८ वैशाख २०८१ शनिबार
खेल

पहिलो टेस्टमा वेस्ट इन्डिज विजयी

बुलावायो– स्पिनर देवेन्द्र विश्वको ४ विकेटप्रेरित वेस्ट इन्डिजले मंगलबार पहिलो टेस्टमा जिम्बाब्वेलाई १ सय १७ रनले पराजित गर्दै दुई टेस्ट शृंखलामा १–० को अग्रता लिएको छ।

दोस्रो इनिङमा वेस्ट इन्डिजले दिएको ३ सय ३३ रनको विजयलक्ष्य पछ्याएको जिम्बाब्वेले ३ सय १६ रन मात्र जोड्न सक्यो ।
जिम्बाब्वेका ब्रेन्डम टेलरले ७३ र ओपनर ह्यामिल्टन मासाकाड्जाले ५७ रन जोडे । १ सय ५१ बल खेलेका टेलरले ८ चौका प्रहार गर्दा ९३ बलको सामना गरेका मासाकाड्जाले १० चौका प्रहार गरे । त्यस्तै अर्का ओपनर सोलोमन मिल्नेले ४७ रन जोडे । ७७ बल खेलेका मिल्नेले ७ चौका प्रहार गरे।

वेस्ट इन्डिजका विश्वले १ सय ५ रन खर्चंदै ४ तथा रोस्टन चेसले २ विकेट लिए । 
यसअघि वेस्ट इन्डिजले पहिलो इनिङमा २ सय १९ र दोस्रो इनिङमा ३ सय ७३ रन जोडेको थियो । जिम्बाब्वे पहिलो इनिङमा १ सय ५९ रनमा सीमित भएको थियो ।

दोस्रो तथा अन्तिम टेस्ट आइतबारबाट सुरु हुनेछ ।

प्रकाशित: ९ कार्तिक २०७४ ०५:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App