coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

‘फेयर सिटी’की अभिनेत्री एमी नेपाल आउँदै

काठमाडौं –आइरिस टेलिसिरियल ‘फेयर सिटी’की अभिनेत्री एमी ओडिवेर सगरमाथा बेस क्याम्प यात्राको लागि शनिबार नेपाल आउँदैछिन्। उनीले ५३६४ मिटर उचाइ रहेको सगरमाथाको दक्षिण बेस क्याम्पसम्मको यात्रा तय गर्नेछिन्।

यसअघि उनले आयरल्याण्डको सबैभन्दा अग्लो १०३८ उचाईमा रहेको केरान्टो पहाड चढेकी थिइन्।

ट्रेकिङको लागि नेपाल आउन लागेकी अभिनेत्री एमीले तीन हप्ता नेपालमा बिताउनेछिन्। ‘सगरमाथा बेस क्याम्पसम्म पुग्ने सपना बल्ल पुरा हुँदैछ। यो यात्रा सहज नभएपनि पुरा गर्नेछु भन्नेमा आशावादी छु,’उनले भनिन्। 

आयरल्याण्डको आरटिइ वान च्यानलबाट प्रसारित हुने चर्चित टेलिसिरियल ‘फेयर सिटी सन् १९८९ देखि प्रसारण भइरहेको छ ।

 

प्रकाशित: ८ कार्तिक २०७४ ११:५८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App