coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

ढुंगो जोगाउन सर्वोच्चको आदेश

काठमाडौं – सर्वोच्च अदालतले ऐतिहासिक महत्त्वको ढुंगो जोगाउन आदेश जारी गरेको छ । न्यायाधीश दीपकराज जोशी र मीरा खड्काको संयुक्त इजलासले लिम्बु जातिको संस्कृतिसँग जोडिएको ढुंगो जोगाउन आदेश गरेको हो। 

अधिवक्ता प्रविन पन्दाक, मनिषकुमार श्रेष्ठ, राजेश्वरी महर्जन र सन्तोष भण्डारीले गत जेठ २९ मा दर्ता गरेको रिट निवेदनमा सर्वोच्चले बुधबार आदेश जारी गरेको हो । पाँचथर जिल्लाको फलैंचामा रहेको ‘कुम्मालुङ पपेलुङ’ मुन्धुमअनुसार महत्त्वपूर्ण भएको तर सडक बनाउने क्रममा क्षति पुर्‍याउँदा किरातको सांस्कृतिक सम्पदामा क्षति पुगेको तर्क निवेदकको थियो। 

ताप्लेजुङमा पनि धार्मिक महत्त्वको ढुंगामा बाटो खन्ने क्रममा क्षति पु¥याइएकाले त्यसको संरक्षण गर्न माग गरिएको थियो । सो निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्चले सांस्कृतिक महत्त्वको ढुंगो जोगाउन सरकारलाई आदेश गरेको हो।

प्रकाशित: ९ कार्तिक २०७४ ०२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App