८ वैशाख २०८१ शनिबार
समाज

एक सय विद्यार्थीलाई निःशुल्क साइकल वितरण

तिलोत्तमा – रुपन्देही तिलोत्तमा नगरपालिकास्थित तीनवटा विद्यालयका एक सय विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको छ। 

तिलोत्तमा– ४ डिंगरनगरस्थित जनज्योति मावि, मणिग्रामस्थित शान्ति नमुना मावि र तिलोत्तमा– २ शंकरनगरस्थित दुर्गादत्त माविमा अध्ययनरत् विद्यार्थीलाई निःशुल्क रुपमा साइकल वितरण गरिएको हो। 

गरिब तथा विपन्न परिवारका जेहन्दार विद्यार्थी र टाढाटाढाबाट विद्यालय आउने बालबालिकाको हितलाई ध्यानमा राखेर साइकल वितरण गरिएको ख्वाङ्जु कोरियन बुद्धिज्म फाउण्डेशन नेपालका प्रवक्ता गोपाल आचार्यले बताए। 

करिब रु ६ लाख मूल्य बराबरका ती साइकल वितरण गरिएको हो। साइकल उपहार पाएपछि जनज्योति मावि कक्षा– ९ का विद्यार्थी आकाश परियार र कक्षा ४ कि विद्यार्थी पूर्णिमा परियार लगायतले खुशी व्यक्त गरेका छन्। 

शान्ति नमुना मावि मणिग्राममा कक्षा १० मा अध्ययनरत् मनिषा चौधरी र कक्षा– ९ मा अध्ययनतत् वर्षा बस्यालले प्राप्त साइकलबाट पठनपाठनमा निकै सहयोग पुग्ने विश्वास व्यक्त गरे। 

कोरियामा रहेको ख्वाङजु बुद्धिज्म फाउण्डेशनको सहयोगमा यस क्षेत्रका बालबालिकाको पठनपाठनमा सहयोग पुराउने उद्देश्यले साइकल वितरण, छात्रवृत्ति वितण तथा अन्य सामग्री प्रदान गरिँदै आएको आचार्यले बताए। 

शान्तिका अग्रदूत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनीे रुपन्देहीका विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई पठनपाठनमा सहयोग पुराउने उद्देश्यले यस प्रकारको कार्यक्रम गरिएको सो फाउण्डेशनका प्रमुख भिक्षु पार्क ईम साङले बताए। 

भिक्षु फप ईल सिनमले सहयोगलाई सकारात्मक रुपमा लिएर यसको सदुपयोग गर्न आग्रह गरे। सहयोगले विद्यार्थीमा उत्साह थपिएको र यसले पठनपाठनमा पनि सहयोग पुराउने जनज्योति मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मानकाजी श्रेष्ठले बताए। 

शान्ति नमुना माविका प्रअ कुलप्रसाद लामिछाने पनि साइकल वितरणबाट विद्यार्थी थप उत्सुक भएको र यसले उनीहरुको सिकाइ उपलब्धि वृद्धि हुने विश्वास व्यक्त गरे। 

प्रकाशित: ८ कार्तिक २०७४ ०६:४६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App