६ वैशाख २०८१ बिहीबार
राजनीति

जाजरकोटमा वाम गठबन्धनका तीन बागीद्वारा उम्मेदवारी फिर्ता

जाजरकोट—आगामी मंसिर १० गते हुने  प्रतिनिधि सभा र   प्रदेश सभाको  निर्वाचनका लागि  वाम गठवन्धनको सहमति विपरित परेका उम्मेदवारीहरु फिर्ता भएका छन्।  एमाले माओवादीको कार्यदलले गरेकोे पुरानो सहमति फेरिएपछि  दुवै पार्टीका तर्फबाट परेका उम्मेदवारीहरु फिर्ता भएका हुन्।

प्रतिनिधि सभामा पूर्व गृहमन्त्री शक्तिवहादुर बस्नेतविरुद्ध एमाले नेताले गोविन्दविक्रम शाहले  हालेको उम्मेदवारी फिर्ता भएको छ। प्रदेश सभा अन्तर्गत क्षेत्र नम्वर १ मा  एमालेका उम्मेदवार  निरज आचार्यलाइ व्याक गरी  माओवादी केन्द्रका  गणेशप्रसाद सिंहलाइ  अघि सारिएको छ। 

यस्तै  प्रदेश सभाको क्षेत्र नम्वर २ मा एमाले उम्मेदवार करवीर शाहीविरुद्ध वागी हालेका  माओवादी केन्द्रका नरवहादुर कार्कीले पनि आफ्नो उम्मेदवारी फिर्ता लिएका छन्। सुरुमा  जाजरकोटमा प्रतिनिधि सभामा माओवादी  केन्द्रलाइ दिने र  प्रदेश सभाका दुवै सीटमा एमालेलाइ दिने सहमति भएको थियो। सोही सहमतिअनुसार एमाले स्थायी समितिको बैठकले  प्रदेश सभाका लागि क्षेत्र नम्वर १ मा निरज आचार्य र २ मा करवीर शाहीलाइ उम्मेदवार बनाउने निर्णय गरी टिकट दिएको थियो।

प्रदेश सभाका दुवै सीट एमालेलाइ दिने बाम गठवन्धनको सहमति आफुलाइ मान्ने नभएको भन्दै  माओवादी केन्द्रका  जिल्लादेखि  केन्द्र सम्मका  नेताहरुले  चर्को विरोध र असन्तुष्टि जनाएपछि जिल्लामा वाम गठवन्धन संकटमा परेको थियो।  माओवादीले जाजरकोटमा प्रतिनिधि सभासहित प्रदेश सभामा पनि एक क्षेत्र  दिनुपर्ने माग राखेपछि  वाम गठवन्धनको  कार्यदलले गरेको निर्णय फेरिएको हो।

प्रदेश सभाका दुवै सीटमा एमालेका उम्मेदवार  हुने भए माओवादीका तर्फवाट प्रतिनिधि सभाका  उम्मेदवार एवम पुर्व गृहमन्त्री शक्तिवहादुर वस्नेतविरुद्ध  माओवादीका नेताले नै वागी हाल्ने  धम्की दिएपछि  समस्या परेको  थियो । अब जाजरकोटमा  एमालेले  एउटा मात्र सीट पाएको  छ।  प्रदेश सभाको क्षेत्र नम्वर २ वाट एमालेका  करवीर शाहीले चुनावी  प्रतिष्पर्धा गर्ने छन् ।  प्रदेश सभाका लागि क्षेत्र नम्वर दुइमा  माओवादी केन्द्रका तर्फबाट उम्मेदवारी दिएका नरवहादुर कार्कीले  मनोनयनपत्र फिर्ता लिएपछि शाही वाम गठवन्धनका एक्ला उम्मेदवार वनेका हुन् । त्यस्तै  राप्रपा प्रजातान्त्रिकका तर्फवाट उम्मेदवारी दिएका सवैले  नेपाली काँग्रेसका उम्मेदवारलाइ सहयोग गर्ने गरि  आफनो उम्मेदवारी फिर्ता लिएका  छन् । राप्रपाका तर्फवाट प्रतिनिधि सभामा  उम्मेदवारी दिएका वीरवहादुर मल्ल, प्रदेश सभामा क्षेत्र नम्वर १मा उम्मेदवारी दिएका कृष्णविक्रम शाह र  क्षेत्र नम्वर २ मा   उम्मेदवारी दिएका लालवहादुर रावतले  आफनो उम्मेदवारी फिर्ता लिएका छन्।

नेपाली काँग्रेसका उम्मेदवारहरुलाइ सहयोग गर्नका लागि आफुहरुले  उम्मेदवारी फिर्ता लिएको राप्रपा प्रजातान्त्रिकका अध्यक्ष कृष्णविक्रम शाहले बताए। अब जाजरकोटमा बाम गठन्धन र नेपाली काँग्रेसबी कडा प्रतिष्पर्धा हुने  देखिएको छ। गत स्थानीय तहको निर्वाचनमा सवै भन्दा वढी मत पाएको  एमाले एउटा मात्र सीटमा खुम्चिनु  राम्रो नभएको एमाले कार्यकर्ताहरुको  गुनासो छ।

एमालेको  यति राम्रो जनाधार भएको  जिल्लामा  एमालेले एक सीट पाउने  तेस्रो स्थानमा रहेको माओवादी केन्द्रले  प्रतिनिधि सभा र प्रदेश सभामा टीकट पाउनु  एमालेका लागि  नसुहाउने विषय भएको  एमाले कार्यकर्ताहरुको गुनासो छ। दुई वाम मिल्दा नेपाली काँग्रेस धेरै पछि रहेपनि  काँग्रेसका उम्मेदवार  प्रभावशाली र जनताका माझ निकै भिजेका भएकाले  परिणमवारे यसै भन्न नसकिने  स्वतन्त्र विस्लेषकहरु वताउछन्।

 

प्रकाशित: ८ कार्तिक २०७४ १४:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App