८ वैशाख २०८१ शनिबार
राजनीति

मनाङेलाई एमालेको समर्थन

पोखरा – एमाले मनाङकी उम्मेदवार खण्डा लामा गुरुङले उम्मेदवारी फिर्ता लिएकी छिन् । लामाको उम्मेदवारी फिर्ता भएपछि एमालेको समर्थन स्वतन्त्र उम्मेदवार दीपक मनाङे भनिने राजीव गुरुङलाई हुने भएको छ । मनाङेलाई सहज हुने गरी एमालेले लामाको उम्मेदवारी फिर्ता गराएको हो। 

मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले एमाले उम्मेदवार लामाको उम्मेदवारी फिर्ता भएको बताए । ‘एमालेकी उम्मेदवार खण्डाको उम्मेदवारी फिर्ता भएको छ,’ ढकालले भने, ‘अब स्वतन्त्र उम्मेदवार राजीव (दीपक मनाङे) र कांग्रेसका कर्मा गुरुङबीच प्रतिस्पर्धा हुनेछ।’

एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि पछि विरोध भएपछि सट्टामा खण्डालाई अगाडि सारेको थियो । खण्डालाई अगाडि सारे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका मनाङेलाई समर्थन गर्ने एमालेको पूर्वतयारी नै थियो । त्यही तयारीअनुुसार एमालेले उम्मेदवारी फिर्ता गराएको हो ।

एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि विवाद हुँदा अन्तिम समयमा खण्डालाई उम्मेदवार चयन गरेको थियो । आपूmलाई टिकट नदिएपछि मनाङेले प्रदेशसभा (ख) बाट स्वतन्त्र उम्मेदवारी दिएका थिए । स्वतन्त्र उम्मेदवारी दिए पनि खण्डालाई फिर्ता गराएर मनाङेलाई नै आधिकारिक उम्मेदवार बनाउने एमालेको तयारी थियो । 
एमाले मनाङका अध्यक्ष पोल्देनछोपाङ गुरुङले खण्डाको उम्मेदवारी फिर्ता भएकाले एमालेको समर्थन मनाङेलाई हुने बताए । ‘हाम्रो उम्मेदवार नै अब मनाङे हुन् । स्वतन्त्रबाट उम्मेदवारी दिए पनि एमालेले फिर्ता गराएपछि समर्थन स्वतन्त्रलाई हुनेछ,’ उनले भने, ‘स्वतन्त्र उम्मेदवारलाई भरपूर सहयोग हुनेछ ।’ मनाङे र खण्डा एकै परिवारभित्रका भएकाले दुवैजनालाई उम्मेदवार बनाउन उपयुक्त नभएकाले खण्डाको उम्मेदवारी फिर्ता गराएको उनले बताए। 

‘एकै परिवारभित्रका दिदीभाइबीच चुनावी प्रतिस्पर्धा उपयुक्त लागेन । त्यही भएर हामीले दिदीलाई फिर्ता ल्यायौं,’ उनले भने । उनका अनुसार दिदी खण्डाले भाइ मनाङेलाई सहयोग हुने गरी उम्मेदवारी फिर्ता लिन चाहेकी थिइन् । मनाङमा अहिलेसम्म एमालेले प्रतिनिधिसभामा निर्वाचन जितेको छैन । ‘एमालेले अहिलेसम्म मनाङमा कहिल्यै जित्न सकेको छैन । यसपटक स्वतन्त्र उम्मेदवारलाई सघाएर भए पनि जिताउने पहलमा छौं,’ उनले भने, ‘एमालेको गठबन्धन अब स्वतन्त्र उम्मेदवारसँग हुनेछ।’

एमालेले सुरुमै मनाङेलाई उम्मेदवार बनाउने तयारी गरे पनि पछि विरोध भएपछि सट्टामा खण्डालाई अगाडि सारेको थियो । खण्डालाई अगाडि सारे पनि स्वतन्त्रबाट उम्मेदवारी दिएका मनाङेलाई समर्थन गर्ने एमालेको पूर्वतयारी नै थियो । त्यही तयारीअनुुसार एमालेले उम्मेदवारी फिर्ता गराएको हो।

स्वतन्त्र उम्मेदवार बनेका मनाङेले एकै परिवारभित्रका दिदीभाइ फरक उम्मेदवार हुन नसक्ने बताए । उनले दिदीले फिर्ता लिएपछि आपूmलाई निर्वाचनमा सहज भएको बताए । ‘मनाङमा दलभन्दा पनि परिवारको राजनीति हेरिन्छ । जसको परिवार ठूलो छ, उसका धेरै भोट हुने भएकाले जित्ने पनि त्यही उम्मेदवार हुन्छ,’ उनले भने ।

प्रकाशित: ९ कार्तिक २०७४ ०१:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App