीपूर्ण जीवनयापनसम्बन्धी सुझावसहित लेखेको टिपोट १५ लाख ६० हजार डलरमा लिलाममार्फत् बिक्री भएको छ।

इजरायलको राजधानी जेरुसेलममा लिलाम बढाबढमा आइन्स्टाइनको उक्त टिपोट बिक्री भएको बिबिसीले जनाएको छ।

नोबेल पुरस्कार विजेता भौतिकशास्त्री आइन्स्टाइनले सन् १९२२ मा एक जापानी पत्रवाहकलाई पैसाको साटो जर्मन भाषामा लेखिएका टिपोट दिएका थिए।

पत्र पु¥याउन आफ्नो कोठामा आइपुगेका पत्रवाहकलाई ‘टिप’ दिनका लागि पैसा नभएपछि आइन्स्टाइनले त्यस्तो लेखोट दिएको बताइन्छ । त्यतिबेला उनले भौतिकशास्त्रतर्कफको नोबेल पुरस्कार पाएको भर्खरै सुनेका थिए र उनी जापानमा प्रवचन यात्रामा थिए।

ती पत्रवाहकलाई खाली हात पठाउन नचाहेकोले आइन्स्टाइनले पत्रवाहकलाई ती लेखोट दिएको लिलाम बढाबढमा राखेका पत्रवाहकका नातेदारले बताए।

आइन्स्टाइनले पत्रवाहकलाई उनी भाग्यमानी भए आफूले दिएका टिपोट भविष्यमा मूल्यवान हुने बताएका थिए । आइन्स्टाइनले आफ्नो सम्पूर्ण जीवन विज्ञानप्रति समर्पित गरेका थिए।

तर उनको हस्ताक्षरसहित एक वाक्यको टिपोटमा लेखिएको छ, ‘सफलताको खोजीमा लागिपर्दा र त्यसले निरन्तर उत्पन्न गराउने बेचैनीले भन्दा शान्त र साधारण जीवनले धेरै खुशी ल्याउँछ ।’ त्यही बेला लेखिएको दोस्रो टिपोटमा भनिएको छ, ‘जहाँ इच्छा हुन्छ, त्यहाँ उपाय निस्कन्छ ।’ दोस्रो टिपोट भने दुई लाख ४० हजार डलरमा बिक्री भएको छ।
दुवै टिपोटले पूर्वानुमान गरिएको भन्दा धेरै बढी मूल्य पाएको लिलाम बढाबढमा राख्नेले बताएका छन्।

दुईवटामध्ये एउटा टिपोटका एक युरोपेली खरिदकर्ताले आफ्नो नाम सार्वजनिक नगरिदिन लिलाम बढाबढमा राख्नेलाई आग्रह गरेको बताइएको छ । ती टिपोट लिलाम बढाबढमा राख्ने मानिस पत्रवाहकका भतिजा भएको बताइएको छ ।

आइन्स्टाइनका केही प्रसिद्ध सुझाव :

हामीले समस्या सिर्जना गर्ने बेलाकै जस्तो सोचले आफ्ना समस्या हल गर्न सक्दैनौं । 

बुद्धिमान हुनुको सही संकेत ज्ञान नभइ कल्पना हो ।

प्रकृतिबारे हामीले एक प्रतिशतको हजार अंशमध्ये एक अंश पनि जान्न सकेका छैनौं ।

जब तपाईं एक असल महिलासँग समय बिताउनुहुन्छ एक घण्टा एक सेकेन्ड जस्तै लाग्छ ।  जब तपाईं बलिरहेको कोइलामाथि बस्नुहुन्छ एक सेकेन्ड एक घण्टा जस्तो लाग्छ। यो सापेक्षता हो । 

प्रकाशित: ९ कार्तिक २०७४ ०६:१७ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App