८ वैशाख २०८१ शनिबार
राजनीति

मनाेनित चार उम्मेद्वारकाे नाम फिर्ता

पाँचथर – प्रतिनिधि सभा र प्रदेशमा मनाेनित भएका चार जना उम्मेद्वारहरूले उम्मेद्वारी मनाेनयन फिर्ता भएकाे छ । प्रतिनिधि सभामा दुर्इ र प्रदेश तर्फ मनोनय २ उम्मेदवारले अाफ्नाे मनाेनयन फिर्ता गरेका हुन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र देशभक्त गणतान्त्रिक मोर्चाका तर्फबाट मनोनय गरेकाहरुले मनोनयन फिर्ता लिएका हुन । नेपाली कांग्रेससँग लोकतान्त्रिक गठबन्धन रहेपनि जिल्लामा मनोनय दर्ता गराएका राप्रपा प्रजातान्त्रिकका तीन जना उम्मेद्वारले मनोनयन फिर्ता लिएका हुन । प्रतिनिधि सभामा मनोनयन दर्ता गराएका राजकुमार जोशी तथा प्रदेशका कृष्णबहादुर योङ्या र सगुन सुन्दर लावतीले मनोनयन फिर्ता लिएका हुन ।

त्यस्तै मोर्चाको तर्फबाट उम्मेद्वारी दर्ता गरेका मोहन वैधले नेतृत्व गरेका नेकपा माओवादीका नेता उमेश तिम्सििनाले पनि मनोनय फिर्ता गराएका हुन । नेकपा एमाले र माओवादी केन्द्रलाई समर्थन गर्ने गरी मनोनय फिर्ता लिएको जानकारी प्राप्त भएको छ । 'जिल्लामा २५ उमेद्वार चुनावी मैदानमा छन्। नौ प्रतिनिधि सभामा र १६ जना प्रदेशका चुनावी मैदानकाे लागि मनाेनित भएका छन्,'मुख्य निर्वाचन अधिकृत मनोज केसीले भने ।

प्रकाशित: ८ कार्तिक २०७४ ०९:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App