८ वैशाख २०८१ शनिबार
राजनीति

गठबन्धनका ११ जनाको उम्मेदवारी फिर्ता भएन

रसुवा— आगामी मंसिर १० गते पहिलो चरणमा हुने प्रतिनिधि सभा र प्रदेश सभामा रसुवाबाट २३ जना उम्मेदवार सहभागि हुने भएका छन्। 

निर्वाचनमा भाग लिनका लागि आइतबार मनोनयन दर्ता गरेका उम्मेदवारले उम्मेदवारी फिर्ता नलिएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले बुधबार अन्तिम नामावली प्रकाशन गरेको छ। 

एउटा मात्र निर्वाचन क्षेत्र रहेको रसुवामा दुई ओटा प्रदेश क्षेत्र रहेका छन्। प्रतिनिधि सभामा ११ जना र प्रदेश सभामा १२ जना गरी २३ जनाको अन्तिम नामावली प्रकाशन गरिएको सहायक निर्वाचन अधिकृत ढाकाराम पौडेलले बताए। 

निर्वाचनमा वाम गठबन्धन, लोकतान्त्रिक गठबन्धन, लिभरल डेमोक्रेटिक पार्टी, मंगोल नेशनल अर्गानाइजेसन, एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीले चुनावमा भाग लिँदै छन्। बाँकी ११ जना लोकतान्त्रिक र बाम गठबन्धनले उठाएका स्वतन्त्र उम्मेदवार हुन्। मतगणना स्थलमा अाफ्नो पार्टीका प्रतिनिधिको संख्या धेरै पार्न उनीहरुले उम्मेदवारी दिएका हुन्।

उम्मेदवारी दिएका उनीहरुले नाम फिर्ता नगरेपछि कार्यालयले बुधबार अन्तिम नामावली प्रकाशन गरेको छ । नामावली प्रकाशनसँगै निर्वाचनमा भाग लिने उम्मेदवारलाई निर्वाचन अधिकृतको कार्यालयले चुनाव चिन्ह् प्रदान गरेको छ । 

 

प्रकाशित: ८ कार्तिक २०७४ १३:१३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App