८ वैशाख २०८१ शनिबार
अन्तर्राष्ट्रिय

पाँच नयाँ अनुहारसहित चिनियाँ कम्युनिष्ट पार्टीमा नयाँ नेतृत्व

चिनियाँ कम्युनिष्ट पार्टीको नयाँ नेतृत्व।

बेइजिङ – चिनियाँ कम्युनिष्ट पार्टीको १९ औ राष्ट्रिय अधिवेशनले पाँच जना नयाँ अनुहार सहित नयाँ नेतृत्व सार्वजनिक गरेको छ। गत बुधवारदेखि सुरु भएको अधिवेशन नयाँ नेतृत्व सार्वजनिक गर्दै सकिएको छ । नयाँ नेतृत्वको कार्यकाल पाँच वर्षको हुनेछ।

अधिवेशनले चीनको सर्वाधिक शक्तिशाली निकाय पोलिब्यूरो स्थायी समितिका सात सदस्यको चयन गरेको छ । सात सदस्यीय नयाँ स्थायी समितिमा सी जिनपिङ, लि खछ्याङ, लि झाङ्सु, वाङ याङ, वाङ हुनिङ, झाओ लेजी र हान झेङ छन्। सी को उत्तराधिकारीको रुपमा कसैको नाम मनोनयन भएको छैन । चिनियाँ परम्परा अनुसार पार्टीको उच्च तहका सदस्यहरुको गोप्य बैठकले नयाँ नेतृत्व छनौट गरेको हो । बेइजिङको ग्रेट हलमा आज विहान नयाँ नेतृत्व सार्वजनिक गर्दा आफ्नो मर्यादाक्रमसँगै मञ्चमा उक्लेर लामबद्ध भएर अभिवादन गर्ने चलन छ र पार्टीका महासचिवले उनीहरुको परिचय गराउने चलन छ।

दोस्रो कार्यकालका लागि छनौट भएका नेता सी, माओ पछिका प्रभावशाली नेता मानिएका छन् । यसपटकको महाधिवेशनले पार्टीको घोषणापत्रमै ‘सी जिनपिङ विचारधारा’ राख्ने निर्णय गरेको छ। अघिल्लो स्थायी समितिबाट सी र वर्तमान प्रधानमन्त्री ली बाहेक बाँकी सबै नयाँ अनुहार हुन्।

 

प्रकाशित: ८ कार्तिक २०७४ ०५:३२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App