coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

बार्गेनिङ गर्दै ‘बागी’

नेपालगन्ज- जाजरकोटमा वाम गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध बागी (स्वतन्त्र) उम्मेदवारी दिएका एमालेका गोविन्दविक्रम शाहलाई फकाउन पार्टीले अनेक प्रयास गरेको छ । तर, मंगलबार साँझसम्म उनी गलेका छैनन् । बरु उनले ‘बार्गेनिङ पावर’ बढाउँदै भन्ने गरेका छन्– मेरो स्थान कहाँ हो, देखाइयोस्, बस्न तयार छु ।

            नागरिकसँगको टेलिफोन कुराकानीमा उनले पार्टीले पहिलेदेखि ‘मर्यादित’ स्थान दिने भने पनि सोअनुसार नगरेको गुनासो पोखे । उम्मेदवारी फिर्ता लिनका लागि राष्ट्रियसभा सदस्य वा प्रतिनिधिसभा÷प्रदेशसभा समानुपातिक सदस्यतर्पm आफ्नो नाम सुनिश्चित गर्नुपर्ने उनको माग छ । ‘मलाई पहिलेदेखि दिने भनिएको मर्यादित पद यिनै त होलान्,’ उनले भने, ‘हेरौं पार्टीले मेरो भावना कसरी सम्बोधन गर्छ ।’

            पहिलो चरणमा निर्वाचन हुने ६ नम्बर प्रदेशका सात जिल्लामा करिब दर्जन व्यक्तिले स्वतन्त्र उम्मेदवारी दिएका छन् । उनीहरूले उम्मेदवारी फिर्ता लिनका लागि शाहझैं आप्mनो पार्टी र आधिकारिक उम्मेदवारसँग पदीय बार्गेनिङ गरिरहेका छन् । अर्कोतिर हुम्ला र जाजरकोटका प्रदेशसभाका तीनटा सिटमा वाम गठबन्धनकै एमाले र माओवादी केन्द्रका उम्मेदवारले छुट्टाछुट्टै मनोनयन दर्ता गरेका छन् । उनीहरू पनि ‘न्यायोचित’ निर्णयको पर्खाइमा छन् । सकेसम्म अहिल्यै आधिकारिक उम्मेदवार बनाइनुपर्ने, नभए समानुपातिकतर्पm वा भविष्यका लागि सुनिश्चित गर्नुपर्ने उनीहरूको माग छ ।

हुम्लाबाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका माओवादी केन्द्रका नेता एवं पूर्वसहायकमन्त्री छक्कबहादुर लामाले आफूलाई पार्टी अध्यक्ष पुष्पकमल दाहालले टेलिफोन गरी राष्ट्रियसभा सदस्य बनाउने आश्वासन दिएको बताए । तर, उनको बार्गेनिङ प्रतिनिधिसभा सदस्यमै केन्द्रित छ । ‘हुन त मैले अहिलेसम्म पदका लागि बार्गेनिङ गरेको छैन, उहाँ (दाहल) ले नै प्रस्ताव गर्नुभएको हो,’ उनले भने, ‘खासमा मेरो बार्गेनिङ जनताको भावनासँग जोडिएको छ ।’

लामाले हुम्लाको राजनीतिमा राम्रो जनाधार भएको आपूmलाई पाखा लगाएर केन्द्रीय नेताको पहुँचमा पुगेका नेतालाई टिकट दिइँदा समस्या उब्जिएको बताए । उनले आप्mनो बार्गेनिङ प्रतिनिधिसभा सदस्य प्राप्तिकै लागि रहेको पनि स्पष्ट पारे ।

हुम्लाको प्रदेश (क) मा उम्मेदवारी दिएका माओवादी केन्द्रकै लालकेश जैशी पनि ‘जनमत’ लाई देखाएर चुनावी बार्गेनिङ गरिरहेका छन् । वाम गठबन्धन कार्यदलबाट आपूmलाई टिकट दिने निर्णय भए पनि अन्तिम समयमा चलखेल गरी एमालेका दल रावललाई दिइएको उनको आरोप छ । ‘मैले उम्मेदवारी दिएको क्षेत्रमा बहुसंख्यक जनताको समर्थन मलाई छ,’ उनले भने, ‘त्यो जनमतलाई शान्त पार्ने शक्ति दिइयोस्, म उम्मेदवारी फिर्ता लिन तयार छु ।’

कतिपयले स्वतन्त्र उम्मेदवारीलाई आर्थिक स्वार्थसँग जोडेका छन् । कर्णालीको एक जिल्लामा वाम गठबन्धनका प्रतिनिधिसभा सदस्य उम्मेदवारविरुद्ध उनकै पूर्वव्यावसायिक साझेदारले बागी उम्मेदवारी दिएका छन् । साझेदारीमा ठेक्काको काम गर्दा आपूmले पाउनुपर्ने रकम नदिएको र अहिले अप्रत्यक्ष रुपमा उक्त रकमलाई उम्मेदवारी फिर्तासँग जोडेको स्थानीय नेताको भनाइ छ । ‘उहाँले प्रत्यक्ष रुपमा त पैसा माग्नुभएको छैन, तर डुबेको पैसा असुल्न उम्मेदवारी दिएको बताउने गरेको चर्चा चलेको छ,’ ती नेताले भने, ‘त्यसैले मेरो विचारमा यो उम्मेदवारी आर्थिक लेनदेनसँगै जोडिएको छ ।’

प्रकाशित: ८ कार्तिक २०७४ ०२:१४ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App